वैशाखी टेकेर कपाल काट्दै जीविका चलाउँछन् बुद्ध : उपचार गर्न आर्थिक अभाव

झापा, ६ कात्तिक : बुद्धशान्ति गाउँपालिका– ६ का बुद्ध तामाङलाई १७ वर्षअघि २३ वर्षे तन्नेरी उमेरमै हड्डीको क्षयरोग (बोन टिबी) सङ्क्रमण भयो । तैपनि बुद्धको आत्मविश्वास डगमगाएन । रोगले गाँज्दै लग्यो । उहाँका कम्मर मुनि दुवै खुट्टा चल्न छाडे । जीवनको धरा नै हल्लाउने यी दुःखद् अवस्थाबाट उहाँ विचलित हुनुभएन । वैशाखी र आत्मविश्वासमा टेकेर […]

दसैँसँगै गाउँघरमा चहल पहल बढ्यो

टीकापुरकी चन्द्रादेवी शाहीका छोराबुहारी ६ वर्षपछि दसैँ मनाउन घर फर्किएका छन् । । भारतमा रहेका उनीहरु घर फर्केपछि चन्द्रादेवीको खुशीको सीमा छैन । ‘‘अहिलेसम्मकै रमाइलो दसैँ भएको छ । यस वर्ष म निकै खुशी छु’’, उहाँ भन्नुहुन्छ, ‘‘बालबच्चा सहित भारतमा बस्ने छोरा घर फर्किएको छ । यस वर्ष परिवारसँग रमाइलोसँग मनाउन थालेका छौँ ।’’ टीकापुर […]

मुस्ताङबाट तेइस करोडको च्याङ्ग्रा निकासी

म्याग्दी, ६ कात्तिक ः मुस्ताङबाट दसैँ पर्वलाई लक्षित गरेर तेइस करोड मूल्य बराबरकोे च्याङग्रा निकासी भएको छ । म्याग्दी, कास्की, पर्वत, बागलुङ, काठमाडौ लगायत जिल्लामा च्याङग्रा निकासी भएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले जनाएको छ । केन्द्रका प्रमुख ऋषिराम पोखरेलले यस वर्ष दशैका लागि पाँच हजार ७५५ च्याङग्रा निकासी भएको जानकारी दिनुभयो […]

चाडपर्वको बेला गाउँमा नै रमाइलो

दमौली, ६ कात्तिक ः तनहुँ व्यास नगरपालिका–३ निवासी डा. विनय शाह दसैं मनाउन पुख्र्यौली गाउँ गोरखा गाउँ फर्किनुभयो । फूलपातीकै दिन उहाँ सपरिवार आफ्नो जन्मस्थानमा जानुभएको हो । “ हामी प्रत्येक वर्षको फूलपातीमा दसैं मनाउन गाउँ जान्छौ, गाउँमा नै दसैं मनाउन रमाइलो छ,” उहाँले भन्नुभयो, “टीका सकिएपछि मात्रै पुनः दमौली फर्किन्छौ ।” डा शाहको परिवार […]

दुर्गा पक्षको नवौँ दिन महानवमी पर्व मनाइँदै

काठमाडौँ, ६ कात्तिक ः प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दसैँघर र कोतलगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको […]

आलेख : धार्मिक विद्यालयमा नमुना बन्दै ‘मदरसा आधारभूत नुरुल हुदा’

रामपुर (पाल्पा), ५ कात्तिक : वीरगञ्ज पर्सागढी नगरपालिका–५ बहरवाका तफाजुल मियाँ अहिले मदरसा नुरुल हँुदा आधारभूत विद्यालय रामपुरमा कक्षा ८ मा अध्ययनरत विद्यार्थी हुनुहुन्छ । उहाँले घरदेखि निकै टाढा रहेको पाल्पाको रामपुरलाई शैक्षिक थलो बनाउनुभएको छ । उर्दू विषयका साथै नेपाल सरकारले निर्धारण गरेका सबै विषय नेपाली, अङ्गे्रजी माध्यममा एउटै विद्यालयमा पढाइ हुने भएकाले अध्ययनका […]

फेरिएको दसैँ : पहिले स्वदेश आउँथे तर अहिले विदेश

म्याग्दी, ५ कात्तिक : म्याग्दीको बेनी बजारमा व्यवसाय गर्दै आउनुभएका जलजला गाउँपालिका–७ का खेम केसी छोरा बुहारीसँग दसैँ र तिहार मनाउनका लागि शनिबार श्रीमतिसहित अष्ट्रेलिया जानुभयो । म्याग्दीको म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङका गोपाल र मिना गौतम पनि छोरा, बुहारी र नातिनीसँग दसैँ मनाउन अमेरिका लाग्नुभयो । त्यसैगरी बेनीका केसी र दरवाङका गौतम दम्पत्ति आफन्त र […]

दसैंमा पनि तनहुँ जलविद्युत आयोजनाको काम निरन्तर

दमौली, ५ कात्तिक : तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको काम दसैंमा पनि निरन्तर सञ्चालन हुने भएको छ । दसैंका कारण आयोजनाको काम प्रभावित नहुने जनाइएको छ । अन्य समयको तुलनामा दसैंमा कामदार केही कम भएपनि काम निरन्तर सञ्चालन भइरहेको तनहुँ जलविद्युत आयोजनाका प्रमुख राजभाइ शिल्पकारले जानकारी दिनुभयो […]

राष्ट्रपति पौडेलद्वारा पलाञ्चोक भगवती मन्दिरमा पूजाअर्चना

काभ्रेपलाञ्चोक, ५ कात्तिक : राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँअन्तर्गत महाअष्टमीको शुभअवसरमा आज विहान काभ्रेपलाञ्चोकको पलाञ्चोक भगवती मन्दिरमा पूजाअर्चना गर्नुभएको छ । राष्ट्रपति पौडेलसँग प्रथम महिला सविता पौडेल पनि पूजाअर्चनामा सहभागी हुनुहुन्थ्यो । राष्ट्रपति पौडेल पाँचखाल नगरपालिका–९ पलाञ्चोकस्थित पलान्चोक भगवती मन्दिरमा दर्शन गर्न आज बिहान पाँचखाल आउनु भएको हो । बडा दसैँका अवसरमा महाअष्टमीको दिन राष्ट्र प्रमुखले […]

भूकम्पका कारण २० घर भत्किए

धादिङ, ५ कात्तिक : आज बिहान गएको भूकम्पका कारण धादिङको ज्वालमुखी गाउँपालिका-५, कुमालटारीमा २० वटा घर भत्किएका छन् भने ७५ घर चर्किएका छन् । भूकम्पबाट भएको क्षतिको विवरण आउनेक्रम जारी रहेको पूर्ववडाध्यक्ष कृष्णप्रसाद काप्रीले बताउनुभयो । पटक-पटक चार रिक्टरस्केलभन्दामाथिका भूकम्पका परकम्पहरु गएका कारण मानिसहरु घर बाहिर बसेको स्थानीय स्थानीय राजेश अधिकारीले बताउनुभयो । जिल्ला प्रहरी […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल