‘गाउँको डाक्टर’ को निधनले स्थानीय शोकमग्न

कालीकोट, मङ्सिर ११ गते । गाउँका डाक्टर उपाधि पाउनुभएका रास्कोट –१ का नमराज शाहीको निधनले गाउँ शोकमग्न बनेको छ । आइतवार उहाँको निधन भएपछि गाउँबासी शोकमग्न भएका हुन् । “हाम्रा डाक्टरको निधन भयो, रास्कोट क्षेत्रकै चिकित्सक गुमायौं” भन्दै स्थानीयहरु मलामीमा सहभागी भएका थिए । रास्कोट नगरपालिका भित्रका तीन वटै साविकका गाउँ बिकास समितिका नागरिकलाई शाहीले सेवा […]

पशुपतिनाथ मन्दिर उत्तराखण्डमा भन्ने समाचारमा सत्यता छैन : पशुपति क्षेत्र विकास कोष

काठमाडौँ, मङ्सिर  १० गते । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिर अब उत्तराखण्डमा भन्ने समाचारमा कुनै सत्यता नभएको बताएको छ । भारतमा पशुपतिनाथको मन्दिर बनाउन स्वीकृति दिएको भन्ने समाचारमा कुनै सत्यता नभएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा.घनश्याम खतिवडाले बताउनुभयो । उहाँले भन्नुभयो, “पशुपतिनाथ मन्दिर अब उत्तराखण्डमा भन्ने समाचारमा कुनै सत्यता छैन, उक्त भ्रामक […]

डोल्पामा ट्याक्टरले किचेर चालकको मृत्यु

डोल्पा, मङ्सिर १० गते । डोल्पामा आफैले चलाएको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । लु २ त ५९१५ नम्बरको ट्याक्टर मकै लिएर दुनै आउने क्रममा ठुली भेरी नगरपालिका वडा नं ९  स्थित मोतीपुरको चिमा भन्ने ठाउँमा रोकेको अवस्थामा न्युट्राेलमा गई ट्याक्टरको चक्कामा किचिएर चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा रुकुम पश्चिम आठबिसकोट […]

मलेसियामा बेपत्ता भएका गोपाल उद्धारपछि घर आइपुगे

झापा,  मङ्सिर १० गते । वैदेशिक रोजगारीका क्रममा मलेसियामा हराएका मेचीनगर नगरपालिका–६ का ३७ वर्षीय गोपाल घिमिरे उद्धारपछि घर आइपुग्नुभएको छ । अठार वर्षअघि मलेसिया गएका घिमिरेलाई मलेसियाको नेपाली जनसम्पर्क समितिले खोज तथा उद्धार गरेर नेपाल पठाएको हो । उहाँकी आमा सानी घिमिरेले खोजीका लागि सार्वजनिक अपिल गरेपछि गोपालको खोजी भएको थियो । शुक्रबार क्लालाम्पुरबाट […]

प्रतिस्थापन बजेट लोककल्याणकारी छ : मुख्यमन्त्री कार्की

विराटनगर,  मङ्सिर १० गते ।   कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशसभामा पेस भएको प्रतिस्थापन बजेट विधेयक लोककल्याणकारी हुने बताउनुभएको छ । विधेयकका सम्बन्धमा आर्थिक मामिला तथा योजना मन्त्रालयको सभाहलमा आज  आयोजित पत्रकार भेटघाटमा उहाँले विशेष परिस्थितिमा  नयाँ बजेट आएको स्पष्ट पार्नुभयो ।  जनताका घरदैलोसम्म पुर्याउने लक्ष्यका साथ योजना र बजेटको व्यवस्था गरेको जनाउँदै मुख्यमन्त्री […]

उपप्रमुख शेर्पाले बैठकभत्ताबाट बालबालिकालाई पोसाक

भोजपुर, मङ्सिर ९ गते । भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बैठकभत्ताबापत प्राप्त रकमबाट २९ जना बालबालिकालाई विद्यालय पोसाक प्रदान गर्नुभएको छ । उपप्रमुख शेर्पाले जिल्लाको पश्चिमी भेग गुप्तेश्वरमा रहेको कालिका प्राथमिक विद्यालयमा अध्ययनरत बालबालिकालाई पोसाक वितरण गर्नुका साथै त्यहाँका शिक्षकशिक्षिका, विद्यालयको अक्षय कोषका दाता, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा समाजसेवीलाई  सम्मान गर्नुभएको छ । बालबालिकालाई नियमितरूपमा […]

गुणस्तरहीन काम गरे कारबाही हुन्छ : सभापति खतिवडा

ओखलढुङ्गा, मङ्सिर ९ गते । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति एवम् नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले जिल्लामा सञ्चालित विभिन्न विकास निर्माणको काम गुणस्तरहीन भए निर्माण कम्पनीलाई कारबाही गर्ने बताउनुभयो । साघुटार–घोराखोरी–सिलौरीघाट सडकको कालोपत्रेको काम ढिलाई भइरहेको र गुणस्तरहीन भएको जनस्तरबाट गुनासो बढ्न थालेपछि आयोजना गरिएको सार्वजनिक सुनुवाइ कार्यक्रममा सभापति खतिवडाले यस्तो बताउनुभएको हो । साघुटार–घोराखोरी–सिलौरीघाट […]

नेपाल-भारत संयुक्त सैन्य अभ्यास सुरु

काठमाडौँ, मङ्सिर ९ गते । भारतको पिथौरागढमा नेपाल-भारत संयुक्त सैन्य अभ्यास शुक्रबारदेखि सुरु भएको छ । नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यास ‘सूर्यकिरण’को १७ औँ संस्करणमा नेपाली सेनाको तारा दल गणका प्रमुख सेनानी सुवास केसीको नेतृत्वमा तीन सय ५४ सदस्यीय फौज र भारतीय सेनाको कुमाउ गणका तीन सय ५४ जना सहभागी छन् । हरेक वर्ष नेपाल […]

आगलागीमा परी चार जनाको मृत्यु एक घाइते

काठमाडौँ, मङ्सिर ९ गते । शुक्रवार राती करिब ८ बजे बर्दियाको गुलरिया नगरपालिका ४ तुलापुरमा आगलागी हुँदा चार जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।  स्थानीय भरत चन्दको ईट्टामाटोले बनेको टायलले छाएको घरमा आगो ताप्ने क्रममा एक्कासि आगलागी हुँदा मानवीय क्षति भएको बर्दियाका प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिनुभयो । आगलागीबाट […]

टिकटक प्रतिबन्ध : अन्तरिम आदेश जारी नहुँदा क्षति पुग्ने आधार देखिएन

काठमाडौं, मङ्सिर ७ गते । सर्वोच्च अदालतले टिकटक प्रतिबन्धविरुद्ध दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । टिकटक प्रतिबन्धविरुद्ध दायर रिटमा सर्वोच्चले यही मङ्सिर १५ गतेभित्र लिखित जवाफ पेस गर्न सरकारलाई आदेश दिएको छ । मङ्गलबार सर्वोच्चका न्यायाधीश विनोद शर्माको एकल इजलासले टिकटक प्रतिबन्धविरुद्ध परेका रिटमा सुनुवाइ गर्दै अन्तरिम आदेश जारी नभएमा निवेदकहरूलाई अपूरणीय क्षति […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल