alliance khabar

बुधबार, आषाढ १०, २०८३

मुगु, असार १० गते ।

कर्णाली नदीको पानी लिफ्ट प्रविधिमार्फत गाउँसम्म पु¥याएर सिँचाइ सुविधा विस्तार गर्न लागिएपछि स्थानीयमा खुसियाली छाएको छ । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना मुगुले लामो समयदेखि सिँचाइको अभाव झेल्दै आएको रुगागाउँमा आधुनिक लिफ्ट सिँचाइ प्रणालीमार्फत सिँचाइ योजना निर्माण सुरु गरेको छ ।

यो आयोजनाबाट छायानाथ रारा नगरपालिका–१३ स्थित रुगागाउँका ८८ घरधुरी प्रत्यक्ष लाभान्वित हुने भएका छन् । कार्यालयका सिनियर डिभिजन प्रमुख तेजनारायण महतोका अनुसार नदीबाट करिब ३६० मिटर उचाइमा पानी तानेर पोखरीमा सङ्कलन गरिने छ । त्यसपछि उक्त पानीलाई सिँचाइका लागि गाउँभरि वितरण गरिने छ ।

छायानाथ रारा नगरपालिका–१३ का स्थानीय रतन बडुवालका अनुसार रुगागाउँमा सिँचाइको सुविधा नहुँदा अधिकांश खेतीयोग्य जमिन अहिलेसम्म पनि बाँझै छन्  । बडुवालले भन्नुभयो, “लिफ्ट सिँचाइ आयोजना सञ्चालनमा आएपछि वर्षभरि तरकारी तथा अन्य बाली उत्पादन गर्न सहज हुने छ भने स्थानीय बासिन्दालाई कृषिमा आत्मनिर्भर बन्न सहयोग पुग्ने छ ।” स्थानीय किसान बर्सौंदेखि आकासे पानीको भरमा खेती गर्न बाध्य थिए । अब भने यस्तो कठिनाइको अन्त्य भएकोमा उहाँले आयोजनाप्रति आभार प्रकट गर्नुभयो । उक्त योजना एक करोड ७६ लाख ९१ हजार २३५ रुपियाँ लागतमा निर्माण सम्पन्न गरिने जनाइएको छ ।

सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, मुगुले गाउँमा सिँचाइ सुविधा विस्तार गरी कृषि उत्पादन वृद्धि, तरकारी खेती प्रवर्धन तथा स्थानीय बासिन्दाको आयआर्जन र जीविकोपार्जनमा टेवा पु¥याउने लक्ष्य रहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल