कावासोती, कात्तिक २१ गते : नवलपुरमा बोटबाटै सुन्तला बिक्री हुन थालेपछि कृषक उत्साहित बनेका छन् । व्यावसायिक रूपमा सुन्तला खेती विस्तार भएका क्षेत्रमा उत्पादित सुन्तलाको खरिदका लागि व्यवसायी बगैँचामै पुग्न थालेका छन् । अहिले किसानले सुन्तला टिप्न सुरु गरेका छन् । अघिल्ला वर्षहरूमा बजारका समस्या झेलेका यस क्षेत्रका किसानले अहिले कतिपय व्यापारी बगैँचामै पुग्ने हुँदा किसानलाई […]
काठमाडौं, कात्तिक २१ गते : अमेरिकामा राष्ट्रपति पदका लागि भएको निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । राष्ट्रपतिमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प जित निकट पुग्नुभएको छ । राष्ट्रपति पदका अर्का प्रत्याशी डेमोक्रेटिक पार्टीकी कमला ह्यारिसले ट्रम्पलाई कडा चुनौती दिनुभएको छ । ट्रम्प यसअघि एक-पटक राष्ट्रपति पदमा चुनाव जितिसकेका र एक-पटक हारेक उम्मेदवार हुनुहुन्छ । यो समाचार […]
धम्बोझी, कात्तिक २० गते । अनुसन्धानका लागि महत्त्वपूर्ण मानिने नेपाल प्रहरी प्रदेश कार्यालय विधि विज्ञान एकाइ (प्रयोगशाला) नेपालगन्जमा जनशक्तिको अभाव देखिएको छ । सुरुवाती चरणदेखि प्रयोगशालाले दैनिक काम गर्नका लागि महत्त्वपूर्ण मानिने जनशक्ति, उपकरणजस्ता कुरामा समस्याको सामना गर्दै आइरहेको छ । जसले गर्दा कामलाई समेत प्रभावित गर्ने गरेको छ । स्थापनाको सुरुवाती चरणबाटै प्रयोगशालामा जनशक्ति […]
हेटौँडा, कात्तिक २० गते । बागमती प्रदेश सरकार गठन भएपछि पहिलो कार्यकालबाट सुरु भएका बहुवर्षीय आयोजना अलपत्र र अधुरा रहेका छन् । सडक, भवन, कृषिलगायत क्षेत्रका बहुवर्षीय आयोजना प्रदेश सरकारको दोस्रो कार्यकाल सुरु भएर दोस्रो वर्ष सकिन लाग्दासमेत अलपत्र अवस्थामा छन् । बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत प्रदेश सरकारको ठुलो लगानी भइसक्दा […]
दोलखा, कात्तिक २० गते । असोज १२ र १३ गतेको अविरल वर्षापछि आएको बाढीपहिरोबाट क्षतिग्रस्त दोलखाको बिगु गाउँपालिका–१ को लामाबगरस्थित माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रले छिट्टै विद्युत् उत्पादन गर्न लागेको छ । क्षतिको पुनर्निर्माण गर्न अधिक समय लाग्ने भएकाले मर्मत गरी रन अफ दी रिभर मोडलमा यही कात्तिकको तेस्रो सातासम्म आंशिक रूपमा विद्युत् उत्पादन गर्ने लक्ष्य […]
काठमाडौँ, कात्तिक २० गते । विश्व शक्तिराष्ट्र अमेरिकामा राष्ट्रपति चुन्नका लागि हुने निर्वाचन मङ्गलबार सम्पन्न हुँदै छ । निर्वाचनको प्रमुख दिन नोभेम्बर ५ अर्थात् मङ्गलबार राष्ट्रपति चयन गर्न अमेरिकी नागरिक तम्तयार देखिएका छन् । अमेरिकी इतिहासमा ४७ औँ राष्ट्रपति चयन गर्ने निर्वाचनमा १६ करोड ६४ लाख मतदाताले मतदानमा भाग लिँदै छन् । विभिन्न राज्यमा शृङ्खलाबद्ध […]
रुकुम पश्चिम, कात्तिक २० गते । रुकुम पश्चिमको विभिन्न स्थानमा असिना पानी परेको छ । सोमबार बेलुका परेको असिना पानीको कारण किसानले लगाएको गहुँ, तोरी र फलफूल खेतीमा क्षति पुगेको किसानहरूको भनाई छ । त्रिवेणी गाउँपालिका ७ राजकोटकी रामसरा खड्काले भर्खरै लगाएको गहुँ खेती असिना पानीले बगाएको बताउनुभयो । उहाँले ठुलो मात्रामा परेको पानीले धान […]
महोत्तरी, कात्तिक २० गते । मिथिलाञ्चलसहित मधेसमा मनाइने चारदिने छठ उत्सव आजदेखि धार्मिक विधिपूर्वक सुरु भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठ पर्व आजदेखि तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलभरि धुमधामका साथ सुरु भएको हो । छठ पर्व महोत्तरीको १५ वटै पालिका सदरमुकाम जलेश्वर, मटिहानी, गौशाला, […]
ढाका, कात्तिक १९ गते । बङ्गलादेशमा डेंगुका कारण एकै दिन यो वर्षको सबैभन्दा बढि १० जनाको मृत्यु भएपछि सङ्क्रमितको सङ्ख्या ३१० पुगेको बङ्गलादेशको स्वास्थ्य सेवा महानिर्देशनालयले जनाएको छ । यसैगरी पछिल्लो २४ घण्टामा थप एक हजार ३४८ जनामा लामखुट्टेको टोकाइबाट सर्ने डेंगुबाट सङ्क्रमित भएका थिए । डेंगु ज्वरो एडिस लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोग हो […]
काठमाडौँ, कात्तिक १९ गते । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायु, स्थानीय वायुको साथै भारतको पश्चिम बंगाल आुपाल रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको जनाएको छ । सोमबार देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका […]