भद्रपुर (झापा), पुस८ गते । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वरकुमार हुमागाईँका अनुसार जुन गत आव २०८१÷८२ को सोही अवधिको तुलनामा रु एक अर्ब ४१ करोड ७६ लाख अर्थात् ७।५७ […]
मुस्ताङ, पुस ८ गते । माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ । हिउँदयामको समय माथिल्लो मुस्ताङको जनजीवन चिसोका कारण प्रभावित बनेको छ । माथिल्लो मुस्ताङमा हिउँदयामको जाडो छल्न अधिकांश नागरिक बेंसी झरिसकेका छन् । केही व्यक्ति घरकुरुवा र पशुचौपायाको रेखदेखमा बसेका छन् । हिउँदयाममा माथिल्लो मुस्ताङका अधिकांश नागरिक जाडो छल्न बेंसी झरिसकेपछि यतिबेला लोमान्थाङ […]
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पैत्रिक सम्पत्तिमा विवाद आउनुका साथै दाजुभाइमा भागबन्डाको समय छ, व्यवसाय र कृषितर्फ लगनशीलताले ठूलो काम बन्न सक्छ । सहकर्मीहरूसँग प्रतिस्पर्धा बढ्नेछ । बिना कारण आफन्तजनबाट टाढिनु पर्नेछ । माता पिताका बारेमा चिन्ता बढ्नेछ । विश्वास पात्रले धोका दिनेछन् । वैदेशिक रोजगारीमा केही समस्या आउनेछन् । […]
चितवन, पुस ७ गते । भरतपुर महानगरपालिकाका मुख्य चोक र बजार क्षेत्रमा सीसी क्यामराबाट निगरानी बढाइने भएको छ । नेपाल टेलिकम भरतपुर र जिल्ला प्रहरी कार्यालय चितवनको सहकार्यमा महानगरपालिकाका २९ वटै वडाका मुख्य चोक र मूल सडकमा सीसी क्यामरा जडान गरी निगरानी बढाउने तयारी गरिएको हो । सोमबार महानगरपालिका अगाडि ६ लेन सडकमा क्यामरा जडान […]
काठमाडौँ, पुस ७ गते । प्रतिनिधि सभा सदस्य निर्वाचन समयमै हुनेमा नागरिक अगुवाहरुले आशंक व्यक्त गरेका छन् । सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गर्नुभएको सर्वपक्षीय वार्ताका क्रममा आफ्ना धारणा राख्दै नागरिक अगुवाहरुले यस्तो आशंक व्यक्त गरेका हुन् । फागुन २१ गतेका लागि अन्तरिम सरकारले निर्वाचनको मिति तोकेको छ । तर समयमै निर्वाचन हुने कुरा जटिल […]
काठमाडौँ, पुस ७ गते । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ । सभापति देउवा निवास महाराजगन्जमा सोमबार भएको भेटमा उहाँहरूबिच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको सभापति देउवाको सचिवालयले जनाएको छ । भेटमा अध्यक्ष ओलीसँग एमाले महासचिव शङ्कर पोखरेल पनि हुनुहुन्छ ।
दैलेख, पुस ७ गते । दैलेख जिल्लामा पछिल्लो समय मानसिक स्वास्थ्य समस्यासँगै आपराधिक घटना बढ्दै जान थालेका छन् । पारिवारिक तनाव, आर्थिक अभाव, लैङ्गिक हिंसा तथा सामाजिक दबाबका कारण मानसिक समस्या जटिल बन्दै जाँदा आपराधिक घटना बढ्दै गएको हो । गत मङ्सिरमा दैलेखको नौमुले गाउँपालिका–५ का २७ वर्षीय तिर्सना राम्जालीले गरेको दाउराको चिर्पट प्रहारबाट आफ्नै बुवा ६५ […]
रौतहट, पुस ७ गते । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. डिला संग्रौलाले निर्वाचनको विकल्प नरहेको बताउनुभएको छ । मधेश भ्रमणको क्रममा आइतबार रौतहट आउनुभएको उहाँले देशलाई निकास दिन र जेनजी पुस्ताको माग सम्बोधनका लागि तोकिएको मितिमा प्रतिनिधि सभा निर्वाचन हुनुपर्ने बताउनुभएको छ । देशमा स्थायित्व शान्ति कायम र जनताको माग अनुसार सेवा प्रदान गर्न नेपाली […]
काठमाडौँ, पुस ७ गते । राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका लागि उम्मेद्वारको बन्द सूची पेस गर्दा बढीमा ११० र कम्तीमा ११ जनाको नाम सूचीकृत गर्नुपर्ने भएको छ । आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदैछ । प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन (पहिलो संशोधन) निर्देशिका, २०८२ ले गरेको व्यवस्था बमोजिम राजनीतिक दलले उम्मेद्वारको […]
काठमाडौँ, पुस ६ गते । नेपाल सरकारका पूर्व गृहराज्यमन्त्री तथा नेपाल महर्षि वैदिक फाउन्डेसनका अध्यक्ष दीपकप्रकाश बास्कोटाले महर्षि भावातीत ध्यानको माध्यमबाट नेपालले विश्व शान्तिको नेतृत्व गर्न सक्ने बताउनुभएको छ। काठमाडौँको ब्रह्मानन्द सरस्वती ग्राम दक्षिणकालीस्थित ध्यान केन्द्रमा, दोस्रो विश्व ध्यान दिवस डिसेम्बर २१ को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष बास्कोटाले महर्षि भावातीत ध्यान केवल व्यक्तिगत […]