Alliancekhabar

बुधबार, कार्तिक २१, २०८१

कुश्मा (पर्वत), कात्तिक २१ गते : पर्वत जिल्ला अस्पतालले स्वास्थ्य सेवाको सुधारसँगै सौन्दर्यता परियोजना ल्याउने भएको छ । जिल्ला अस्पतालको मुहार फेर्नका लागि अन्तर्राष्ट्रिय पर्वत समाजले ३५ लाख रकमको आर्थिक जोह गरी परियोजना निर्माण गरेको हो ।

सौन्दर्यकरण परियोजनाअन्तर्गत अस्पतालको हाताभित्र चिल्ड्रेन पार्क र प्रतीक्षालय सहित सुन्दर बगैँचा निर्माण, चौतारी चिन्ने, कलात्मक ढुङ्गे धारा निर्माण, बुद्धको मूर्ति स्थापना, फुटपाथ निर्माण साथै खुल्ला व्यायामशाला निर्माण गरिने छ । अस्पताल भित्र रहेको मन्दिरको जीर्णोद्धार समेत हुनेछ ।

सौन्दर्यकरणका लागि आर्थिक सहयोग जुटेपछि खुसी हुँदै अध्यक्ष गिरीले भन्नुभयो, ‘‘अस्पतालको २९ रोपनी क्षेत्रफल जग्गा छ । पर्खाल भित्रको वातावरणलाई कसरी सुन्दर बनाउने होला भनी सुरुदेखि नै सोच्दै आएको थिए । आर्थिक अभावका कारण सौन्दर्यकरणका लागि कुनै उपाय लागेको थिएन । अस्पतालको सौन्दर्यकरणबारे पर्वत समाजका सहयोगी मनका धनी अग्रज व्यक्तित्वहरूसँग कुराकानी गर्ने क्रममा उहाँहरूलाई पनि मेरो प्रस्ताव मन परेपछि परियोजना निर्माण भएको छ । यो परियोजनालाई समय भित्र नै सम्पन्न गरी अस्पतालको मुहार सुन्दर र हराभरा बनाउने छौँ ।’’

जन्म घर पर्वत भए पनि परदेशलाई कर्म थलो बनाउँदै आएका नेपाली दाजुभाइको साझा संस्थाको रूपमा रहेको अन्तर्राष्ट्रिय पर्वत समाजले जिल्लाको सामाजिक, शैक्षिक, भौतिक लगायत विभिन्न क्षेत्रमा सक्दो सहयोग गर्दै आएको छ ।

सम्झौतामा हस्ताक्षर गर्ने मध्येका समाजका संस्थापक अध्यक्ष पूरण गिरीले सौन्दर्यकरणबारे भन्नुभयो, ‘‘हाम्रो हजुरबाले प्रहरी, अड्डा अदालत र अस्पताल धाउन नपरोस् भन्ने गर्नु हुन्थ्यो । अहिले पनि आम सर्वसाधारणका धारणा उस्तै छ । सकभर अस्पताल जान नपरोस् भन्ने सोचले मानिसहरूको स्वास्थ्य उपचार थप कष्टकर र खर्चिलो हुन्छ । स्वास्थ्य परीक्षण कम्तीमा वर्षको दुई पटक गर्दा राम्रो हुन्छ । सौन्दर्यकरणले मानिसको अस्पतालको आगमन र बसाइलाई सहज बनाउने विश्वास लिएका छौँ ।’’

पर्वत समाजका अध्यक्ष गुणराज शर्माले आफ्नो मातृभूमिका लागि सबै मिलेर सहयोग गर्न पाउनु खुसीको कुरा रहेको बताउँदै भन्नुहुन्छ, ‘‘अस्पतालको स्वास्थ्य सेवा प्रति जिल्लावासीको विश्वास बढ्दै गएको पछिल्लो अवस्थामा हामीले पनि केही गर्नुपर्छ भनी सौन्दर्यकरण परियोजना ल्याएका छौँ । अस्पतालमा ठुला भवन भएर मात्र हुँदैन । वरिपरिको वातावरण समेत स्वच्छ र सुन्दर भयो भने बिरामी साथै अस्पताल आउने सर्वसाधारणको मनोभावना सकारात्मक बन्न जानेछ । सौन्दर्यकरणले अस्पतालको सुन्दरतासँगै हामी सबैको मनमा खुसी ल्याउने विश्वास लिएका छौँ ।’’

अस्पताल सञ्चालक समितिसँग परियोजना निर्माणका लागि समाजले आपसी सम्झौता गरी ६ महिना भित्र परियोजना सम्पन्न हुने गरी कामको शुभारम्भ समेत गरिसकेको छ । निर्माण सम्झौतामा समाजको तर्फबाट हस्ताक्षर गर्नेहरूमा समाजको संस्थापक अध्यक्ष तथा परियोजना निर्माण तथा हस्तान्तरण संयोजक पूरण गिरी र समाजका वर्तमान अध्यक्ष गुणराज शर्मा हुनुहुन्छ भने अस्पतालको तर्फदेखि सञ्चालक समिति अध्यक्ष शङ्कर गिरी र अस्पताल सुपरिटेन्डेन्ट डा.हेमन्त बास्तोला हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल