श्रमदानबाट काठे पुल निर्माण

खोटाङ, असार १५ गते । पानीको बहाव बढेर वारपार गर्न समस्या भएपछि लोचा खोलामा श्रमदानबाट काठे पुल निर्माण गरिएको छ । खोटाङको रावाबेँसी गाउँपालिका –६ हौँचुर र वडा नं. १ कुभिण्डे जोड्ने लोचा खोलामा श्रमदानबाट अस्थायी काठे पुल निर्माण गरिएको हो । बर्खा लागेसँगै हौँचुर खोला अर्थात् लोचा खोलामा पानीको बहाव बढेपछि मोटरसाइकल वारपार गराउन […]

स्वास्थ्य मन्त्री पौडेल अस्पताल भर्ना

काठमाडौँ, असार १५ गते। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल अस्पतालमा भर्ना हुनुभएको छ। ज्वरो आएपछि उहाँलाई शनिबार राति वीर अस्पतालमा भर्ना गरिएको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार उहाँको वीर अस्पतालको भीआईपी क्याबिनमा उपचार भइरहेको छ। उहाँलाई लामो समयदेखि रुघाखोकी र ज्वरो आउनुका साथै स्वास्थ्यमा कमजोरी देखिएपछि केही दिन घरमै आराम गरेपछि काममा फर्कनुभएको थियो। […]

‘बालविकास सहजकर्तालाई योग्यताको आधारमा साधारण शिक्षक बनाउने व्यवस्था गर्नुपर्छ’

काठमाडाैँ, असार १५ गते । नेकपा (एमाले)की सांसद विद्या भट्टराईले बालविकास सहजकर्ताहरूलाई योग्यताको आधारमा साधारण शिक्षक बनाउन सकिने व्यवस्था गर्नुपर्ने प्रस्ताव राख्नुभएको छ । आइतबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदनमाथिको छलफलमा बोल्दै उहाँले यस्तो प्रस्ताव राख्नुभएको हो । उहाँले बालविकास सहजकर्ताको योग्यतालाई उनीहरूको वृत्ति विकाससँग जोड्न […]

मुगुको जिमामा ४.८ रेक्टरको भूकम्प

मुगु, असार १५  गते । मुगु जिल्लाको जिमा आसपास केन्द्रबिन्दु बनाएर आइतबार दिउँसो २ बजेर ३४ मिनेटमा ४.८ रेक्टर स्केलको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको स्थानीय परिमाण (एमएल) ४.८ मापन गरिएको हो। भूकम्पको केन्द्र जिमा क्षेत्र वरपरको भूभागमा रहेको जनाइएको छ। भूकम्पका कारण आसपासका बस्तीहरूमा धक्का महसुस गरिएको भए […]

२०८२ असार १५ गते – 29 , June , 2025 , आईतवार , यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । आज तपाइको कुनै काममा झमेलाको सामना गर्नुपर्ने योग छ । जागिरमा केही अल्छीपन छाउनेछ । हानी नै नगरेपनि काममा बाधा दिनेले खासै प्रगती हुन दिदैनन् । जागीरमा पनि समस्या देखा पर्न सक्छ […]

प्रशासनिक संरचना फेरबदलको प्रक्रिया अघि बढ्ने

सुर्खेत, असार १४ गते ।  कर्णाली प्रदेश सरकारअन्तर्गतका निकायहरूको प्रशासनिक पुनर्संरचना गर्न गठित उच्चस्तरीय सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण समितिले शुक्रबार मुख्यमन्त्री यामलाल कँडेललाई आफ्नो प्रतिवेदन बुझाएको छ । पूर्वसचिव लक्ष्मण अर्यालको संयोजकत्वमा गठित समितिले दुई महिना लगाएर तयार पारेको प्रतिवेदन प्रदेशको विद्यमान प्रशासनिक संरचना सुधार गरी सरकारको कार्यसम्पादनलाई चुस्त, प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्य राखेको […]

सप्तरीमा हत्या गरी फरार अभियुक्त सुनसरीबाट पक्राउ

कल्याणपुर (सप्तरी), असार १४ गते । सप्तरीमा एक जना युवकको घाँटी रेटेर हत्या गरी फरार रहेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । डाक्नेश्वरी नगरपालिका–८ घर भएका ३२ वर्षीय राजकुमार खंगको बिहीबार हत्या भएको  थियो । राजकुमारको हत्या गरि फरार भएको आरोपमा सोही नगरपालिका–९ की २१ वर्षीया तुलसी देवी सरदारलाई सुनसरीको इनरुवा नगरपालिका– ९ स्थित […]

विषादीबिनै ड्रागन उत्पादन गर्नुहुँदै गौली

तनहुँ, असार १४ गते ।  रासायनिक मल र विषादीको प्रयोग बिनै उत्पादन बढाउन सकिन्छ भन्ने उदाहरण तनहुँको एक किसान बन्नु भएको छ । व्यास नगरपालिका–५, ढोडेनीमा नेपाल घरेलु तथा साना उद्योग महिला उद्यमी समिति तनहुँको अध्यक्ष कल्पना गौलीले पाङ्गरिक प्रविधिबाट खेती गरी उत्पादन बढाएर मनग्य आम्दानी गर्नु भएको हो । गौलीले सञ्चालन गरेको ‘माँ अम्बे […]

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ, असार १४ गते । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४८, आलु रातो […]

प्रधानमन्त्री ओली आज स्पेन जानुहुँदै

काठमाडौँ, असार १४ गते । संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओली शनिबार स्पेन प्रस्थान गर्दै हुनुहुन्छ । स्पेनको सेभिल्लामा हुने ‘इन्टरनेशनल कन्फरेन्स अन फाइनान्सिङ फर डेभलपमेन्ट अफ युनाइटेड नेशन्स् (एफएफडि–४)’ का लागि राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरस र स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजको मैत्रीपूर्ण […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ