स्याङ्जा, मङ्सिर १३ गते : स्याङ्जाको आँधीखोला र फेदिखोला गाउँपालिकाका बासिन्दाले जलवायुको बारेमा मोबाइलबाटै अग्रिम खबर पाउने भएका छन् । प्रदेशमै पहिलो पटक जलवायु मापन केन्द्र स्थापना गरेसँगै यहाँका बासिन्दाले मौसमको बारेमा मोबाइलबाटै खबर पाउने भए हुन् । आक्स नेपालले युएसआडीको जल जङ्गल परियोजना मार्फत दुई पालिकामा जलवायु मापन यन्त्र राखेर यहाँ केन्द्र स्थापना गरेको हो […]
भक्तपुर, मङ्सिर १३ गते । मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरचोकमा आज बिहान भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छभने अर्का एक जना गम्भीर घाइते भएका छन् । काठमाडौंतर्फ गइरहेको ट्रकले स्कुटरलाई ठक्कर दिँदा त्यसमा सवार भक्तपुर नगरपालिका–५ द्यौलाबस्तीका जिते द्यौला गम्भीर घाइते भएका छन्भने निजकी श्रीमती नवीनाको मृत्यु भएको छ । घाइते जितेको नागरिक कम्युनिटी अस्पताल […]
ताप्लेजुङ, मङ्सिर १३ गते । ताप्लेजुङमा सरकारी निकायबाटै सार्वजनिक जग्गा अतिक्रमण भएको छ । पर्यटन पूर्वाधार तथा संरचना निर्माणका नाममा सरकारी निकायबाट नै जग्गा अतिक्रमण भएको हो । जिल्लाको मैवाखोला गाउँपालिकामा सबैभन्दा बढी सार्वजनिक जग्गा अतिक्रमण भएको छ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङका अनुसार सो गाउँपालिकाको वडा नं. ४ र ५ मा पर्ने तीनजुरे मिल्के जलजले […]
अत्तरिया, मंसिर १२ गते : कैलालीको धनगढीबाट ६ ग्राम खैरो हेरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । धनगढी उपमहानगरपालिका –१० जुगेडा कटानमा चेकजाँच गर्दा भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा सोही ठाउँ बस्ने २५ वर्षीय कमलसिंह […]
काठमाडौँ, मङ्सिर ११ गते : काठमाडौँमा पढ्दै गरेकी छोरी भेट्न जुम्लाबाट आउनुभएका दर्शन सुनारको मनमा नयाँ बनेको धरहरा हेर्ने चाहना जाग्यो । उमेरले ७० वर्ष नाघिसक्नुभएका उहाँलाई कसैले धराहरा हेर्दा शिरको टोपी नै खस्ने अग्लो छ भन्ने सुनाएपछि नजिकबाट हेर्ने अभिलाषा लाग्नु स्वाभाविकै थियो । छोरीलाई साथमा लिएर उहाँ सुन्धारा पुग्दा नभन्दै जीवनमा कहिल्यै नदेखेको अग्लो […]
खोटाङ, मङ्सिर १२ गते : खोटाङको केपिलासगढी गाउँपालिकाले पाठेघरको समस्या भएका महिलाहरुको शल्यक्रियासहितको निःशूल्क उपचार गराएको छ । पाठेघरको समस्या भएका गाउँपालिका भरिका ३२ जना महिलाको निःशूल्क उपचार गराएको गाउँपालिकाले जनाएको छ । ३२ जनामध्ये १९ जनाको शल्यक्रियामार्फत उपचार गरिएको गाउँपालिकाका अध्यक्ष समिर राईले बताउनुभयो । गाउँपालिकाले खटाएको स्वास्थ्यकर्मीले वडा वडामा पुगेर पाठेघर (आङ) खस्ने समस्या […]
काठमाडौं, मङ्सिर १२ गते : सर्वोच्च अदालतमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ जारी छ । बुधबार सर्वोच्चका न्यायाधीश महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा सुनुवाइ जारी रहेको सर्वोच्चले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको टेलिकममा लगानी गरेको भन्ने आरोप लगाएपछि साइबर अपराधमा प्रसाईंलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ […]
काठमाडौं, मङ्सिर १२ गते : प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष २१औँ राष्ट्रिय ज्यापू दिवसका लागि परम्परागत निमन्त्रणा (ग्वय् दाँ तयेगु ज्वाइव) दिइएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज सङ्घीय सांसद कृृष्णगोपाल श्रेष्ठ, ज्यापू संस्कृति विकास कोषका अध्यक्ष मङ्गलकृष्ण महर्जनसहित करिब सय जनाको समूहले नेवारी बाजागाजा प्रस्तुत गर्दै सगुन दिएर दिवसको प्रमुख अतिथिका रुपमा प्रधानमन्त्री ओलीलाई निमन्त्रणा […]
मस्को (रुस), मङ्सिर १२ गते : युद्धको स्थिति बढ्दै गएको उल्लेख गर्दै रूसी विदेश मन्त्री सर्गेई लावरोभले युक्रेन सङ्कटको कूटनीतिक समाधान तत्काल सम्भव नहुने बताउनुभएको छ । लावरोभले रुसको आधिकारिक अखबार रोसिस्काया गजेटासँगको अन्तर्वार्तामा भन्नुभयो, “युद्धको मैदानमा हेर्दा, हामी अझै पनि सङ्कटको राजनीतिक र कूटनीतिक समाधानबाट टाढा छौँ । वासिङ्टन र यसका सहयोगीहरू रुसका लागि रणनीतिक […]
काठमाडौं, मङ्सिर १२ गते : नेपाली बजारमा बुधबार सुनको मूल्यमा वृद्धि भएको छ । सोमबार र मङ्गलबार गरी प्रतितोला १८ हजार पाँच सय रुपियाँ घटेको सुनको मूल्य बुधबार भने नौ सय रुपियाँले वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार छ सय रूपियाँमा कारोबार भइरहेको जनाएको छ । […]