alliance khabar

शुक्रबार, फाल्गुण १५, २०८२

धरान, फागुन १५ गते ।

श्रमसंस्कृति पार्टिको अध्यक्ष हर्कराज राई (साम्पाङ)ले धरान उपमहानगरमा श्रमदानबाट मात्र २ अर्ब बढीको सम्पति जोडेको बताउनुभएकाे छ ।

शुक्रबार धरान–२ भानुचोकमा भएको श्रमसंस्कृति पार्टिको बृहत आमसभालाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । श्रमसंस्कृति पार्टिको अगुवा आफू भएपनि यसको जन्मदाता जनताहरु भएको उहाँले बताउनुभएकाे हाे ।

श्रमसंस्कृति पार्टिले ३ करोड नेपालिको जिवनस्तर उकास्नको लागि,आर्थिक विकास गर्नको लागि, देशको स्वाधिनता र सम्प्रभुता बचाउनको लागि अगाडी कदम चालेको छ । “हामी कसैलाई पराई ठान्दैनौ तर साँचो बोल्छौ । हामीले साँचो बोल्दा गलत भाष्य निकालिरहेको छ किनभने हाम्रो समाज सत्यबाट भाग्दै गएको समाज हो, साँचो बोल्दा कोहि रिसाउला, के होला भनेर हामी साँचो कुरा सुन्ने, बोल्ने साहस गर्दैनौ र त्यसैले हामी लडिरहन्छौ । तर हाम्रो पार्टिको प्रमुख एजेण्डा नै साँचो बोल्ने, साँचो सुन्ने र साँचो सुनाउने हो । त्यसैले पार्टि खोलेको केही सयमा नै धेरै ठुलो पार्टी र जनताको आशा र विश्वासको पार्टि भएको हो,” उहाँले भन्नुभयाे ।

“जेनजी आन्दोलन पनि हामीले चाहेको आन्दोलन होइन । कति जनताहरुले आफनो छोराछोरी गुमाउनुभयो, कतिले आफ्‌नो साहारा गुमाउनुभयो, कति जेन्जीहरुले आफ्‌नो शरिरको अंगहरु गुमाउनुभयो यस्तो अवस्थामा देशलाई साँचो सेवक चाहिएको छ, देशको यस्तो अवस्थालाई टुलुटुलु हेरेर बस्न सकिन र श्रमदान मार्फत धरानको धेरै विकास गर्दागर्दै पनि धरान मात्र नभएर समग्र देशको विकास गर्न भनेर म नगर प्रमुखको पद छाडेर देशको सेवा गर्न भनि चुनावमा होमिएको हुँ’ उहाँले थप्नुभयाे ।

श्रमदान मार्फत धरानमा खानेपानि, उधोग, पार्क लगायत धेरै कामहरु भए तर सुनसरी १ मा २६ जना उम्मेद्वार रहेकोमा कसैले पनि सहयोग नगरेको बताउनुहुँदै आगामाी चुनावमा जनताहरुले उनीहरुलाई चिन्नुपर्ने बताउनुभयो ।

बृहत आमसभालाई झापा–५ को उम्मेदवार समिर तामाङ, श्रमसंस्कृति पार्टि धरानको अध्यक्ष दिनेस राई लगायत श्रमदाताहरुको बाक्लो रुपमा उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल