फागुन २१ को निर्वाचनका लागि १२० दलको निवेदन

काठमाडौं, मङ्सिर १४ गते ।  आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन (फागुन २१, २०८२) का लागि राजनीतिक दल दर्ताको प्रक्रिया सकिँदा जम्मा १२० दलले दर्ताका लागि निवेदन आयोगमा पेस गरेका छन्। निर्वाचन आयोगका अनुसार, दल दर्ताका लागि पहिले मंसिर १ देखि १० गतेसम्मको अवधि तोकिएको थियो। आयोगको २०८२ मङ्सिर १० को निर्णयअनुसार दर्ता अवधि मंसिर १४ […]

बिजमायालाई नयाँ घर

जुम्ला, मङ्सिर १४ गते । हिमपातले घर भत्काएपछि घरबारविहीन भएका जुम्लाको गुठीचौर गाउँपालिका–५, फोइगाउँकी बिजमाया जैसीले नयाँ घर पाउनुभएको छ । छ वर्षपहिले हिमपातले घर भत्किएपछि आर्थिक अभावमा घर बनाउन नसकी बर्सौंदेखि टहरामा बस्नुभएको थियो । सानो काठको टहरामा १२ वर्षकी छोरी र १४ वर्षको छोरासँग उहाँले दुःखका दिन कटाउनुभएको थियो । अहिले उहाँको आफ्नै […]

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ,  मङ्सिर १४ गते ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १३०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु १००, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु १२५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ९०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु १२०, आलु रातो […]

सरोकार मञ्चको अध्यक्षमा बम

काठमाडौं, मङ्सिर १४ गते । सुदूरपश्चिमाञ्चल सरोकार मञ्च नेपालले दीर्घसिंह बमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार भएको १४ औँ साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको हो । मञ्चको उपाध्यक्षमा टीकाराम भट्ट, लक्ष्मी शाह चयन हुनुभएको छ । त्यस्तै महासचिवमा सुरेन्द्र जोशी, सचिवमा रामदत्त जोशी र कोषाध्यक्षमा विना श्रेष्ठ चयन हुनुभएको छ । […]

‘विकास पुग्यो तर उपभोग गर्ने मानिस नै छैनन्’

बैतडी, मङ्सिर १४ गते । गाउँको सिरानमाथि महाकाली लोकमार्गको चिल्लो सडक छ । मध्य भागबाट महाकाली कोरिडोर अघि बढिरहेको छ । सबै घरमा राष्ट्रिय प्रसारण लाइनको बिजुली पुगेको छ । प्रदेश सरकारले ६५ लाखको खानेपानी योजना बनाएको छ । स्वास्थ्य चौकी र आँगनमै कक्षा १२ सम्मको विद्यालय सञ्चालित छ । यद्यपि विकासे संरचनाको उपभोग गर्ने […]

रास्वपा र विवेकशीलबीच आज एकता घोषणा

काठमाडौँ,  मङ्सिर १४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझाको औपचारिक रूपमा आज पार्टी एकता घोषणा हुँदैछ । आज दिउँसो राष्ट्रिय सभागृहमा एकता घोषणासभा आयोजना हुने रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिनुभयो । असल शासन र समुन्नतिसँग सरोकार राख्ने दुई दलबीच एकीकरण हुन लागेको रास्वपाले जनाएको छ । विवेकशीलले रास्वपाको नाम, नेतृत्व र […]

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने प्रस्ताव

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजनामा १२ अर्ब ९५ करोड रुपियाँ बराबरको सेयर गैह्र आवासीय नेपाली (एनआरएन) तथा वैदेशिक रोजगारमा रहेका नेपालीलाई निश्कासन गर्ने प्रस्ताव गरिएको छ । आयोजनाको लागत निर्माण अवधिको व्याजबाहेक एक अर्ब ५१ करोड २७ […]

नसर्ने रोग नियन्त्रणमा सामूहिक प्रयास जरुरी

काठमाडौँ, मङ्सिर १४ गते । नेपालमा दिनानुदिन बढ्दै गएको नसर्ने रोग (एनसीडी) को जोखिम, रोकथाम तथा नियन्त्रणका लागि सबै क्षेत्र एक भएर लाग्नुपर्ने बताइएको  छ । नेसर्ने रोगको क्षेत्रमा काम गर्दै आएको संस्था नेपाल एनसीडी एलायन्सको तेस्रो साधारणसभामा वक्ताहरुले नसर्ने रोग विश्वव्यापी बढ्दै गएकोले नेपालमा नसर्ने रोगको प्रकोप बढ्दै गएको बताए । कार्यक्रममा एलायन्सका अध्यक्ष […]

उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

काठमाडौँ,  मङ्सिर १४ गते । उपराष्ट्रपति रामसहायप्रसाद यादव संयुक्त अरब इमिरेट्स (युएई)को ५४औँ राष्ट्रिय दिवसका अवसरमा शनिबार साँझ यहाँ आयोजित विशेष समारोहमा सहभागी हुनुभयो । नेपालका लागि संयुक्त अरब इमिरेट्स ९युएई०का राजदूत अबदुल्ला सइद मुवारक जरवान अल शाम्सीले आयोजना गर्नुभएको उक्त समारोहमा मन्त्रिपरिषद्का सदस्य, संवैधानिक अङ्गका प्रमुख, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारका […]

भाडाकै घरमा गुल्मीका तीन स्थानीय सरकार

तम्घास(गुल्मी), मङ्सिर १४ गते । गुल्मीका तीन स्थानीय सरकारले अझै पनि भाडाका घरबाट सेवा प्रवाह गर्दैै आएका छन् । स्थानीय तहको संरचना निर्माण भएको आठ वर्ष पुग्दासमेत तीन स्थानीय सरकारले प्रशासनीक  भवन समेत बनाउन सकेका छैनन् । प्रशासनीक भवन नहुँदा उनीहरुले भाडाकै लागि मोटो रकम खर्चने गर्दछन् । जिल्लाको गुल्मीदरबार, कालीगण्डकी र चन्द्रकोट गाउँपालिका हालसम्म […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल