काठमाडौँ, मङ्सिर २ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले) प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन लिएर जाने भएको छ । एमालेबाट विघठित प्रतिनिधिसभामा रहेका सदस्यहरूको आजको बैठकले हस्ताक्षरसहित रिट निवेदन लिएर जाने निष्कर्ष निकालेको पार्टीका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो । निवेदन दर्ताका लागि बर्तौला र सचेतक सुनिता बराललाई अख्तियारी दिइएको छ […]
काठमाडौँ, मङ्सिर २ गते। एनपिएलमा ऐतिहासिक दुई सय २० रनको योगफलसँगै विराटनगर किङ्ग्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा सानदार सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा मङ्गलबार भएको खेलमा विराटनगरले पोखरा एभेन्जर्सलाई ५३ ले हरायो। जितका लागि विराटनगरले दिएको दुई सय २१ रनको लक्ष्य पछ्याएको पोखरा निर्धारित २० ओभरमा १८ ओभर ५ बलमा सबै […]
वाशुलिङ (बैतडी), मङ्सिर २ गते । बैतडीको सूर्नया ३ र २ को सिमानामा पर्ने शताब्दीयौँ पुरानो मानिने वाशुलिङ शक्तिपीठमा सोमबार बिहानैदेखि श्रद्धालु भक्तजनको भीड लागेको थियो । सङ्कट र कष्टक्लेशका बेला यहाँ दर्शन गरेमात्रै पनि मनोकामना पूरा हुने जनविश्वासले मन्दिर परिसर भरिभराउ बनेको देख्न सकिन्थो । कोणधारीजङ्गलको बिचमा शान्त वातावरणमा अवस्थित यो शिवरूपी देवस्थलमा पूजाको […]
लहान, मङ्सिर २ गते । लहानस्थित मालपोत कार्यालयको मुख्य प्रवेशद्वारमा गाउँब्लक सङ्घर्ष समिति लहानले गाउँब्लक जग्गा सहमति कार्यान्वयनको माग गर्दै कात्तिक ३० गते आइतबारदेखि धर्नामा बसेको छ । लहान नगरपालिकामा करिब सात हजारको हाराहारीमा गाउँब्लक जग्गा फुकुवा कार्यान्वयन नहुँदा समस्यामा परेका स्थानीय सङ्घर्ष समिति गठन गरी आन्दोलन गर्दै आइरहेका छन् । जग्गा फुकुवा कार्यान्वयन प्रव्रिmया अगाडि नबढ्दा […]
काठमाडौँ, मङ्सिर २ गते । ‘फ्लड लाइट’ले उज्यालिएको मैदानको प्याराफिटमा हजारौँ दर्शक र मैदान बाहिरबाट पनि उल्लेख्य सङ्ख्यामा समर्थकको साथ । नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा सीमित सिटका कारण कैयौँ दर्शक मैदान बाहिरबाटै समर्थन जनाए । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा पहिलो पटक फ्लड लाइटमा खेल हेर्ने दर्शक मात्रै होइन खेलाडीले पनि खुसी व्यक्त […]
काठेखोला (बागलुङ), मङ्सिर २ गते । रोजगारीका लागि जापानमा रहेका बागलुङेहरुले जिल्लामा रक्तसञ्चार सेवा केन्द्रको प्रयोगशाला निर्माणमा सहयोग गरेका छन् । नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाद्वारा सञ्चालित रक्तसञ्चार सेवा केन्द्रको प्रयोगशाला निर्माणका लागि बागलुङ समाज जापानले सोमबार १३ लाख ५० हजार रुपियाँ सहयोग गरेको हो । बागलुङ समाज जापानका अध्यक्ष गुरुप्रसाद सापकोटा र सचिव दीपक […]
पश्चिम नवलपरासी, मङ्सिर २ गते । पश्चिम नवलपरासीको सिद्धिविनायक आयल्स प्रालिले फैलाएको प्रदूषणको विषयलाई लिएर जिल्लास्थित उद्योग वाणिज्य संघ (उवासंघ) र केही राजनीतिक दलका प्रतिनिधिहरूबिच विवाद चर्किएको छ । प्रदूषण नियन्त्रणका लागि गरिएको अनुगमनको क्रममा उत्पन्न परिस्थितिले गर्दा दुई पक्षबिचको सम्बन्ध तिक्ततापूर्ण बन्दै गएको हो । प्रदूषण र अनुगमनको पृष्ठभूमि रामग्राम नगरपालिका–१५ सुक्रौलीस्थित सिद्धिविनायक आयल्स […]
हेटौँडा, मङ्सिर २ गते । हेटौँडाको राप्ती तटबाट बृहत् राप्ती नदी सरसफाइ महाअभियान सोमबारदेखि सुरु गरिएको छ । हेटौँडादेखि चितवनको गोलाघाटसम्म सञ्चालन हुने यस महाअभियानलाई ‘राप्ती नदीको शुद्धता हाम्रो प्रतिबद्धता, राप्ती नदीको जलाधार जन्तुको बाँच्ने आधार’ भन्ने मूल नारासहित प्रारम्भ गरिएको हो । तेस्रो राप्ती नदी सरसफाइ दिवसका अवसरमा हेटौँडा–१० स्थित राप्ती खोलाको पुलमुनिबाट अभियान […]
काठमाडौँ, मङ्सिर २ गते । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा समङ्गलबार बिहान ११ः४५ बजे हुने पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स भिड्दा दोस्रो खेलमा विराटनगर किङ्ग्स र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्नेछन् । चारवटै टोलीको लक्ष्य सुखद् सुरुआत गर्ने हुनेछ । चितवन कुशल मल्लका […]
काठमाडौँ, मङ्सिर १ गते । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आफ्नो जहाज डाइभर्ट हुनुपर्ने अवस्थामा अबदेखि भारतको विमानस्थलका सट्टा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा प्रयोग गर्ने व्यवस्था गरेको छ। निगमले मङ्सिर ३ गतेदेखि लागू हुने गरी भैरहवालाई वैकल्पिक विमानस्थल (अल्टरनेटिव एयरपोर्ट) का रूपमा प्रयोग गर्ने निर्णय गरेको जानकारी दिएको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) मा […]