नेपालगन्ज, मङ्सिर ६ : काठमाडौँबाट नेपालगन्जका लागि उडेको बुद्ध एअरको एटिआर विमान मौसम खराबीका कारण अवतरण नगरी पुनः काठमाडौँ फर्किएको छ । बुद्ध एअर नेपालगन्जका प्रमुख विनीत शाहले दिनुभएको जानकारी अनुसार बुधवार बिहान काठमाडौँबाट बुधवार बिहान करिब ७ बजेर ४५ मिनेटमा उडेको विमान मौसम खराबीका कारण नेपालगन्ज विमानस्थलमा अवतरण गर्न नसक्दा दाङको आकाशमा पुगेर काठमाडौँ फर्किएको […]
बर्दिबास, मङ्सिर ६ : जिल्ला प्रहरी महोत्तरीको हिरासत कक्षमा पुस्तकालय स्थापना गरिएको छ । हिरासत पुस्तकालयमा कथा, उपन्यास, जीवनी, विचार, सिद्धान्त, उत्प्रेरणा, इतिहास लगाएत विभिन्न विधाका ३९८ थान पुस्तक छन् । पुस्तक खरिदका लागि आवश्यक दुई लाख ५० हजार रुपियाँ जलेश्वर वडा नं २ का वडाध्यक्ष वरुण दाहालले सहयोग गर्नुभएको जिल्ला प्रहरीले जनाएको छ । […]
गुल्मी, मङ्सिर ६ : गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले जग्गा भाडामा लिएर खेती गर्ने कृषकलाई अनुदान दिने भएको छ । आर्थिक वर्ष २०८०-०८१ को स्वीकृत कार्यक्रम अनुसार गाउँपालिकाले कृषकलाई अनुदान दिने भएको हो । गाउँपालिकाको “जग्गा भाडामा लिएर खेती गर्न खोज्ने किसानलाई भाडामा अनुदान“ कार्यक्रम रहेको हुँदा जग्गा भाडामा लिएर खेती गर्ने किसानलाई भाडामा अनुदान उपलब्ध गराइने भएको […]
दोलखा, मङ्सिर ६ : दोलखाको लामाबगर फलाक नाका हुँदै ३३ किलो सुन भित्रिएको प्रहरी अनुसन्धानबाट पुष्टि भएको छ । लामाबगर फलाक नाका हुँदै सुन भित्रिएको र सोबापतको रकम डलर तथा क्रिप्टोकरेन्सीमार्फत भुक्तानी भएको खुलेको छ । सुन तस्करीमा संलग्न अन्य १२ जना अझै फरार छन् । उनीहरुको खोजी भइरहेको छ । जिल्ला प्रहरी कार्यालय दोलखा र […]
काठमाडौं, मङ्सिर ६ : राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेटवार्ता गर्नुभएको छ । बुधबार बिहान शितलनिवासमा भएको सो भेटमा राष्ट्रपति पौडेलले भूकम्प प्रभावित जिल्लाहरूमा राहत तथा पुनर्स्थापनाको कार्यलाई थप प्रभावकारी बनाउन ध्यानाकर्षण गराउनुभएको थियो । सो अवसरमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच मुलुकको समसामयिक विषयहरूमा पनि छलफल भएको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण […]
काठमाडौं, मङ्सिर ५ : दक्षिणपन्थी लिबर्टी एडभान्स गठबन्धनका जाभियर माइलीले अर्जेन्टिनाको राष्ट्रपति पदमा अर्थमन्त्री सर्जियो मास्सालाई पराजित गर्नुभएको निर्वाचन प्राधिकरणको प्रारम्भिक नतिजाले देखाएको छ । आधिकारिक नतिजा आउनुअघि नै हार स्वीकार गर्दै मासाले आगामी चार वर्षका लागि देशको राष्ट्रपति हुने माइलीलाई बधाई दिनुभएको हो । सरकारले जारी गरेको आधिकारिक तथ्याङ्क अनुसार ८६.५९ प्रतिशत मतगणनामा माइलीले ५५.९५ […]
सुर्खेत, मङ्सिर ५ :१० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता ८१ मङ्सिरमा कर्णाली प्रदेशले आयोजना गर्दै छ । आयोजक प्रदेशको रूपमा रहेको कर्णाली प्रदेशले पछिल्लो समय आफ्नो खेलकुद गतिविधिलाई १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता केन्द्रित बनाउन थालेको हो । सोमवार बसेको कर्णाली प्रदेश खेलकुद विकास परिषद्को १५ औँ बोर्ड बैठकले १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि प्रदेशबाट […]
जाजरकोट, मङ्सिर ५ : चिसोबाट यहाँ एकमहिने शिशुको निधन भएको छ । भूकम्पले घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका–२ का हुकुमबहादुर पुनकी एक महिनाकी छोरी निरुताको चिसोले निधन हो । भेरी –२ का पूर्ववडाध्यक्ष कालिबहादुर वलीका अनुसार तीन दिनअघि बिरामी परेकी शिशुलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो । निमोनियाले बिरामी परेकी निरुताको उपचारका […]
रुकुमपश्चिम, मङ्सिर ५ :जाजरकोट केन्द्रबिन्दु भएर कात्तिक १७ गते गएको भूकम्पको कारण विद्यालय भवनमा क्षति पुगेपछि अस्थायी सिकाइ केन्द्रमार्फत पठनपाठन हुन थालेको छ । रुकुमपश्चिमका केहि विद्यालयमा अस्थायी सिकाइ केन्द्र निर्माण भईसकेको छ भने विभिन्न विद्यालयमा सिकाइ केन्द्र निर्माणको क्रममा छ । दसैं, तिहार र छठपर्वको अवसरमा बिदा भएका विद्यालयहरु सोमबारबाट खुलेसँगै अस्थायी सिकाइ केन्द्र […]
काठमाडौं, मङ्सिर ५ :गाजापट्टीका ६१ जना बिरामीउपचारका लागि टर्की पुगेका छन् । ४९ जना आफन्तसहित सोमबार टर्कीको राजधानी अङ्कारामा उपचारका लागि उनीहरु पुगेको टर्कीका स्वास्थ्यमन्त्री फहरेटिन कोकाले बताउनु भयो । समूहलाई मन्त्रीले अङ्काराको सैन्य विमानस्थलमा स्वागत गर्नुभएको थियो । उनीहरूलाई बिल्केन्ट र एट्लिक अस्पतालमा लगिएको छ । पत्रकारहरूसँग कुरा गर्दै कोकाले गत हप्ता २७ गाजाका […]