जुम्ला, असोज २१ गते । जुम्लामा असोज महिनामा मात्र भालुको आक्रमणमा परी पाँच जना घाइते भएका छन् । जुम्लाको गुठिचौर गाउँपालिका, हिमा गाउँपालिका, तातोपानी गाउँपालिकामा छुट्टाछुट्टै भालुले आक्रमण गरेर मानिसलाई घाइते बनाएको हो । सोमबार बिहान १०ः४० बजे जुम्ला तातोपानी गाउँपालिका वडा ४ निवासी १८ बर्षीय दिपेन्द्र न्यौपानेलाई स्याउको बगैचामा गोडमेल गर्न गएको समयमा भालुले […]
बनेपा, असोज २० गते । अविरल वर्षासँगै आएको बाढी पहिरोबाट क्षति पुगेको विपी राजमार्गको काभ्रेपलाञ्चोक खण्डतर्फको अस्थायी डाइभर्सन सडक तत्काल सञ्चालनमा आउन नसक्ने भएपछि यात्रुहरु मर्कामा परेका छन् । विपी राजमार्गको अस्थायी डाइभर्सन सडक बाढीले बगाएपछि पूर्वी पहाडी र तराईका जिल्ला जाने सवारी साधनहरु अरनिको राजमार्ग हुँदै लामो यात्रा गर्न बाध्य भएका हुन् । बाढीपहिरोले […]
सिन्धुलीमाढी, असोज २० गते । पूर्वी नेपाललाई छोटो दुरीमा सङ्घिय राजधानीसँग जोड्ने जापान सरकारको अनुदान सहयोगमा निर्माण भएको बीपी राजमार्गको नेपालथोक-भकुण्डेबेसी सडक खण्ड एक वर्षपछि फेरी उस्तै क्षतीग्रस्त बन्न पुगेको छ । दुई दिनअघि अबिरल वर्षासँगै रोसीखोलामा आएको बाढीले उक्त खण्डको करिब ३२ किलो मिटर लम्बाई सडकमध्ये करिब चार किलो मिटर अस्थायी डाईभर्सन सडक पूर्ण […]
काठमाडौँ, असोज २० गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशका विभिन्न अस्पतालबाट लिएको पछिल्लो विवरणअनुसार जेनजी आन्दोलनका क्रममा घाइते भएका ३० जनाको उपचार भइरहेको छ । सिभिल अस्पतालमा एक जना, राष्ट्रिय ट्रमा सेन्टरमा १० जना, काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पतालमा तीन जना, त्रिवि शिक्षण अस्पतालमा पाँच जना, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तीन जना, नेपाल प्रहरी […]
काठमाडौँ, असोज २० गते । अविरल वर्षाका कारण रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–५ ड्यामसाइड क्षेत्रमा फसेका व्यक्तिहरूमध्ये १२ जनालाई नेपाली सेनाको उद्धार टोलीले सकुशल उद्धार गरेको छ । असोज १७ गतेदेखि १९ गतेसम्म परेको लगातार वर्षाका कारण ड्यामसाइड इलाकामा पुगेका १६ जना स्थानीय र मजदुर समूह जोखिममा परेका थिए । तीमध्ये १२ जनालाई नेपाली सेनाको श्रीनाथ […]
काठमाडौँ, असोज१९ गते । अविरल वर्षातका कारण देशका विभिन्न आठ नदीले खतराको तह पार गरेका छन् । जल तथा मौसम विज्ञान विभागका आज बिहानसम्मको अद्यावधिक ‘रेकर्ड’अनुसार बागमती, सुनकोशी, अरुण, तमोर, कन्काई, बूढीखोला–सुनसरी, बिरिङ खोला झापालगायत नदीका बाढी मापन केन्द्रहरुमा बाढीले खतराको तह पार गरेका हुन् । विभागको बाढी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीका अनुसार अन्य […]
काठमाडौँ, असोज१९ गते । अविरल वर्षातका कारण देशका विभिन्न आठ नदीले खतराको तह पार गरेका छन् । जल तथा मौसम विज्ञान विभागका आज बिहानसम्मको अद्यावधिक ‘रेकर्ड’अनुसार बागमती, सुनकोशी, अरुण, तमोर, कन्काई, बूढीखोला–सुनसरी, बिरिङ खोला झापालगायत नदीका बाढी मापन केन्द्रहरुमा बाढीले खतराको तह पार गरेका हुन् । विभागको बाढी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीका अनुसार अन्य […]
वीरगञ्ज (पर्सा), असोज १९ गते । अविरल बर्सातले वीरगञ्ज महानगर क्षेत्रमा डुबानको समस्या देखिएको छ । शनिबारदेखि परेको भारी वर्षाको कारणले महानगरको अधिकांश वडामा डुबानको जोखिम उच्च देखिएको हो । वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले लगातार वर्षाको कारणले महानगरमा विभिन्न स्थानमा डुबानको समस्या देखिएको जानकारी दिनुभयो । “लगातार ठूलो वर्षाको कारणले पानीको निकासको समस्या देखिएको […]
काठमाडौँ, असोज १९ गते । प्रतिकूल मौसमका कारण देशभरको हवाई यातायात प्रभावित भएको छ । अविरल वर्षाका कारण उडानका लागि चाहिने आवश्यक दृश्य क्षमता (भिजिबिलिटी) कमजोर हुँदा शनिबार आन्तरिकतर्फका अधिकांश उडान रद्द भएका छन् भने बाह्यतर्फका छ वटा जहाज डाइभर्ट भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता रिन्जी शेर्पाले भन्नुभयो, “अविरल वर्षाले मौसम प्रतिकूल […]
वराहक्षेत्र, असोज १९ गते । शनिवार विहानदेखि अविरल वर्षा हुँदा सप्तकोसी नदीमा पानीको बहाव उच्च हुँदैगएको छ । आइतबार विहान ७ बजे कोसी ब्यारेज कन्ट्रोल रुमले २ लाख ७१ हजार ३१० क्युसेक प्रतिसेकेन्ड पानीको बहाव मापन गरेको कन्ट्रोल रुमले जनाएको छ । अहिले ब्यारेजको ३९ वटा ढोका खोलिएको छ । आइतबार बिहान ५ बजेको मापनअनुसार […]