काठमाडौँ, कात्तिक २३ गते । बुक बिल्डिङ विधिमार्फत सवसाधारणका लागि सेयर जारी गर्न लागेको रिलायन्स स्पिनिङ मिल्स लिमिटेडलाई प्रिमियम मूल्यमा साधारण सेयर निष्कासन गर्न अदालतले बाटो खुला गरिदिएको छ । महँगो र अस्वाभाविक मूल्यमा सेयर जारी गर्न लागेको भन्दै सो कम्पनीको सेयर बिक्रीमा रोक लगाउन माग गर्दै परेको रिट बुधबार उच्च अदालत पाटनले खारेज गरिदिएको […]
काठमाडौँ, कात्तिक २३ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ९टीआइए० आजदेखि करिब पाँच महिना दैनिक १० घण्टा बन्द हुने भएको छ । नेपाल नागरिक उड््डयन प्राधिकरण ९क्यान०का अनुसार विमानस्थलको स्तरोन्नतिका लागि आजबाट दैनिक १० घण्टा उडान बन्द गरेर विस्तारको काम गर्न लागिएको हो । प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सीवे’, उत्तरतर्फको ‘इन्टरनेशनल […]
रसुवा, कात्तिक २३ गते । लाङ्टाङको लिरूङ इलाकामा हराइरहेका एक विदेशी पर्यटक मृत भेटिएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख केशव भट्टराईका अनुसार हिमाली पदयात्राका क्रममा दुई हप्ता अगाडिदेखि हराइरहेका राहदानी नं बिसी ८९१५०२८ का ३४ वर्षीय स्लोभाकियाका अन्ड्रेज हुसुर्कालाई तेस्रोपटकको हवाई खोज उद्धारबाट फेलापरेको हो । समुद्र सतहबाट एक हजार सात सय मिटरको उचाइमा […]
नारायणगढ, कात्तिक २३ गते । भरतपुर महानगरपालिका वडा नम्बर २९ सत्रकिलोमा शुक्रबार बिहान भएको सडक दुर्घटनामा चार जनाको मृत्यु भएको छ । सत्रकिलो स्थित नारायणगढ मुग्लिन सडकमा करिब बिहान ३ बजे मुग्लिङबाट नारायणगढतर्फ आउदै गरेको बा.प्र. ०६–००१ज ०२९८ नं.को ईभि हाइस र नारायणगढबाट मुग्लिङ तर्फ जाँदै गरेको बा.प्र. ०३–००१ ख २८१२ नं. को बस एक […]
काठमाडौँ, कात्तिक २३ गते । आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिई छठ पर्वलाई विधिगत रुपमा बसमापन गरिएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने पर्वको मुख्य दिन बिहीबार अस्ताउँदो सूर्यलाई पूजाआजासहित अर्घ दिइएको थियो । नदी, तलाउ, पोखरी, खोला किनारबाट अघिल्लो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिएका व्रतालुहरूले रातभर जाग्राम बसेर आज बिहान उदाउँदो सूर्यलाई अर्घ […]
काठमाडौँ, कात्तिक २३ गते । असोजको दोस्रो साता परेको वर्षाका कारण बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गमा यात्रुहरू कष्टकर यात्रा गरिरहेका छन् । धुलाम्मे र साँघुरो सडकमा घण्टौँको जाम, कतै खाल्टाखुल्टी त कतै खोला तर्दै र पैदल यात्रासम्म गर्दै यात्रुहरू गन्तव्यमा पुग्छन् । सानो पानी पर्दा पनि रोसी खोला राजमार्ग भएर बग्ने, लेदो बग्ने अवस्था छ भने ठाउँ ठाउँमा […]
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सानातिना काममा महत्वपूर्ण समय बित्नेछ । सहयोगीहरूको साथ दिएपनि काम पूरा नहुने समय छ । गरेका कामबाट ठूलो उपलब्धी लिन सकिँदैन, समयको ब्यर्थ नाश होला । व्यर्थको खर्च होला । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आहार विहारमा विशेष सतर्क रहनु […]
काठमाडौँ, कात्तिक २२ गते । युइएफए च्याम्पियन्स लिगमा बार्सिलोनाले क्रिभेना ज्भेज्दाविरुद्ध सानदार जित निकालेको छ । क्रिभेना ज्भेज्दाको मैदानमा बुधबार राति भएको खेलमा बार्सिलोनाले ५–२ गोलको सानदार जित निकालेको हो । बार्सिलोनाको जितमा रोबर्ट लेवान्डोवस्कीले ४३औँ र ५३औँ मिनेटमा दुई गोल गर्नुभयो । यस्तै इनिगो मार्टिनेजले १३औँ, राफिन्हाले ५५औँ र फिर्मिन लोपेजले ७६औँ मिनेटमा एक […]
नमरायणगढ, कात्तिक २२ गते । नेपाली काँग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टी बलियो नबनाई कार्यकर्ताको सुरक्षा नहुने बताउनुभएको छ । नेपाल पत्रकार महासघ चितवनका पूर्व अध्यक्ष महेन्द्र श्रेष्ठले आयोजना गर्नुभएको शुभकामना कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । नेता डा. महतले आफ्ना विचार र काम यथार्थको धरातलमा बसेर सार्वजनिक गर्दै जानुपर्ने धारणा राख्नुभयो । “पार्टीको […]
हेटौँडा, कात्तिक २२ गते। मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर ८ दोभानमा करेन्ट लागेर नेपाली सेनाका एक अधिकारीको मृत्यु भएको छ। करेन्ट लागेर बिहीबार बिहान सडक निर्माण कार्यदल सिस्नेरी वेस क्याम्पमा कार्यरत डँडेलधुरा गन्याधुरा गाउँपालिका वडा नम्बर १ घर भएका नेपाली सेनाका २९ वर्षीय पदमबहादुर दियालको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको […]