alliance khabar

शनिबार, आषाढ १४, २०८२

तनहुँ, असार १४ गते । 

रासायनिक मल र विषादीको प्रयोग बिनै उत्पादन बढाउन सकिन्छ भन्ने उदाहरण तनहुँको एक किसान बन्नु भएको छ । व्यास नगरपालिका–५, ढोडेनीमा नेपाल घरेलु तथा साना उद्योग महिला उद्यमी समिति तनहुँको अध्यक्ष कल्पना गौलीले पाङ्गरिक प्रविधिबाट खेती गरी उत्पादन बढाएर मनग्य आम्दानी गर्नु भएको हो ।

गौलीले सञ्चालन गरेको ‘माँ अम्बे अलौकि कृषि फर्म’ मा लगाइएको सिउँडी फल (ड्रागन फ्रुट) विषादी र रासायनिक मल प्रयोग नगरी राम्रो फलेको छ ।  व्यावसायिक किसानहरुलाई बजारमा रासायनिक मल र विषादी अभाव हुँदा त्यस्ता किसानलाई निकै छटपटाहट हुने गरेको बेला किसान गौली पाङ्गरिक मल र जैबिक विषादीको प्रयोग गरेर उत्पादन बढाईरहनु भएको छ  ।

उहाँले लगाउनु भएको फलफूल तथा तरकारी खेतीमा रासायनिक विषादीबिना पनि उत्पादन सम्भव छ भन्ने उदाहरण पेस गरिरहनु भएको छ । प्राङ्गारिक खेतीबाट लगानी उठाउन कुनै गाह्रो नपर्ने किसान गौलीको भनाइ छ । गोबर मल, घाँसपात कुहाएर बनाएको मल प्रयोग गर्ने गरेको र फलफूल तथा तरकारीमा लाग्ने किरा तथा फट्याङ्ग्रा हटाउन गाईको मुत्र, तितेपानी, काँजोपात, असुरोको पात मिसाएर बनाएको झोलबाट नियन्त्रण गर्न सकिएको गौलीले बताउनुभयो ।

स्थानीय  उहाँले उत्पादन गरेको सिउँडी फल ग्राहक बारीमै आएर टिपेर लैजाने गरेका छन् । किन्न ग्राहक बारीमै पुग्छन् । स्थानीयले पाङ्गरिक प्रविधिबाट खेती गरेको देखेकोले धेरै ग्राहक फर्म आएर लैजाने गरेको गौलीले बताउनुभयो । फल बारीमै बिक्री हुन थालेपछि गौली उत्साहित बन्नुभएको छ ।

ड्रागनका पारखी खरिदका लागि बारीमै पुग्ने र टिकटक बनाउनेको भिड लागेपछि महिला उद्यमी गौली दङ्ग पर्नुभएको छ । लस्करै मिलाएर लगाइएको सिउँडीको आकर्षण फल र फूलले धेरै मन जितेकाले टिकटक बनाउने, सेल्फी खिच्ने र फल किनेर लैजाने गरेका छन् । आफूले उत्पादन गरेको पाँच सय किलो ड्रागन फल प्रतिकिलो पाँच सय रुपियाँमा बारीबाटै किनेर लगेको गौलीले बताउनुभयो । तीन दिनमा दुई लाख ५० हजार रुपियाँको बिक्री भएको गौलीले जानकारी दिनुभयो ।  पूर्ण रूपमा प्राङ्गरिक तरिकाले खेती गरिएकाले ग्राहक किन्न बारीमै आएको गौलीले बताउनुभयो । टिकटक बनाउने र फोटो तथा सेल्फी फोटो खिचेर फेसबुकमा राख्ने बढिरहेकाले यसले कृषि व्यवसाय गरुँगरुँ भन्ने भावनाको विकासमा टेवा पुगेको गौली बताउनुहुन्छ ।

नेपालमा सफलता पाउँदै गरेको रेड सी प्रजातिको ड्र्यागन गौलीले लगाउनुभएको छ । सिँचाइ सुविधा कम भएको रुखो जमिनमा पनि ड्रागन फ्रुटले उत्पादन दिने भएकाले खेती गर्न सहज हुने उहाँले जानकारी दिनुभयो । ड्रागन खेती सुक्खा र पानी नजम्ने नेपालको सबै ठाउँमा हुने गर्दछ । एक पटक लगाएको खेतीले २५ वर्षसम्म आम्दानी दिने व्यवसाय भएकाले यसप्रति किसानको आकर्षण बढ्दै गएको गौलीले जानकारी दिनुभयो । गौलीले भन्नुभयो, ‘‘विषादीले मानव स्वास्थ्य, वातावरण, जैविक विविधता, माटो आदिलाई असर पार्ने भएकोले पाङ्गरिक तरिकाबाट खेती गरको हुँ ।’’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल