alliance khabar

मंगलबार, आश्विन २१, २०८२

जुम्ला, असोज २१ गते ।

जुम्लामा असोज महिनामा मात्र भालुको आक्रमणमा परी पाँच जना घाइते भएका छन् । जुम्लाको गुठिचौर गाउँपालिका, हिमा गाउँपालिका, तातोपानी गाउँपालिकामा छुट्टाछुट्टै भालुले आक्रमण गरेर मानिसलाई घाइते बनाएको हो ।

सोमबार बिहान १०ः४० बजे जुम्ला तातोपानी गाउँपालिका वडा ४ निवासी १८ बर्षीय दिपेन्द्र न्यौपानेलाई स्याउको बगैचामा गोडमेल गर्न गएको समयमा भालुले आक्रमण गरी घाइते बनाएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार न्यौपानेको हाल कर्णाली प्रतिष्ठानमा उपचार भइरहेको छ ।

यता, आइतबार विहान जुम्लाको गुठिचौर गाउँपालिका –३ गज्याङकोटकी ३८ वर्षीया बुमची कामी र उहाँकी १७ वर्षीया छोरी सिर्जना कामी भालुको आक्रमणबाट घाइते भएका छन् । आमा गम्भीर घाइते हुनुभयो भने छोरी सामान्य अवस्थामा छन् ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार, उनीहरू दुवैजना घाँस काट्न गएका बेला जंंगली भालुले असोज १९ गते विहान ७ः३० बजे आक्रमण गर्दा घाइते भएका हुन् । घटनापछि तत्काल स्थानीयको सहयोगमा दुवैजनालाई उद्धार गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा ल्याइएको छ ।

गुठिचौर गाउँपालिका ५ धिता गाउँमा दिउँसो १ बजे एक जनालाई भालुले आक्रमण गरेको छ । गुठिचौर गाउँपालिका झ्यापु धिताललाई आक्रमण गरेको छ । धितालको पनि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका निमित्त अस्पताल निर्देशक कमल थानीका अनुसार तातोपानी ४ का दिनेश न्यौपानेको टाउको, वायाँ खुट्टा र शरीरको विभिन्न भागमा चोट लागेको छ । परिवारको आग्रहमा उहाँलाई जिल्ला बाहिर लग्ने तयारी भएको छ ।

उहाँका अनुसार गुठिचौर गाउँपालिका निवासी आमा बुमची कामीको पनि टाउको, मुखमा भालुले मासु लछारेर घाइते बनाएको छ ।

यसैगरी जुम्लाको हिमा गाउँपालिका वडा ५ निवासी ३४ बर्षका हरिचन्द्र रोकायालाई बाख्रा चराउन गएको समयमा भालुले आक्रमण गरी घाइते बनाएको छ । रोकायाको हातमा घाउ भएको र कर्णाली प्रतिष्ठानमा उपचार भइरहेको छ । केही समय अगाडि चन्दननाथ नगरपालिका ३ मा पनि भालुले आक्रमण गरेर ११ बाख्रा मारेको थियो ।

स्थानीयवासीले वन क्षेत्रमा जंगली जनावरहरूको आक्रमण बढ्दैगएकाले नियमित गस्ती र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न माग गरेका छन्  । प्रहरी र वन विभागको टोली घटनास्थल पुगेर अनुसन्धान तथा नियन्त्रण कार्यमा खटिने भएको  छ ।

डिभिजन वन कार्यालय जुम्लाका प्रमुख भरत बुढ्थापाले आजभोलि जंगलनजिक काम गर्न ढिला जान आग्रह गर्नुभयो । भालु विहानै निस्कने भएकाले  सचेत हुन आग्रह गर्नुभयो । उहाँले काम गर्न समूहमा जान सुझाव दिनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल