वराहक्षेत्र, कात्तिक २२ गते । यातायात क्षेत्रलाई नवीनतम युगतर्फ लैजाने सम्भाव्यता भएको रेल साढे छ दशकअघि नै नेपालमा चलेको थियो । कोशी किनार र आसपास क्षेत्रमा बसोबास गर्ने नागरिकले इन्जिनको गाडी नदेख्दै छ दशकअघि नै नेपालमा रेल चढेका थिए । सुनसरी, सप्तरीको सीमामा पर्ने भीमनगरदेखि धरानको घोपा र चतरासम्म सञ्चालनमा हुने ढुङ्गेरेलमा यात्रा गरेको अनुभव कतिपयसँग अझै […]
भैरहवा, कात्तिक २२ गते । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सले कात्तिक २३ गते शुक्रबारदेखि भैरहवा–दुबई उडान गर्ने भएको छ । नेपाल एयरलाइन्सले साताको आइतबार, सोमबार, बुधबार र शुक्रबार राति ९:३० बजे काठमाडौँबाट उडान गर्ने र करिब आधा घण्टापछि भैरहवा विमानस्थलबाट यात्रु लिएर दुबई प्रस्थान गर्ने छ । भैरहवा विमानस्थलबाट नेपाल वायुसेवा निगमको नेपाल एयरलाइन्ससँगै […]
काठमाडौँ, कात्तिक २२ गते । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलका साथ छठ पर्व २०८१ का अवसरमा छठी माताको पूजा आराधना गर्नुभएको छ । राष्ट्रपति पौडेलले काठमाडौँको गौरीघाट र कमलपोखरीमा तयार गरिएको छठ पूजास्थलमा पुगेर बिहीबार अपराह्न छठी माताको पूजा अर्चना गर्नुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । राष्ट्रपति पौडेल र प्रथम महिला सविता […]
काठमाडौँ, कात्तिक २१ गते । अमेरिकी राष्ट्रपति पदको चुनावमा ७८ वर्षीय डोनाल्ड ट्रम्प दोस्रो कार्यकालका लागि विजयी हुनुभएको छ । कुल ५३८ सिटमा ट्रम्पले २७७ र कमला ह्यारिसले २२४ सिट प्राप्त गर्नुभएको अमेरिकी सञ्चारमाध्यम एपी न्यूजले जनाएको छ । जित्नका लागि कम्तीमा २७० सिटमा विजय हुनुपर्ने थियो । ट्रम्पको जितसँगै अमेरिकामा राजनीतिक दिशामा परिवर्तन आउन सक्ने सङ्केत देखिएको […]
काठमाडौँ, कात्तिक २१ गते । नेपाली कांग्रेसले आगामी मंसिर १६ मा स्थानीय तहका विभिन्न पदहरुका लागि हुने उपनिर्वाचनको तयारी सम्बन्धमा आफ्ना उम्मेदवारलाई विजयी बनाउन पार्टीका पदाधिकारी र सदस्यलाई विभिन्न जिम्मेवारी निर्धारण गरेको छ । महामन्त्री विश्वप्रकाश शर्माको अध्यक्षतामा ‘स्थानीय तह उपनिर्वाचन–०८१ केन्द्रीय संयोजन समिति’ को बुधबार बसेको बैठकले सो निर्णय गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले […]
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन् । श्रमको उचित मूल्य नमिल्न सक्छ । सोचेभन्दा कमै फाइदा मिल्नेछ । भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । व्यवसायमा आम्दानी बढ्ने देखिन्छ । श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ । इष्या गर्नेहरूले भने […]
तेल अभीभ (इजरायल), कात्तिक २१ गते : इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आफ्ना रक्षामन्त्री याओव ग्यालन्टलाई विश्वास गर्ने वातावरण नदेखिएको कारण देखाउँदै पदबाट बर्खास्त गर्नुभएको छ । टाइम्स अफ इजरायलका अनुसार लिकुड पार्टीका ग्यालेन्टको स्थानमा विदेश मन्त्री इजरायल काट्जलाई ल्याइने भएको छ । काट्जको स्थानमा गिदोन सारलाई विदेशमन्त्रीको जिम्मेवारी दिने तयारी गरिएको छ । टाइम्स अफ […]
कुश्मा (पर्वत), कात्तिक २१ गते : पर्वत जिल्ला अस्पतालले स्वास्थ्य सेवाको सुधारसँगै सौन्दर्यता परियोजना ल्याउने भएको छ । जिल्ला अस्पतालको मुहार फेर्नका लागि अन्तर्राष्ट्रिय पर्वत समाजले ३५ लाख रकमको आर्थिक जोह गरी परियोजना निर्माण गरेको हो । सौन्दर्यकरण परियोजनाअन्तर्गत अस्पतालको हाताभित्र चिल्ड्रेन पार्क र प्रतीक्षालय सहित सुन्दर बगैँचा निर्माण, चौतारी चिन्ने, कलात्मक ढुङ्गे धारा निर्माण, बुद्धको […]
मलेखु (धादिङ), कात्तिक २१ गते : पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–६ बन्छेटारमा दुईवटा बस एकापसमा ठोक्किँदा १३ जना घाइते भएका छन् । काठमाडौँबाट गोरखातर्फ जाँदै गरेको बा४ख ४४७६ नम्बरको बस तथा चितवनबाट काठमाडौँतर्फ आउँदै गरेको बा५ख ३४९५ नम्बरको बस एकापसमा ठोक्किएका हुन् । घाइतेलाई उपचारका लागि आदमघाट र गजुरीका स्वास्थ्य संस्थामा लगिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता […]
काठमाडौँ, कात्तिक २१ गते : लिभरपुलले युइएफए च्याम्पियन्स लिगमा बायर लिभरकुसनविरुद्ध सहज जित निकालेको छ । घरेलु मैदानमा मङ्गलबार राति भएको खेलमा लिभरपुलले बायर लिभरकुसनलाई ४–० गोलले हरायो । एकपक्षीय खेलमा लिभरपुललाई जिताउन लुइस डियाजले ह्याट्रिक गर्नुभयो । अर्को गोल कोडी गाक्पोले गर्नुभएको थियो । डियाजले ६१औँ, ८३औँ र दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै ह्याट्रिक […]