alliance khabar

आइतबार, मंसिर १४, २०८२

काठमाडौं, मङ्सिर १४ गते ।

सुदूरपश्चिमाञ्चल सरोकार मञ्च नेपालले दीर्घसिंह बमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार भएको १४ औँ साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको हो । मञ्चको उपाध्यक्षमा टीकाराम भट्ट, लक्ष्मी शाह चयन हुनुभएको छ । त्यस्तै महासचिवमा सुरेन्द्र जोशी, सचिवमा रामदत्त जोशी र कोषाध्यक्षमा विना श्रेष्ठ चयन हुनुभएको छ ।

त्यस्तै मञ्चको सदस्यमा क्रमशः अनुप उपाध्याय, अरुणकुमार शाह, गुणाकर भट्ट, जनक धामी, नरेश खत्री, पदमराज भट्ट, महेशविक्रम शाह, मनोज महतो, सूर्यबहादुर शाह, दिकरदेव भट्ट रहनुभएको मञ्चका सचिव रामदत्त जोशीले बताउनुभयो । थप सदस्यको टुङ्गो अर्को बैठकबाट लगाउने सचिव जोशीले जानकारी दिनुभयो ।

सुदूरपश्चिमको समग्र विकास र सुदूरपश्चिमवासीको चेतना वृद्धिमा मञ्चले स्थापनाकालदेखि काम गर्दै आएको सचिव जोशीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल