काठमाडौँ, मङ्सिर २९ गते । नेकपा एमालेको जारी ११ औं महाधिवेशनमा सोमबार बिहान ८ बजेबाट भृकुटी मण्डपमा सुरु हुँदैछ । पार्टीको निर्वाचन आयोगले आइतबार साँझ प्रकाशन गरेको मतदाताको अन्तिम नामावलीमा अहिले बिहान ९ बजेसम्म दाबी विरोधको समय राखिएको छ । आयोगका प्रमुख विजय सुब्बाका अनुसार आजै उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरेर भोली मतदान गर्ने तयारी […]
वाशुलिङ (बैतडी), मङ्सिर २९ गते । बैतडीको पाटन नगरपालिका वडा नं. ९ ले चालू आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक बजेटअन्तर्गत वडाभित्र स्थायी रूपमा बसोबास गर्ने १९४ जना ज्येष्ठ नागरिकलाई न्यानो कम्बल वितरण गरेको छ । वडा कार्यालय टकरेमा आयोजना गरिएको कार्यक्रममा ६० वर्षभन्दा माथिका एक सय ३७ जना ज्येष्ठ नागरिक र ५७ जना एकल […]
फुङलिङ, मङ्सिर २९ गते । ताप्लेजुङको तेल्लोकमा जारी पाँचौ अन्तर्राष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्डकपको उपाधिका लागि सोमबार झापा र धरानबिच प्रतिस्पर्धा हुँदैछ । झापाको न्यु स्टार क्लब बिर्तामोड र धरानको मरिक फुटबल क्लब उपाधि आफ्नो पोल्टामा पार्ने योजन सहित मैदान उत्रदै छन् । सेमिफाइनमा धरानले आयोजक तेल्लोक स्पोर्टिङ क्लबलाई ट्राइबेकरमा ४–२ गोलअन्तरले पराजित गर्दै फाइनलमा प्रवेश […]
कल्याणपुर (सप्तरी), मङ्सिर २९ गते । जिल्ला प्रहरी कार्यालय सप्तरीले १३ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।प्रहरीले विभिन्न मुद्दामा सप्तरी जिल्ला अदालतबाट जरिवाना पाएका १३ जना फरार प्रतिवादीलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा कुटपीट मुद्दामा जरिवाना पाएका डाक्नेश्वरी नगरपालिका वडा नम्बर ७ का गजेन्द्र मरिक, शिबिन्द मरिक, गुरिया देवी मरिक र भरत यादव […]
रेसुंगा(गुल्मी), मङ्सिर २९ गते । गुल्मीको धुर्कोट गाउँपालिका–३ हाडहाडेका २७ जना श्रमीकलाई सम्मान गरिएको छ । वडा कार्यालयको नियमित कार्यक्रमअन्तर्गत लामो समयदेखि काठेकर्मी र आरन सञ्चालन गरेका श्रमीकहरुलाई सम्मान गरिएको धुर्कोट गाउँपालिका–३ हाडहाडेका वडाध्यक्ष पदम बिष्टले बताउनुभयो । वडा कार्यालयले बर्सेनी फरकफरक श्रम गर्नेहरुलाई सम्मान गर्दै आएको छ । गत वर्ष कटुवाल, हुलाकी, उत्कृष्ट बिषयगत […]
बागलुङ, मङ्सिर २९ गते । हरेक वर्षको चौमासिकमा गलकोट र जैमिनी नगरपालिकाले गर्ने सार्वजनिक सुनुवाइमा आउने नियमति प्रश्न हो, प्रशासकीय भवन कहिले बन्छ ? कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रगतीका सूचक देखाउने नगरपालिकाले आफ्नो प्रशासकीय भवन अलपत्र परेको, बनेको घर पूरा नभई जीर्ण बन्न थालिसकेको विषय चासोमा आउने गरेको छ । त्यो प्रश्नमा नगरप्रमुखदेखि प्रशासकीय […]
बेलबारी (मोरङ), मङ्सिर २८ गते । जिल्लामा बेमौसमी वर्षाका कारण यस वर्ष धान उत्पादन घटेको छ । धान उत्पादनको हिसाबले देशमै राम्रो मानिने मोरङमा गत वर्षभन्दा यस वर्ष दुई हजार ८४ मेट्रिक टन धान उत्पादन घटेको हो । मोरङस्थित कृषि ज्ञान केन्द्रकी प्रमुख दीपा देवका अनुसार कात्तिक दोस्रो साताको बेमौसमी वर्षाले धानखेतीमा क्षति पुग्दा उत्पादन […]
काठमाडौँ, मङ्सिर २८ गते । राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले संसदीय अभ्यासले वर्तमान राजनीतिक परिपाटी निर्माण गर्न धेरै सघाउ पुर्याएको बताउनुभएको छ । संसद् सेवा दिवस– २०८२ का अवसरमा आइतबार सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा बधाई तथा शुभकामना व्यक्त गर्दै उहाँले सो कुरा बताउनुभएको छ । लोकतान्त्रिक व्यवस्था स्थापनाका लागि भएका सबैखाले सङ्घर्षहरूमा आफ्नो जीवन उत्सर्ग […]
बैतडी, मङ्सिर २८ गते । खानेपानी योजनाका लागि गएको पाँच वर्षदेखि हालसम्म दुई करोड ९९ लाख रुपियाँ बजेट आए पनि योजना कार्यान्वयन नहुँदा ४२५ घरपरिवार काकाकूल बनेका छन् । खानेपानी योजना बनाउन सङ्घ र प्रदेश सरकारबाट गएको पाँच वर्षदेखि लगातार बजेट आए पनि स्थानीयवासीको पानी खाने धोको पूरा हुन सकेको छैन । मेलौली नगरपालिका–९,विशालपुरका डिडीगाउँ, […]
बाजुरा, मङ्सिर २८ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस बाजुराले १३ जना उम्मेदवारको नाम सिफारिस गरेको छ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति बाजुराले गत शुक्रबार आफ्ना सम्पूर्ण पदाअधिकारी तथा सदस्यहरुको आम भेला गरी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बाजुरादेखि प्रतिनिधि सभाका लागि छ […]