alliance khabar

आइतबार, मंसिर १४, २०८२

काठमाडौं, मङ्सिर १४ गते ।

 आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन (फागुन २१, २०८२) का लागि राजनीतिक दल दर्ताको प्रक्रिया सकिँदा जम्मा १२० दलले दर्ताका लागि निवेदन आयोगमा पेस गरेका छन्।

निर्वाचन आयोगका अनुसार, दल दर्ताका लागि पहिले मंसिर १ देखि १० गतेसम्मको अवधि तोकिएको थियो। आयोगको २०८२ मङ्सिर १० को निर्णयअनुसार दर्ता अवधि मंसिर १४ गतेसम्म थपिई आज अन्तिम दिनसम्म दर्ता तथा एकल चुनाव चिन्ह प्रयोगका लागि १२० ओटा निवेदन प्राप्त भएको हो।

आयोगले तोकेको कार्यतालिकाअनुसार दर्ता निवेदनहरूको आवश्यक जाँचबुझ, छानबिन र कानुनी योग्यता परीक्षण पूरा गरिने छ। योग्यता पुगेका राजनीतिक दललाई मंसिर २० गतेभित्र दर्ता स्वीकृति प्रदान गरिने प्रवक्ता तथा सहसचिव नारायण प्रसाद भट्टराईले जानकारी दिनु भयो ।

उहाँका अनुसार, निर्वाचनमा सहभागी हुने दलहरूको दर्ता व्यवस्थापन, चुनाव चिन्ह विनियोजन र सम्पूर्ण प्रक्रिया कानुन बमोजिम पारदर्शी रूपमा अघि बढाइने छ।

निर्वाचन नजिकिँदै गर्दा दल दर्तामा देखिएको उत्साहले आगामी प्रतिनिधि सभा निर्वाचनमा दलहरूको सक्रियता र प्रतिस्पर्धा तीव्र हुने संकेत गरेको विश्लेषकहरूको भनाइ छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल