काठमाडौं, मङ्सिर २६ गते : नेपाल विद्युत प्राधिकरणले काठमाडौंका विभिन्न स्थानमा बुधबारदेखि आगामी पुस ५ गतेसम्म दैनिक चार घण्टा विद्युत अवरुद्ध हुने जनाएको छ । प्राधिकरणले कुलेश्वर, बानेश्वर र कीर्तिपुर क्षेत्रमा विद्युती तार भूमिगत गर्ने कार्यका लागि फिडर सटडाउनमा गर्न लागिएको जनाएको छ । गोरखापत्र दैनिकमा सूचना जारी गर्दै प्राधिकरणले सूचना निकाले विभिन्न स्थानमा छुट्टाछुट्टै फिडरहरु […]
डडेलधुरा, मङ्सिर २६ गते : सङ्घीय सरकार मातहत रहेको सुदूरपश्चिमको एक मात्रै अस्पताल डडेलधुरा अस्पतालमै अब मिर्गौलाका बिरामीका लागि डडेलधुरा अस्पतालबाट डायलासिस सेवा दिइने भएको हो । अस्पतालले सोमबार अमरगढी नगरपालिका–४ का ५४ वर्षीय मिर्गौलाको समस्या भएका बिरामी राजेन्द्रविक्रम भण्डारीको स्वास्थ्य परीक्षण गर्दै डायलासिस सेवा दिने तयारी गरेको छ । भण्डारीको स्वास्थ्य परीक्षण सफल भएको छ । अबको एक […]
वीरगञ्ज (पर्सा), मङ्सिर २६ गते : पर्सा जिल्ला सरकारी वकिल कार्यालयले सहकारी ठगीको अभियोगमा हिरासतमा लिएर अनुसन्धान भइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पोखरातर्फ पठाएको छ । निजसँगको बयान पूरा भएपछि उक्त कार्यालयले विमानबाट कास्की पठाउने क्रममा हाल उहाँ सिमरा विमानस्थलमा रहनुभएको जनाएको छ । जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख भोलानाथ निरौलासहितको टोलीले निजसँग […]
काठमाडौं, मङ्सिर २६ गते : प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले बुधबार पद तथा गोपनीयताको सपथ लिनुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रमुख आयुक्त आचार्यलाई र प्रधानमन्त्रीको उपस्थितिमा प्रमुख आचार्यले नवनियुक्त आयुक्तहरु गगन विष्ट र दुर्गा भण्डारीलाई सपथ गराउनुभयो प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ […]
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – मिहिनेतका बलमा सम्मान र प्रतिष्ठा कमाउन सकिने राम्रो समय छ, प्रतिस्पर्द्धीहरू पछि पर्नेछन्, लगनशील बन्नसके दायित्व र जिम्मेवारीसमेत बढ्ने छ । चिन्ता र शङ्कालाई त्यागेर अब नयाँ ढंगले अघि बढ्ने प्रयास गर्नुहोस्, ब्रेक नै भएको छ भने पनि पुनः सम्बन्ध कायम हुनेछ । अत्यन्त सुखभोग […]
सिमकोट, मङ्सिर २५ गते। हुम्लामा आइतबार रातिदेखि सोमबार दिउँसोसम्म निरन्तर हिमपात भएपछि अवरुद्ध सिमकोट विमानस्थलमा जमेको हिउँ पन्छाएर आज हवाई सेवा सञ्चालनमा आएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी बललगायत सुरक्षाकर्मी मिलेर हिउँ पन्छाएपछि हवाई सेवा सञ्चालनमा आएको नागरिक उड्डयन प्राधिकरण हुम्लाका प्रमुख महेन्द्र सिंहले जानकारी दिनुभयो। मौसम सफा भएपछि मंगलबार बिहानैदेखि विमानस्थल सञ्चालनमा आएको उहाँले […]
सिद्धार्थनगर, मंसिर २५ गते । लुम्बिनी प्रदेशका सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा (रोज राणा) ले उपभोक्तालाई न्युनतम शुल्कमा शुद्ध खानेपानीको ब्यवस्था गर्नुपर्ने बताउनुभएको छ । उहाँले कमभन्दा कम शुल्कमा शुद्ध खानेपानीको ब्यवस्था गर्न आफूले आगामी बजेटमा त्यसको काम गरेर देखाउने दाबी गर्नुभयो । बुटवल उपमहानगरपालिका वडा –१३ मा रहेको वेलवास खानेपानी उपभोक्ता तथा […]
गुल्मी, मंसिर २५ गते । जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण खत्रीले बेरोजगार अन्त्यका लागि तीनै तहका सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने बताउनुभएको छ । मानव अधिकार तथा शान्ति समाज गुल्मी शाखाद्वारा तम्घासमा आयोजित ‘बढ्दो युवा पलायन र सैन्य प्रयोजनमा दुरुपयोगको खतरा’ विषयक नागरिक संवाद कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । धेरै युवा रोजगारीकै लागि […]
नयाँदिल्ली, मङ्सिर २५ गते । चिनियाँ आयात घटाउने उद्देश्यले सरकारी आदेशअनुसार भारतीय स्वच्छ ऊर्जा कम्पनीहरूले सन् २०२६ जुनदेखि स्थानीयरूपमा निर्मित सौर्य मोड्युलहरु मात्र प्रयोग गर्न सक्नेछन् । रिलायन्स इन्टरप्राइजेज र टाटा पावरको उद्यमसहित भारतका स्वच्छ ऊर्जा क्षेत्रका नेताहरू आफ्ना प्रमुख आपूर्तिकर्ताका रूपमा चिनियाँ विक्रेताहरूमा निर्भर छन् । उद्योगको अनुमानअनुसार भारतको सौर्य ऊर्जा उत्पादन क्षमताको ७० […]
बाजुरा, मंसिर २५ गते। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले कांग्रेस र एमालेबिच गठबन्धन गर्नुको पछाडि राजनीतिक स्थायित्व भएको प्रस्ट पार्नुभएको छ। गृह जिल्ला बाजुरा पुग्नुभएका मन्त्री पाण्डेले कार्यालय प्रमुखको बैठकलाई सम्बोधन गर्दै उक्त कुरा बताउनुभएको हो। मन्त्री पाण्डेले भन्नुभयो, ‘पछिल्लो समय कांग्रेस एमालेबिचको भएको सहकार्य राजनीतिक सकसलाई चिर्नका लागि हो। कांग्रेस एमालेको […]