दुवै हात गुमाएका बालकको तस्बिर ‘विश्व प्रेस फोटो अफ द इयर’

द हेग (नेदरल्यान्ड्स),  वैशाख  ४ गते । गाजामा इजरायली आक्रमणमा दुवै हात गुमाएका एक युवा प्यालेस्टिनी बालकको तस्बिरलाई बिहीबार वर्ल्ड प्रेस फोटो अफ द इयरका रूपमा सम्मानित गरिएको छ । द न्युयोर्क टाइम्सका लागि कतारस्थित प्यालेस्टिनी फोटोग्राफर समर अबु इलुफले खिचेको फोटोमा नौ वर्षीय महमुद अजजोरको हात दुवै काँधमुनि हराइरहेको देखाइएको छ । “महमुदकी आमाले […]

इलाममा भेटियो नयाँ प्रजातिको चरा

वराहक्षेत्र, वैशाख ३ गते : पूर्वी नेपालको इलाममा नयाँ प्रजातिको चरा फेला परेको छ । इलाम जिल्लास्थित समुद्र सतहबाट तीन सय मिटर उचाइमा नयाँ प्रजातिको चरा ‘बैजनी कोइली’ [भाइलेट कुक्को] अभिलेख गरिएको हो । इलामको सुखानी वन क्षेत्रबाट नेपालको लागि नयाँ प्रजातिको चरा बैजनी कोइली चरा अभिलेख गरिएको नेपाल वर्ड रेकर्ड कमिटीका संयोजक डाक्टर तुलसी सुवेदीले […]

वन्यजन्तु सप्ताह बर्दियामा गरियो हात्ती पूजा

बबई (बर्दिया), वैशाख ३ गते :  पर्यटकीय गन्तव्य स्थलका रूपमा परिचित बर्दिया राष्ट्रिय निकुञ्ज अन्तर्गतको हात्तीसारमा मङ्गलबार हात्ती पूजा गरेर वन्यजन्तु सप्ताह मनाउन सुरु गरिएको छ । मानव र हात्तीबिच सहअस्तित्व कायम गर्न बर्दियामा प्रत्येक वर्ष हात्ती पूजा गर्ने गरिन्छ । २०७१ सालदेखि नै वैशाख पहिलो सातालाई वन्यजन्तु सप्ताह अन्तर्गत मनाउने गरिएको छ । निकुञ्ज अन्तर्गतको हात्तीसारमा हात्ती […]

लोपोन्मुख मेचे समुदायको प्रमुख चाडमा सार्वजनिक बिदा

दमक, वैशाख ३ गते : नेपालको लोपोन्मुख जातीमध्येको एक पूर्वी नेपालको मेचे समुदायको प्रमुख चाड ‘बैशागु बथर’ को उपलक्ष्यमा मेचीनगर नगरपालिकाले नगरभित्र बुधवार सार्वजनिक बिदा दिएको छ । मेचीनगर नगरपालिका मेचे समुदायको प्रमुख बसोबास रहेको क्षेत्र हो । २०७८ को जनगणना अनुसार देशभरि करिब पाँच हजार १९३ जना रहेको मेचे समुदायले केही समयअघि मेचीनगर नगरपालिकाका […]

ढल्केबरस्थित विद्युत् सब स्टेसनमा आगलागी, तीन जिल्लाको विद्युत् सेवा प्रभावित

ढल्केवर, वैशाख ३ गते : धनुषाको ढल्केबरमा रहेको नेपाल विद्युत् प्राधिकरणको सब स्टेसनस्थित ग्रिडमा बुधवार बिहान आगलागी हुँदा धनुषासहित तीन जिल्लाको विद्युत् आपूर्ति प्रभावित भएको छ। नेपाल विद्युत् प्राधिकरण मदेश प्रदेशका प्रमुख शम्भुकुसियैत यादवले ढल्केबर ग्रिडको सिन्धुलीतर्फ जाने प्रसारण लाइनमा सिटी पड्किएर आगलागी भएको बताउनुभयो । उक्त आगलागीका कारण धनुषा, महोत्तरी र सर्लाही जिल्लाका केही क्षेत्रमा […]

सगरमाथा क्षेत्रमा पर्यटक आगमन वृद्धिः चैतमा १२ हजार भित्रिए

सोलुखुम्बु, वैशाख ३  गते : वरिपरि हिउँका पर्खाल, शेर्पा संस्कृतिको सुगन्ध, अनि हिमाली सौन्दर्यको चित्ताकर्षक दृश्यले सगरमाथा क्षेत्रमा हजारौँ पर्यटकको ध्यान खिच्ने गरेको छ । वसन्त ऋतु प्रारम्भ भएसँगै सगरमाथा क्षेत्रमा पर्यटकको चहलपहल बढेको छ । सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार गत महिना १२ हजार तीन जना पर्यटकले सगरमाथा क्षेत्रको भ्रमण गरेका छन् । राष्ट्रिय […]

सुनको मूल्य निरन्तर उकालो : आज तोलाको एक लाख ८७ हजार कायम

काठमाडौँ,  वैशाख३ गते : सुनको मूल्य तोलाको रू. एक लाख ८७ हजार पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।  मङ्गलबार प्रतितोला रू. एक लाख ८४ हजार तीन सयमा कारोबार भएको सुन आज तोलामा रू. दुई हजार सात सय बढेर रू. एक लाख ८७ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै […]

अस्पताल निर्माण अधुरै

बागलुङ, वैशाख ३ गते : बागलुङको निसीखोलामा निमार्णाधीन पालिकास्तरीय आधारभूत अस्पतला अधुरै रहेको छ । गत वर्ष पुस महिनामा सम्पन्न हुनुपर्ने अस्पताल बजेट अभावका कारण अधुरै रहेको हो । निसीखोला गाउँपालिका–४ झिम्पामा बन्दै गरेको १० शैय्याको आधारभूत अस्पताल निर्माणका लागि लागि २०७८ माघमा सम्झौता भएर काम सुरु भएको थियो । रु आठ करोड २४ लाखमा […]

संवत्सर फलका आधारमा विसं २०८२ राम्रो रहने

संवत्सर फलका आधारमा विक्रम संवत् २०८२ शुभ रहेकामा ज्योतिषशास्त्रीहरूको एक मत रहेको छ । धार्मिक, सांस्कृतिक पत्रकार समाज नेपाल र सामुदायिक विकास नेपालले संयुक्त रूपमा आयोजना गरेको ‘ज्योतिषशास्त्रीय दृष्टिमा विसं २०८२ कस्तो रहला ?’ विषयक अन्तरक्रिया कार्यक्रममा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले नयाँ वर्षमा शासक र जनताका बीचको वैमनस्यभाव नाश हुने […]

कस्तो रहयो २०८१ सालमा स्वास्थ्य क्षेत्र

काठमाडौं, वैशाख १ गते ।  २०८१ सालमा स्वास्थ्य क्षेत्रमा केही परिवर्तन हुने अपेक्षा गरिएको भए पनि सोचेजस्तो प्रगति हुन सकेको छैन । स्वास्थ्य क्षेत्रमा नियमित बाहेक खासै उपलब्धिमूलक काम हुन नसकेकाले २०८१ साललाई औसत वर्ष रहेको छ । मन्त्रालयले गरेको सबैभन्दा ठुलो उपलब्धि भनेको यो वर्ष मन्त्रालयले पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियानमार्फत १० देखि […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ