alliance khabar

आइतबार, मंसिर १४, २०८२

तम्घास(गुल्मी), मङ्सिर १४ गते ।

गुल्मीका तीन स्थानीय सरकारले अझै पनि भाडाका घरबाट सेवा प्रवाह गर्दैै आएका छन् ।
स्थानीय तहको संरचना निर्माण भएको आठ वर्ष पुग्दासमेत तीन स्थानीय सरकारले प्रशासनीक  भवन समेत बनाउन सकेका छैनन् । प्रशासनीक भवन नहुँदा उनीहरुले भाडाकै लागि मोटो रकम खर्चने गर्दछन् । जिल्लाको गुल्मीदरबार, कालीगण्डकी र चन्द्रकोट गाउँपालिका हालसम्म पनि भाडाकै घरबाट सेवा प्रवाह गरेका छन् ।

सभाहल खाली, बजाउने ताली
कालीगण्डकी गाउँपालिकाले अझै पनि जग्गाको ब्यबस्थापन गर्न सकेको छैन । गाउँपालिकाको सभाहल कनौटामा रहेको छ । उक्त भवनमा गाउँपालिकाको सभाहरु बस्ने र सभामा नीति र बजेट पास गर्नका लागि ताली लगाउने कार्य मात्रै भएको छ । सभाहलमा कहिले काहिँ केही कार्यक्रमहरु हुँदै आए पनि त्यहाँबाट गाउँपालिकको सेवा प्रवाह गर्न र खर्च कटौती गर्ने तर्फ ध्यान जान सकेको छैन । पालिकाले दुई वटा भवनका लागि मासिक ९० हजार रुपियाँ भाडामा खर्च गर्दै आएको छ, उक्त सभाहललाई पाटेसन गरी सेवा प्रवाह गरेमा वार्षिक दस लाखभन्दा बढी रकम बचत हुने देखिन्छ । तर त्यता तर्फ पालिका नेतृत्वको ध्यान जान सकेको छैन । यता गुल्मीदरबार गाउँपालिकाले बल्ल प्रशासकीय भवनको शिलान्यास गरेको छ ।

जिल्लाको चन्द्रकोट गाउँपालिकाले स्थापना कालदेखिनै चन्द्रकोट क्याम्पसको भवनबाट सेवा प्रवाह गरेको छ । गाउँपालिकाले अहिले मासिक ९७ हजार रुपियाँ क्याम्पसलाई भाडा बुझाउँदै आएको सूचना अधिकारी शिवप्रसाद ज्ञवालीले जानकारी दिनुभयो । गाउँपालिकाको प्रशासकीय भवन निर्माणको अन्तिम चरणमा रहेको उहाँले बताउनुभयो ।

गुल्मीदरबार गाउँपालिकाले तीन वटा भवनको मासिक ७४ हजार ९५१ रुपियाँ मासिक भाडा तिर्ने गरेको सूचना अधिकारी नवराज घिमिरेले जानकारी दिनुभयो । पालिकाको प्रशासकीय भवन निर्माणका लागि बिहीबार मात्रै गाउँपालिकाका अध्यक्ष सरोज थापाले शिलान्यास गर्नुभएको छ ।  ।

कालीगण्डकी गाउँपालिकाले दुई वटा भवन भाडामा लिएको छ । उसले मासिक ९० हजार भाडा तिर्ने गरेको गाउँपालिकाका सूचना अधिकारी ओमबहादुर थापाले जानकारी दिनुभयो । पालिकाको प्रशासकीय भवन निर्माणका लागि केही जग्गा अपुग भएको र बाँकी जग्गा ब्यबस्थापन गर्ने कार्य भइरहेको उहाँले बताउनुभयो ।

चार स्थानीय तहका सुविधा सम्पन्न प्रशासनीक भवन
गुल्मीका चार स्थानीय तहले सुबिधा सम्पन्न आफ्नै प्रशासकीय भवनबाट सेवा प्रवाह गर्दै आएका छन् ।

जिल्लाको मुसिकोट नगरपालिका, रेसुङगा नगरपालिका, मालिका र रुरुक्षेत्र गाउँपालिकाले प्रशासकीय भवनबाट सेवा प्रवाह गर्दै आएका छन् । धुर्कोट, मदाने, छत्रकोट र चन्द्रकोट गाउँपालिकाका प्रशासकीय भवनहरु निर्माणधिन अवस्थामा रहेका छन् ।

मदाने गाउँपालिकाले साबिकको गाबिस कार्यालय, इश्मा गाउँपालिकाले विद्यालयको भवनबाट, धुर्कोट गाउँपालिकाले बहुउद्देश्यीय सभाहल, छत्रकोट र सत्यवतीले सभाहलबाट  सेवा प्रवाह गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल