काठमाडौँ, ७ मङ्सिर : सांसद हर्कमाया विश्वकर्मालाई अझै पनि जातीय विभेद कम हुन नसकेकोप्रति दुःख लागेको छ । जातीय विभेदका घटना पटकपटक संसद्मा उठाए पनि खासै सम्बोधन हुन नसकेको उहाँसँग तितो अनुभव छ । “सांसद भएर काम सुरु गरेको एक वर्ष भयो, म सांसद भएर आएपछि पनि ३०/३२ जातीय विभेदका घटना घटे तर एउटैको पनि […]
महोत्तरी, मङ्सिर ६ : महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा रहेको दुर्गा मन्दिरबाट चोरी भएको गहनासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरिक्षक मनोज कुमार यादवले गौशाला बजारमा रहेको दुर्गा मन्दिरबाट छठको पारणको दिन चोरी भएको सुनको नथिया र टिकासहित एक जना नाबालकलाई पक्राउ गरिएको जानकारी दिनुहुँदै अनुसन्धान भइरहेकोले नाम सार्वजनिक गर्न […]
काठमाडौं, मङ्सिर ६ : टर्कीले गाजापट्टीबाट हालसम्म आफ्ना १७० नागरिक र उनीहरूका आफन्तहरूलाई स्वदेश ल्याएको विदेशमन्त्री हकान फिदानले बताउनुभएको छ । परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार ४४ जना टर्की नागरिक चार्टर्ड टर्किस एयरलाइन्सको विमानबाट इजिप्ट हुँदै इस्तानबुल पुगेका थिए । ‘गाजामा अब बस्न सम्भव छैन । (इजरायली) बमबारी रातमा सुरु हुन्छ र बिहान ६ बजेसम्म […]
नेपालगन्ज, मङ्सिर ६ : काठमाडौँबाट नेपालगन्जका लागि उडेको बुद्ध एअरको एटिआर विमान मौसम खराबीका कारण अवतरण नगरी पुनः काठमाडौँ फर्किएको छ । बुद्ध एअर नेपालगन्जका प्रमुख विनीत शाहले दिनुभएको जानकारी अनुसार बुधवार बिहान काठमाडौँबाट बुधवार बिहान करिब ७ बजेर ४५ मिनेटमा उडेको विमान मौसम खराबीका कारण नेपालगन्ज विमानस्थलमा अवतरण गर्न नसक्दा दाङको आकाशमा पुगेर काठमाडौँ फर्किएको […]
बर्दिबास, मङ्सिर ६ : जिल्ला प्रहरी महोत्तरीको हिरासत कक्षमा पुस्तकालय स्थापना गरिएको छ । हिरासत पुस्तकालयमा कथा, उपन्यास, जीवनी, विचार, सिद्धान्त, उत्प्रेरणा, इतिहास लगाएत विभिन्न विधाका ३९८ थान पुस्तक छन् । पुस्तक खरिदका लागि आवश्यक दुई लाख ५० हजार रुपियाँ जलेश्वर वडा नं २ का वडाध्यक्ष वरुण दाहालले सहयोग गर्नुभएको जिल्ला प्रहरीले जनाएको छ । […]
गुल्मी, मङ्सिर ६ : गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले जग्गा भाडामा लिएर खेती गर्ने कृषकलाई अनुदान दिने भएको छ । आर्थिक वर्ष २०८०-०८१ को स्वीकृत कार्यक्रम अनुसार गाउँपालिकाले कृषकलाई अनुदान दिने भएको हो । गाउँपालिकाको “जग्गा भाडामा लिएर खेती गर्न खोज्ने किसानलाई भाडामा अनुदान“ कार्यक्रम रहेको हुँदा जग्गा भाडामा लिएर खेती गर्ने किसानलाई भाडामा अनुदान उपलब्ध गराइने भएको […]
दोलखा, मङ्सिर ६ : दोलखाको लामाबगर फलाक नाका हुँदै ३३ किलो सुन भित्रिएको प्रहरी अनुसन्धानबाट पुष्टि भएको छ । लामाबगर फलाक नाका हुँदै सुन भित्रिएको र सोबापतको रकम डलर तथा क्रिप्टोकरेन्सीमार्फत भुक्तानी भएको खुलेको छ । सुन तस्करीमा संलग्न अन्य १२ जना अझै फरार छन् । उनीहरुको खोजी भइरहेको छ । जिल्ला प्रहरी कार्यालय दोलखा र […]
काठमाडौं, मङ्सिर ६ : राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेटवार्ता गर्नुभएको छ । बुधबार बिहान शितलनिवासमा भएको सो भेटमा राष्ट्रपति पौडेलले भूकम्प प्रभावित जिल्लाहरूमा राहत तथा पुनर्स्थापनाको कार्यलाई थप प्रभावकारी बनाउन ध्यानाकर्षण गराउनुभएको थियो । सो अवसरमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच मुलुकको समसामयिक विषयहरूमा पनि छलफल भएको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण […]
काठमाडौं, मङ्सिर ५ : दक्षिणपन्थी लिबर्टी एडभान्स गठबन्धनका जाभियर माइलीले अर्जेन्टिनाको राष्ट्रपति पदमा अर्थमन्त्री सर्जियो मास्सालाई पराजित गर्नुभएको निर्वाचन प्राधिकरणको प्रारम्भिक नतिजाले देखाएको छ । आधिकारिक नतिजा आउनुअघि नै हार स्वीकार गर्दै मासाले आगामी चार वर्षका लागि देशको राष्ट्रपति हुने माइलीलाई बधाई दिनुभएको हो । सरकारले जारी गरेको आधिकारिक तथ्याङ्क अनुसार ८६.५९ प्रतिशत मतगणनामा माइलीले ५५.९५ […]
सुर्खेत, मङ्सिर ५ :१० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता ८१ मङ्सिरमा कर्णाली प्रदेशले आयोजना गर्दै छ । आयोजक प्रदेशको रूपमा रहेको कर्णाली प्रदेशले पछिल्लो समय आफ्नो खेलकुद गतिविधिलाई १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता केन्द्रित बनाउन थालेको हो । सोमवार बसेको कर्णाली प्रदेश खेलकुद विकास परिषद्को १५ औँ बोर्ड बैठकले १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि प्रदेशबाट […]