काठमाडौँ, मङ्सिर १८ गते । महावीर पुन नेतृत्वमा स्थापना भएको राष्ट्रिय आविष्कार केन्द्रले वीर अस्पताल र कान्ति बाल अस्पतालका १२ वटा उपकरण मर्मत गरेको छ । वीरमा बिग्रिएका २८४ वटा उपकरणमध्ये छ वटा र कान्ति बाल अस्पतालमा बिग्रिएका १५८ उपकरणमध्ये छ वटा उपकरण केन्द्रले मर्मत गरेको हो । आविष्कार केन्द्रका बायोमेडिकल इन्जिनियर उमेश किराँतीले अस्पतालमा बर्षौंदेखि […]
मेष राशी: (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – धार्मिक÷सामाजिक काममा समय दिनुपर्दा बाहिर अलमलिने दिन हो, तर पनि आफ्नो कामप्रतिको लगनशीलताका कारण कारोबारमा कुनै प्रभाव पर्नेछैन । धर्मकर्म वा परोपकारी काममा खट्नु पर्नेछ । समाज र छरछिमेकका काम गर्दा मानसम्मान पाइएला, तर घरपरिवारमा समय दिन नपाउनाले ठास्सठुस्स बढ्ने समय हो । सपनालाई […]
चरीकोट मंसिर १७ गते । दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा एमालेकी उमा मगर शेर्पा बिजयी हुनुभएको छ । आइतबार सम्पन्न भएको उपनिर्वाचनमा उपाध्यक्ष पदमा शेर्पाले २ हजार ८०५ मत ल्याएर बिजयी हुनुभएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाले सार्वजनिक गरेको मत परिणामअनुसार माओवादी केन्द्रकी निमलेकी शेर्पाले २ हजार ६ सय मत प्राप्त गर्नुभएको छ।। यस्तै […]
काठमाडौँ, मङ्सिर १७ गते । उपराष्ट्रपति रामसहायप्रसाद यादवले बारा जिल्लास्थित प्रसिद्ध शक्तिपीठ गढीमाई मन्दिर परिसरमा हरेक पाँच वर्षमा लाग्ने ‘श्री गढीमाई पञ्चवर्षीय मेला’ को आज शुभारम्भ गर्नुभएको छ । गढीमाई मन्दिर परिसरमा आयोजित विशेष समारोहमा उहाँले मेला शुभारम्भ गर्नुभएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ । उक्त अवसरमा उपराष्ट्रपति यादवले धर्मपत्नी चम्पादेवी र परिवारका अन्य सदस्यसहित गढीमाई […]
काठमाडौँ, मङ्सिर १७ गते । स्थानीय तहको रिक्त ४१ पदका लागि आइतबार भएको उपनिर्वाचनमा हालसम्म ३७ स्थानको नतिजा सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार काठमाडौँको कीर्तिपुर नगरपालिकाका प्रमुख, दोलखाको गौरीशङ्कर गाउँपालिका उपाध्यक्ष, हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष र उदयपुरको बेलका नगरपालिका–९ को वडाध्यक्षको मतगणना जारी छ । मतगणना जारी रहेका बाँकी चारै स्थानको नतिजा पनि […]
जनकपुरधाम, मङ्सिर १७ गते । मधेश प्रदेशमा कार्यरत विद्यालय नर्सहरू करार म्याद थप गराउन प्रदेश सरकारको दैलोमा पुगेका छन् । प्रदेश सरकारले सञ्चालन गरेको विद्यालय नर्स कार्यक्रमअन्तर्गत कार्यरत नर्सहरूले करार अवधिको म्याद थप गर्न पटक–पटक सरकारलाई घचघचाउँदा पनि सरकार गम्भीर नभएपछि सोमबार जनकपुरधामस्थित शिक्षा तथा संस्कृति मन्त्रालय अगाडि धर्नामा बसेका हुन् । विगत चार वर्षदेखि […]
काठमाडौँ, मङ्सिर १७ गते । कीर्तिपुर नगर प्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलको अग्रता कायमै रहेको छ । कीर्तिपुरका निर्वाचन अधिकृत इन्दिरा कार्कीका अनुसार पछिल्लो मत परिणाम अनुसार कांग्रेसका डंगोलले चार हजार ८९४, नेकपा (एमाले) का सुरेन्द्र मानन्धरले तीन हजार ८६५, नेकपा (माओवादी केन्द्र) का शिवशरण महर्जनले तीन हजार ५९९ मत प्राप्त गर्नुभएको छ […]
बेइजिङ (चीन), मङ्सिर १७ गते । प्रधानमन्त्री केपी शर्मा ओली चार दिवसीय चीन भ्रमणका क्रममा सोमबार बेइजिङ आइपुग्नु भएको छ । उहाँलाई यहाँस्थित बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ कम्युनिस्ट पार्टीका वैदेशिक मामिलाका उपमन्त्री सुन बेइदोङले स्वागत गर्नुभयो । चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ आज बेइजिङ आइपुग्नुभएको हो । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका […]
काठमाडौँ, मंसिर १७गते – नेपाल ट्रेड युनियन कांग्रेसको सभा हलमा मंसिर १६ गते भएको कार्यक्रममा, नेपाल ट्रेड युनियन कांग्रेसले मङ्सिर २७, २८ र २९ गते नेपाल प्रज्ञा प्रतिष्ठानको हल कमलादी काठमाडौंमा हुने परिषद्को समय तालिका सार्वजनिक गरेको छ। कार्यक्रममा आफ्ना भनाइ राख्ने क्रममा “परिषद् सम्पन्न गर्नका लागि सम्पूर्ण संरचनाहरूको महत्वपूर्ण भूमिका रहने छ । परिषद् […]
काठमाडौं, मङ्सिर १६ गते : यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेको छ । आइतबार परिसूचक नौ दशमलव ९९ अङ्कले घटेर दुई हजार सात सय ३८ दशमलव शून्य छको बिन्दुमा कायम भएको हो । आज तीन सय १४ कम्पनीको एक करोड ६७ लाख ६७ हजार एक सय ६८ कित्ता शेयर ८२ हजार […]