alliance khabar

शुक्रबार, फाल्गुण १५, २०८२

काठमाडौँ, फागुन १५ गते ।

प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत महामहिम चाङ माओमिङले शुक्रबार सिंहदरबारमा शिष्टाचार भेट गर्नुभएको छ।

प्रधानमन्त्री कार्कीले नवनियुक्त राजदूतलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो। भेटका क्रममा प्रधानमन्त्रीले राजदूत माओमिङले आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने र नेपाल–चीनबीचको मित्रवत् सम्बन्धलाई अझ उचाइमा पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

चिनियाँ राजदूत माओमिङले व्यस्तताका बाबजुद भेटका लागि समय उपलब्ध गराउनुभएकोमा प्रधानमन्त्री कार्कीलाई धन्यवाद दिनुभयो। उहाँले मुलुकमा शान्ति, सुरक्षा र विधिको शासन बहाल गरी शान्तिपूर्ण वातावरणमा निर्वाचन सुनिश्चित गरेको भन्दै प्रधानमन्त्रीलाई बधाई ज्ञापन गर्नुभयो। नेपालको लोकतान्त्रिक प्रक्रियामा चीनको सदैव साथ र सहयोग रहने प्रतिबद्धतासमेत उहाँले दोहोर्‍याउनुभयो।

प्रधानमन्त्री कार्कीले नेपालको निर्वाचन प्रक्रियामा चीनबाट प्राप्त सदासयताप्रति कृतज्ञता ज्ञापन गर्नुभयो। साथै, विकासका विभिन्न परियोजना र साझेदारीका क्षेत्रमा चीनले पुर्‍याउँदै आएको सहयोगप्रति नेपाल सरकार र नेपाली जनताका तर्फबाट आभार व्यक्त गर्नुभयो।

भेटका क्रममा प्रधानमन्त्री कार्की र राजदूत माओमिङले दुवै देशका जनताले मनाउँदै गरेको नयाँ वर्षका अवसरमा शुभकामना आदानप्रदान गर्नुभयो। संस्कृति, भूगोल र ऐतिहासिक सम्बन्धले दुवै मुलुकलाई कसिलो गरी जोडेको सन्दर्भ उल्लेख गर्दै प्रधानमन्त्रीले नेपाल पञ्चशीलको सिद्धान्तमा अडिग रहेको र ‘एक चीन नीति’ प्रति पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो। उहाँले छिमेकी मुलुकको अहित हुने कुनै पनि गतिविधि नेपाली भूमिमा हुन नदिने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो।

राजदूत माओमिङले नेपाल सरकारको नीति र अडानका लागि चिनियाँ जनता तथा चिनियाँ राष्ट्रपतिका तर्फबाट धन्यवाद व्यक्त गर्नुभयो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल