Alliancekhabar

मंगलबार, कार्तिक ०६, २०८१

काठमाडौँ —जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धि (यूएनएफ सीसीसी) का पक्षराष्ट्रहरूको २९ औं सम्मेलन (कोप–२९) मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व राष्ट्रपति रामचन्द्र पौडेलले गर्ने भएका छन् ।

जलवायुसम्बन्धी शिखर सम्मेलन यस पटक अजरबैजानको राजधानी बाकुमा नोभेम्बर ११ देखि २२ (कात्तिक २६ देखि मंसिर ७) सम्म हुँदै छ । उक्त भ्रमणको विषयमा राष्ट्रपति कार्यालय, वन तथा वातावरण मन्त्रालय र परराष्ट्र मन्त्रालयले गृहकार्य गरिसकेको छ र अब मन्त्रिपरिषद्बाट निर्णय हुन मात्र बाँकी रहेको छ । उक्त टोलीमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीलगायतको सहभागिता रहनेछ ।

गतवर्ष यूएईको दुबईमा कोप– २८ भएको थियो । उक्त अवसरमा नेपालका तर्फबाट प्रतिनिधिमण्डलको नेतृत्व तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले गरेका थिए ।

राष्ट्रपति पदको जिम्मेवारी सम्हालेपछि नै पौडेलले जलवायु क्षेत्रको विषयमा लगातार अन्तरिक र बाह्य रूपमा नेपालमा यसबाट परेको असर र पाउनुपर्ने क्षतिपूर्तिको बारेमा कुरा उठाउँदै आइरहेका छन् । ‘कोपमा नेपालका तर्फबाट विश्व मञ्चमा जलवायु परिवर्तन र यसले नेपाललाई पारेको असर र पाउनुपर्ने क्षतिपूर्तिका बारेमा राष्ट्रपति पौडेलले सम्बोधन गर्ने गरी गृहकार्य भएको हो,’ परराष्ट्र मन्त्रालय स्रोतले भन्यो ।

नेपालले पछिल्ला केही वर्षयता अन्तर्राष्ट्रिय फोरममा जलवायु परिर्वतनका बारेमा प्रस्ट रूपमा आफ्नो धारणा राख्दै आइरहेको छ । गत असोज महिनामा प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९ औं महासभाको उच्चस्तरीय छलफललाई सम्बोधन गर्दै जलवायु परिवर्तनले नेपालमा पारेको असर यसको क्षतिपूर्तिका बारेमा जोड दिएका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल