हिमालय एअरलाइन्सले पोखरा–ल्हासा उडान गर्ने

काठमाडौँ, फागुन २० गते । हिमालय एअरलाइन्सले पोखरा र ल्हासाबिच साप्ताहिक उडान सुरु गर्ने भएको छ । आगामी चैत १८ गतेदेखि यो नयाँ रुटको उडान सुरु हुने छ । हिमालय एयरलाइन्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “काठमाडौँ–ल्हासा–पोखरा–ल्हासा–काठमाडौँ सेक्टर जोड्न तथा मागका आधारमा आगामी दिनमा उडान थप्ने योजनासहित हाल हप्तामा एउटा उडान सञ्चालन गर्दै छौँ ।” प्रारम्भिक […]

विनियोजन दक्षता र मितव्यियता कायम गर्न निर्देशन

काठमाडौँ, फागुन २० गते । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटलाई प्रभावकारी र परिणाममुखी बनाउने गरी बजेट तयार गरी पेस गर्न मन्त्रालयहरू, आयोग तथा कार्यालयलाई आग्रह गरेको छ । मन्त्रालयले सोमबार आगामी आवका लागि बजेट तर्जुमासम्बन्धी आठबुँदे मार्गदर्शन जारी गर्दै आगामी चैत १५ भित्रै आफ्नो मन्त्रालय वा अन्तर्गतका आयोजना र कार्यक्रम मन्त्रालयगत बजेट […]

नैतिक मूल्य मान्यता समाजका मेरुदण्ड : राष्ट्रपति

काठमाडौँ, फागुन २० गते  ।  राष्ट्रपति रामचन्द्र पौडेलले नैतिक मूल्य, मान्यता, सदाचार र योग सभ्य समाजको मेरुदण्ड भएको बताउनुभएको छ । राष्ट्रपति सचिवालयका अनुसार सर्वोदय सेवाश्रमद्वारा स्थापित नरकान्त योग राष्ट्रिय पुरस्कार तथा भैरव सदाचार राष्ट्रिय पुरस्कार प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले स्थायित्व, समृद्धि र समतामूलक समाज निर्माणका लागि यी गुण अनिवार्य भएको बताउनुभयो । पौडेलले भन्नुभयो, […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,  फागुन २० गते । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ५० पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ १० पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४५ रुपैयाँ ७८ पैसा र बिक्रीदर […]

पूर्वनिर्देशकसहित तीन जना पक्राउ

काठमाडौँ, फागुन २० गते ।  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पशुपतिनाथको जग्गामा अवैध रूपमा बालुवाखानी सञ्चालन गरी भ्रष्टाचारमा दोषी ठहर भएका तीन जना पूर्वसरकारी कर्मचारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पूर्वस्थानीय विकास अधिकारी (एलडिओ) द्वय प्रेमराज जोशी र महेन्द्रलाल श्रेष्ठ तथा पशुपति विकास कोषका तत्कालीन निर्देशक राजुकुमार रेग्मी रहेको सिआइबीले जनाएको छ । सिआइबीका प्रहरी उपरीक्षक […]

सुरुङमार्गको काम रोकियो

काठमाडौँ, फागुन २० गते । निर्माणको अन्तिम चरणमा पुगेको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको काम रोकिएको छ । स्थानीयवासीको अवरोधपछि सोमबारदेखि सुरुङमार्गको पूर्वी र पश्चिमी दुवैतिरबाट काम रोकिएको हो । स्थानीयवासीले विभिन्न माग राख्दै आयोजनाको सुरुवातदेखि नै काम अवरोध गर्दै आएका छन् । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण आयोजनाका सिनियर डिभिजनल इन्जिनियर सञ्जय पन्थीले सिस्नेखोलातर्फ निर्माणाधीन रोड साइड सर्भिस स्टेसननजिक रहेका केही घर […]

‘समावेशी अवसर एक पटक मात्र’

काठमाडौँ, फागुन २० गते  ।  समावेशी कोटाबाट सिफारिस भई नियुक्त भएको कर्मचारीलाई पुनः समावेशी समूहको उम्मेदवार हुन नपाउने गरी सङ्घीय निजामती सेवासम्बन्धी कानुन बनाउन दलहरू सहमतिउन्मुख बनेका छन् । राज्य व्यवस्था तथा सुशासन समिति अन्तर्गतको उपसमितिमा समावेशी अवसर एक व्यक्तिलाई सेवाकालमा एक पटक मात्र दिने गरी सहमतिको तयारी भएको हो । समितिमा प्रतिनिधित्व गर्ने अधिकांश […]

राष्ट्रियसभा बैठक आज बस्दै

काठमाडौं, फागुन १८ गते । सङ्घीय संसदअन्तर्गतको राष्ट्रियसभा बैठक आइतबार बस्ने भएको छ । आज मध्याह्न १२ः१५ बजेबाट सुरु हुने बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभाअन्तर्गत गठित विषयगत समितिमा रहने सदस्यहरुको हेरफेर गर्नुहुने छ । यसैगरी, बैठकमा उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस्’ […]

निवृत्त शिक्षकका नाममा तलबभत्ता

काठमाडौँ, फागुन १८ गते । काठमाडौँ महानगरपालिकाभित्रका केही सामुदायिक विद्यालयले अवकाश प्राप्त शिक्षकको नाममा पनि महानगरपालिकाबाट तलबभत्ता लिने गरेको पाइएको छ । सामुदायिक विद्यालयका शिक्षक, कर्मचारी तथा तिनले मासिक रूपमा बुझ्ने गरेको तलबभत्ताको विवरण अध्ययन गर्दा महानगरपालिकाले यस्तो फेला पारेको हो । महानगरपालिकाको शिक्षा विभागका अनुसार कानुनविपरीत तलबभत्ता लिएका शिक्षकबाट ५० लाख रुपियाँ फिर्ता गराइएको […]

हेवाखोलाको पुल निर्माण ढिलाइ हुँदा चिन्ता

ताप्लेजुङ, फागुन १७ गते। मेची राजमार्गअन्तर्गत पाँचथरको हेवाखोलामा मोटरेवल (मोटर गुड्ने) पुल निर्माण गर्नमा ढिलाई हुँदा ताप्लेजुङवासी चिन्तित बन्न थालेका छन्। हिउँदयामको अन्त्य भई सक्दासमेत हेवाखोलाको पुल पुनर्निर्माण गर्नमा ढिलाई गरिएकाले ताप्लेजुङवासी चिन्तित बन्न थालेका हुन्। आजभन्दा पाँच महिनाअघि अर्थात गत असोज १२ गते भीषण वर्षासँगै बाढीले पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सिमाना भई […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल