Alliancekhabar

मंगलबार, कार्तिक ०६, २०८१

वराहक्षेत्र, कात्तिक ६ गते :

तराईका जिल्लाहरूमध्ये अन्नको भण्डार मानिने सुनसरीमा यतिबेला किसानलाई धान काट्न भ्याइनभ्याइ छ । दसैँ सकिएसँगै धान काट्न सुरु गरेका किसानहरूले तिहारअघि नै अगौटे धान थन्क्याउन व्यस्त छन् । अगौटे जातका धान असोज अन्तिमबाटै काट्न सुरु गरेको प्रकाशपुरका कृषक श्याम कटुवालले बताउनुभयो ।

कृषि ज्ञान केन्द्र सुनसरीका सूचना अधिकृत प्रविणलाल श्रेष्ठका अनुसार किसानहरूले लगाएको बहुगुणी २, गङ्गासागर २, हर्दिनाथ ६, राम धान, सावित्री, साम्बा मलसुली सब १ र तरहरा २ जातको धान पाकेकाले काट्न सुरु भएको छ ।

यस वर्ष किसानले धान काट्नेबित्तिकै पानी परेकाले काटेको धान भिजेको छ । बराहक्षेत्र नगर कृषि शाखाका प्रविधिक नीरबहादुर राईका अनुसार सुनसरीमा भने गत वर्षको भन्दा धान उत्पादनमा वृद्धि भएको छ । धान रोपिसकेपछि समय समयमा पानी परेकाले धान उत्पादनमा वृद्धि हुने बताइएको छ ।

मौसमले साथ दिइरहेकाले सुनसरीका किसानहरू पनि पाकेको धान काटेर थे्रसर गर्न थालेका छन् । बराहक्षेत्र नगरपालिका १० का जगत कार्की पानी परेर धान बिग्रिने डरले अगौटे धान काट्न हतारो गरिरहेका छन् । उहाँले भन्नुभयो “फलेको धान पानीले बिग्रेला कि भने डरले काटेर पाँजा सुकाएको छु । खेतभरि पहेँलपुर झुलेको धान वर्षाले भिœयाउन नदिने हो कि भन्ने पिर किसानलाई छ ।’’

“दसैँमा व्यस्त भएका किसानहरूलाई तिहार अगावै धान काटिसक्ने र तिहारलगत्तै उठाउने चटारो छ” बराहक्षेत्र ९ का कृषक प्रेमनारायण अधिकारीले भन्नुभयो । अहिले सुनसरीका खेतका फाँटहरूमा धान काट्ने, सुकाउने र थे्रसर गर्ने काममा किसानहरू व्यस्त हुँदै आएका छन् । तराई जिल्लाका किसानहरूको धान बाली भिœयाउने व्रmम मङ्सिर अन्तिमसम्म रहन्छ ।

किसानहरूले तिहारअघि नै धान काटिसके ढुक्कले तिहार मनाउन पाउने आशा गरेर पनि यतिबेला धान काट्ने चटारो गरिरहेका छन् । तराईका किसानहरूले राधाबाह्र, स्वर्णा सब, सावा सब, कान्छी मुसली, रञ्जित, राम धान, जिरा मसिना, बहुगुनी २, हर्दिनाथ ६, विवि ११, कालो बासमती, लल्का बासमतीलगायतका धानका जातहरू किसानहरूले लगाउँदै आएका छन् ।

यहाँ अधिकतर स्थानमा अगौटे धान काटिएको छ । जिल्लामा ४८ हजार नौ हेक्टर क्षेत्रफलमा धान खेती हँुदै आएकोमा यस वर्ष ९५ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको थियो । कोशी प्रदेशमा कुल खेतीयोग्य क्षेत्रफल आठ लाख २६ हजार ६४६ रहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल