राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार गोरखा जिल्लाको बालुवा केन्द्रविन्दु भएर आज साँझ ६ बजेर ५० मिनेटमा चार दशमलव एक रेक्टरस्केलको भूकम्प गएको हो । भूकम्पको धक्का गोरखा, लमजुङलगायतका जिल्लामा महसुस गरिएको थियो । यसअघि चैत १८ गते दोलखाको सुरी केन्द्रविन्दु भएर पाँच दशमलव दुई र सोही दिन लमजुङको मालिङ केन्द्रविन्दु भएर तीन […]
रामेछाप, मन्थली नगरपालिका-१४, स्थित च्यानडाँडा जगलमा प्रहरी हवल्दारको कमाण्डमा खटी गएको गस्ती टोलीले गस्ती गर्दै फर्किने क्रममा २ जना अपरिचित व्यक्तिहरूले भरुवा बन्दुक बोकेर हिडेको देखी निजहरूलाई नियन्त्रणमा लिन खोज्दा बन्दुक छाडी भागेको । उक्त बन्दुक नियन्त्रणमा लिई थप अनुसन्धान कार्य गरिरहेको ।
नयाँवर्षको आगमनसँगै भक्तपुरमा नौ दिन, आठ रातसम्म तान्त्रिक विधिअनुसार मनाइने प्रसिद्ध बिस्का अर्थात् बिस्केट जात्राको पहिलो दिन आज भैरवको रथ तानिएको छ । प्यागोडा शैलीमा काठैकाठले निर्माण भएको तीनतले भैरवको रथ स्थानीयवासीले आज अपराह्न ४ बजेदेखि तौमढी (पाँचतले मन्दिर प्राङ्गण) बाट तल र माथिका बासिन्दाले होस्य, हैस्यै, हाः हाः हाः गर्दै रथ तानेर जात्रा सुरु […]
काठमाण्डाै – पछिल्लो २४ घण्टामा देशभर एक सय २४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टीजेन गरेर दुई हजार पाँच सय ६६ जनाको नमुना परीक्षण गर्दा एक सय २४ जनामा सङ्क्रमण देखिएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यही अवधिमा २९ जना काेराेना सङ्क्रमित निको भएका छन् । काेराेना सङ्क्रमितकाे […]
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय युवा सङ्घ नेपालमा कुनै पनि प्रकारको गुटबन्दी हुन नहुने बताउनुभएको छ । बाँकेको नेपालगञ्जमा आजदेखि सुरु भएको सङ्घको नवौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा उहाँले एमाले गुटबन्दीलगायत सबै खाले जालझेल सहेर उठेको पार्टी भएकाले अब युवा सङ्घमा कुनै पनि बाहनामा पक्ष विपक्षको कुरा नहुने उल्लेख गर्नुभयो […]