फुङ्लिङ (ताप्लेजुङ), मङ्सिर १४ गते : कञ्चनजङ्घा क्षेत्रमा पर्यटक आगमनमा वृद्धि भएको छ । हाल यो क्षेत्रमा आन्तरिक र बाह्य पर्यटकको ताँती लागेको छ । कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् कार्यालयका सूचना अधिकारी तुभान लिम्बूका अनुसार कञ्चनजङ्घा आधार शिविरको भ्रमण गर्ने विदेशी पर्यटक बढेका हुन् । चालु आर्थिक वर्षको चार महिनामा एक हजार ८५ विदेशी […]
मलेसिया, मङ्सिर १४ गते : मलेसियाको उत्पादक मूल्य सूचकाङ्क अक्टोबरमा २.४ प्रतिशतले घटेको तथ्याङ्कले देखाएको छ । जसले उत्पादक स्तरमा सामानको मूल्य परिवर्तन मापन गर्दछ । डिपार्टमेन्ट अफ स्ट्याटिस्टिक्स मलेसियाले यो गिरावट मुख्यतया खानी क्षेत्रमा १७.३ प्रतिशतले घटेको बताएको छ । कच्चा तेल निकासीको सूचकाङ्क २१.७ प्रतिशतले घटेको छ भने प्राकृतिक ग्यास निकासीको सूचकाङ्क १.७ प्रतिशतले […]
भैरहवा, मंसिर १४ गते : प्रधानमन्त्री केपी शर्मा ओली आज रुपन्देही आउनुहुने भएको छ। रुपन्देहीस्थित लुम्बिनी विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री ओली ११ बजे यहाँ आउने कार्यक्रम रहेको छ । बिहान रुपन्देहीको भैरहवा एयरपोर्ट आई लुम्बिनी जाने कार्यक्रम तय भएको विश्वविद्यालयका रजिष्ट्रार तिलक आचार्यले बताउनुभयो । सो दीक्षान्त समारोहलाई सम्बोधन गरी प्रधानमत्री ओली […]
नेपालगन्ज, मंसिर १४ गते : बाँकेको बैजनाथ गाउँपालिकास्थित नौ बस्ता क्षेत्रीय कारागार परिसरमा रहेको बाल सुधार गृहबाट बालबिजाइँकर्ता फरार भएको घटनाको छानबिनका लागि पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ । बुधवार साँझ नौबस्तास्थित बाल सुधार गृहबाट १२ जना बालबिजाइँकर्ता फरार भएको घट्नाको छानबिन गरी प्रतिवेदन पेस गर्न बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीको […]
दाङ, मङ्सिर १४ गते : दाङको घोराही कारागारका कैदी बन्दीले बिक्रीका लागि बनाएका मुढा तथा घर सजावटका सामग्री । कैदी बन्दीहरुले मुढा, गलबन्दी, माछा मार्ने जाल, कपासको बत्ती, गलैँचा, फर्निचरलगायतका सामग्री बनाउने गरेका छन् ।
घोराही, मङ्सिर १४ गते : दाङमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड तुलसीपुरले किसानसँग १६ सय बढी क्विन्टल धान खरिद गरेको छ । कम्पनीले जिल्लाका तीन स्थानीय तहबाट एक हजार छ सय ३२ क्विन्टल धान खरिद गरेको हो । अहिलेसम्म देउखुरीको गढवा र राजपुर गाउँपालिकाबाट धेरै धान खरिद गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड […]
काठमाडौं, मङ्सिर १३ गते : सरकारले गत आइतबारबाट शुल्क लिएर धरहरा चढ्नका लागि खुला गरेपछि धरहराप्रतिको आकर्षण ह्वात्तै बढेको छ । यसअघि संविधान (राष्ट्रिय दिवस) को अवसर पारेर असोज ३ गतेदेखि निःशुल्क धरहरा चढ्ने व्यवस्था गर्दैआएको सरकारले २०८१ मङ्सिर ९ गते आइतबारबाट शुल्क लिएर धरहरा चढ्न अनुमति दिएको हो । अन्तरिम सञ्चालक तथा व्यवस्थापन कार्यालयका प्रमुख महेश राईले धरहरा सार्वजनिक बिदाका दिनबाहेक शनिवार पनि […]
प्युठान, मङ्सिर १३ गते : जिल्लामा न्यानो माया अभियान सञ्चालन गरिएको छ । जसले विपन्न तथा गरीब बालबालिकालाई चिसो मौसममा न्यानो कपडा वितरण गर्न थालेको छ । नेपाल स्वयंसेवी रक्तदाता समाज प्युठानले थालेको यस अभियान अन्तर्गत शिद्धभुमि प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको हो । प्युठान नगरपालिका वडा ५ स्थित उक्त प्राविका ५३ […]
भजनी (कैलाली), मङ्सिर १३ गते : कैलालीको भजनी नगरपालिका–५ का हरिप्रसाद डगौराले चार बिघा जग्गामा गहुँखेती गर्ने तयारी गर्नुभएको धेरै भयो । पश्चिम तराईका जिल्लामा मङ्सिर पहिलो हप्ताभित्रमा खेतमा गहुँ छरिसक्नुपर्ने बताउने उहाँको दैनिकी आजभोलि रासायनिक मलको खोजीमा बितिरहेको छ । भजनीलगायत आसपासका बजारमा मलको खोजीमा रहनुभएका उहाँलाई मल नपाइएपछि गहुँखेती गर्न नपाइने होकी भन्ने […]
यौनाङ्गमा मुसालाई चिकित्सा भाषामा जेनाइटल वार्टस् भनिन्छ । यौनाङ्गमा मुसा आउने समस्या निकै पुरानो हो किनकि ‘फादर अफ मेडिसिन’ भनेर कहलिने हिपोक्रेटसको समयमा पनि यस बारेमा उल्लेख छ । त्यसो त हात, खुट्टा र अनुहारमा मुसा आउनु सामान्य नै मानिन्छ । त्यस्तो खालको मुसा दुख्ने खालको हुँदैन र त्यस्तो मुसाको आकारमा कुनै परिवर्तन आएन भने चिन्ता लिनु पर्दैन […]