alliance khabar

बुधबार, आषाढ १०, २०८३

टेक्सास, असार १० गते ।

विश्व फुटबलमा कैयौँ कीर्तिमान बनाएका लियोनेल मेसीले विश्वकप–२०२६ मा पनि दोस्रो खेलपछि नै सर्वाधिक गोलकर्ता बनेर अर्को गौरव हासिल गर्नुभएको छ । अर्जेन्टिनाका मेसी आफ्नो छैटौँ विश्वकपमा १८ गोलसहित सबभन्दा बढी गोल गर्ने खेलाडी बन्नुभएको हो । मेसी पुरुष र महिला दुवै विश्वकपका सर्वाधिक गोलकर्ता बन्नुभएको हो । उहाँले महिला विश्वकपमा ब्राजिलकी मार्टाले १७ गोल गरेर राखेको कीर्तिमान पनि भङ्ग गर्नुभयो ।

पहिलो खेलमा अल्जेरियाविरुद्ध ह्याट्रिक गर्ने मेसीले अस्ट्रियासँगको खेलमा दुई गोल गरेर जर्मनीका मिरोस्लाभ क्लोजलाई पछाडि पार्नुभयो । यसअघि क्लोज १६ गोलसहित विश्वकपको सर्वाधिक गोकलर्ताको सूचीमा मेसीसँगै संयुक्त रूपमा शीर्ष स्थानमा हुनुहुन्थ्यो । क्लोजले विश्वकपका २४ खेलमा १६ गोल गर्नुभएको हो । सन् २०१४ को फाइनलमा मेसी सहभागी अर्जेन्टिनालाई नै फाइनलमा हराएर क्लोजको प्रेरणामा रहेको जर्मनी विश्वकप च्याम्पियन भएको थियो । गत जुन १२ तारिखमा क्लोजले एक अन्तर्वार्तामा मेसीले यसपालि आफ्नो कीर्तिमान तोड्ने छ, भन्नुभएको थियो ।

कीर्तिमान राखेको खेलमा मेसीको सुरुवात भने निराशाजनक तरिकाले भएको थियो । खेलको नवौँ मिनेटमै प्राप्त पेनाल्टीमा मेसीले गोलपोस्टबाहिर बल प्रहार गर्नुभयो । मेसीले लगातार तेस्रो विश्वकपमा पेनाल्टी खेर फाल्नुभएको हो तर यस पटक मेसीले अस्ट्रियाविरुद्धको २–० को जितमा दुवै गोल गरेर सानदार पुनरागमन गर्नुभयो । मेसीले विश्वकपमा लगातार छैटौँ खेलमा गोल गर्नुभएको हो । मेसीबाहेक फ्रान्सका स्ट्राइकर जस्ट फन्टाइन र ब्राजिलका जर्जिन्हाले मात्र विश्वकपका लगातार छ खेलमा गोल गर्नुभएको छ ।

“म निकै खुसी छु । यो कठिन रूपमा प्राप्त ठुलो उपलब्धि हो । विश्वकपका सबै खेल कठिन र तनावपूर्ण नै हुन्छन् । म अहिले यो समयको मज्जा लिँदै छु । पेनाल्टी खेर फाल्दा म आफैँसँगै रिसाए पनि तर मैले त्यसको भर्पाइ गर्न सकेँ,” ३९ वर्षीय मेसीले भन्नुभयो ।

सन् २००६ मा किशोर उमेर हुँदा जर्मनीमा आफ्नो पहिलो विश्वकप खेलेका मेसी २० वर्षपछि विश्वका सर्वाधिक गोलकर्ता बन्नुभएको हो । १८ वर्षको उमेरमा मेसीले सर्बिया मोन्टेनेग्रोबिच खेलेर विश्वकपमा पदार्पण गर्नुभएको हो । उहाँले सो खेलमा गोल पनि गर्नुभयो । मेसी सन् २०१० मा भएको विश्वकपमा भने गोलविहीन हुनुभयो तर त्यसपछि उहाँले सन् २०१४ को संस्करणमा चार गोल, सन् २०१८ मा एक गोल र पछिल्लो संस्करणमा सात गोल गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल