alliance khabar

शुक्रबार, भाद्र २०, २०८२

नवलपुर, भदौ २० गते ।

नवलपुरमा जापनीज इन्सेफ्लाइटिसबाट तीन जनाको मृत्यु भएको छ । १४ जना सङ्क्रमित भएका छन् । संक्रमितमध्ये दुई जना अझै पनि अस्पतालमै उपचाररत छन् भने बाँकी निको भएर घर फर्केका जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

कार्यालयका ल्याव टेक्निसियन निरीक्षक डिल्लीराम तिवारीका अनुसार मृत्यु हुनेमा हुप्सेकोट–१ की १३ वर्षीया बालिका, मध्यविन्दु–१ का ५२ वर्षीय पुरुष र बौदिकाली–२ का ४५ वर्षीया महिला रहेका छन् ।

सबैभन्दा धेरै जिल्ला सदरमुकाम रहेको कावासोती नगरपालिकामा ६ जना, मध्यविन्दु नगरपालिकामा ४, हुप्सेकोट, देवचुली, बौदिकाली र गैँडाकोटमा एक एक जना सङ्क्रमित रहेका तिवारीले जानकारी दिनुभयो ।  सङ्क्रमितमध्ये दुई जनाको अझै पनि प्रादेशीक अस्पताल डण्डामा उपचार भइरहेको उहाँको भनाइ छ ।

जापनिज इन्सेफलाइटिस सङ्क्रमित लामखुट्टेको टोकाईबाट सर्ने रोग हो । अघिल्लो आर्थिक वर्षमा जम्मा तीन जनामा सङ्क्रमण भएको थियो भने आर्थिक वर्ष २०८०/०८१ मा १२ जना सङ्क्रमित हुँदा चार जनाले ज्यान गुमाएका थिए ।

जिल्ला जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी छविलाल सुवेदीका अनुसार विषेशगरी झरि, वर्षातसँगै धान खेत, बागबानीमा काम गर्ने तथा ताल, किनारमा माछा मार्ने मानिसहरूमा लामखुट्टेको टोकाइबाट जापनिज इन्सेफलाईटसको सङ्क्रमण फैलिने गरेको छ ।

यसैबिच जापनिज इन्सेफलाईटसको सङ्क्रमण बढ्न थालेपछि कावासोती नगरपालिकाले रोकथामका उपाय अपनाउन सबैसित अपिल गरेको छ । प्रमुख प्रशासकीय अधिकृत महेश पाण्डेले सूचना निकालेर लामखुट्टेको टोकाइबाट जोगिन, हाँस, कुखुरा, सुंगुर, बंगुर जस्ता पशुपंक्षी र जनावरलाई घरदेखि टाढा सुरक्षित तरिकाले पाल्न, खेतबारीमा काम गर्दा पूरा बाहुला भएको कपडा लगाउन र सरसफाइमा ध्यान दिन आग्रह गर्नुभएको छ ।

कार्यालयले पनि विभिन्न पालिकाहरमा जनप्रतिनिधि र सरोकारवालाहरुसँग मिलेर सरसफाइ र सचेतनामूलक कार्यक्र गरिरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल