ताप्लेजुङ, साउन ८ गते। ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकास्थित बाढी पहिरोले क्षतिग्रस्त बनाएको सडकहरु मर्मत गर्न सुरु गरिएको छ। गएको मङ्गलबार राति भीषण वर्षासँगै आएको बाढी पहिरोले क्षतिग्रस्त बनाएको तमोर कोरिडोर सहितका सडक मर्मत गर्न सुरु गरिएको हो। जिल्ला सदरमुकाम फुङ्लिङ हुँदै फक्ताङ्लुङ गाउँपालिकाको प्रशासकीय केन्द्र तापेथोक सहितका क्षेत्र जोड्ने तमोर कोरिडोर र अन्य ग्रामीण सडकहरु मर्मत […]
काठमाडौँ, साउन ८ गते। सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन भएको मितिले तीन महिना अवधिको लागि मधेश प्रदेशभर विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेकोछ। सरकारको साउन ७ गते बसेको मन्त्री परिषद्को बैठकले यस्तो निर्णय गरेको हो। आज नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलनमार्फत जानकारी दिदै भन्नुभयो, “मधेशमा मौसमी संकटका […]
धादिङ, साउन ८ गते। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान निर्वाचनसम्बन्धी व्यवस्थाका कारण कुनै एक पार्टीलाई एकल बहुमत ल्याउन गाह्रो हुने बताउनुभएको छ। संविधानमा भएको समावेशी र समानुपातिक प्रणालीकै कारण कुनै पनि पार्टीले एकल बहुमत ल्याउन कठिन हुने उहाँको भनाइ छ। नेपाली कांग्रेस धादिङका पूर्वसभापति स्व भरतप्रसाद उप्रेतीको १३औँ दिनको तिथिमा धुनिवेशी नगरपालिका–७ नौबिसेमा आयोजित […]
फिदिम, साउन ८ गते । नेकपा (एमाले) को जनबर्गीय संगठन राष्ट्रिय युवा संघका पदाधिकारी र सदस्यहरुले पाँचथरको याङवरक गाउँपालिका –२ र ३ लाई सिमाना छुट्याउने फलामे खोलामा काठ र बाँसको अस्थायी पुल निर्माण गरेका छन् । मध्यपहाडी राजमार्गमा पर्ने फलाम खोलामा निर्मित पक्की पुल २०८१ साल असार २ गतेको बाढीले बगाएको थियो । त्यसपछि पुलविहीन […]
काठमाडौँ, साउन ८ गते । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न बनेको विधेयकलाई पुनर्विचारका लागि प्रतिनिधिसभामा फिर्ता पठाउनु भएको छ । पाँच आधारसहित विधेयक फिर्ता गरिएको छ । सो संशोधन संविधानको मर्म र भावना तथा लोकतान्त्रिक मूल्य, मान्यता र विश्वव्यापी अभ्यास प्रतिकूल भएकाले संविधानको धारा ११३ […]
लक्जेमबर्ग, साउन ७ गते । युरोपियन युनियनको एक अदालतले बुधबार ब्रसेल्सले क्रेडिट सुइसलाई विदेशी मुद्रा व्यापार कार्टेलमा संलग्न भएको आरोपमा लगाएको ८ करोड ३२ लाख युरो (९ करोड ८० लाख अमेरिकी डलर) जरिवानालाई घटाएर दुई करोड ८० लाख ९० हजार युरो कायम गरिएको छ । लक्जेम्बर्गस्थित जनरल कोर्टले युरोपेली आयोगको उक्त निष्कर्षलाई सदर गरेको छ […]
ताप्लेजुङ, साउन ७ गते। ताप्लेजुङका राष्ट्रिय तथा सामुदायिक वनबाट करिव साठी हजार किलोग्राम जडीबुटी सङ्कलन गरिएको छ। डिभिजन वन कार्यालय ताप्लेजुङका अनुसार गएको आर्थिक वर्ष २०८१/८२ मा उक्त परिमाणमा विभिन्न जडीबुटी सङ्कलन भएको हो। डिभिजन वन कार्यालयका निमित्त डिभिजनल वन अधिकृत ललितकुमार यादवका अनुसार पछिल्लो एक वर्षको अवधि अर्थात गएको आमा कुल ५९ लाख ९०० […]
काठमाडौँ, साउन ७ गते । लोक सेवा आयोगले पदपूर्तिका लागि वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले बुधबार गोरखापत्रमा आर्थिक वर्ष २०८२/८३ को पदपूर्तिका लागि वार्षिक कार्यतालिका सार्वजनिक गरेको हो । आयोगका सूचना अधिकारी एकनारायण शर्माले सङ्घीय निजामती सेवा, नेपाल स्वास्थ्य सेवा, सङ्घीय संसद सेवा तथा राष्ट्रिय मानव अधिकार सेवा, सुरक्षा निकाय, अन्य सङ्घीय सरकारी […]
इस्तानबुल, साउन ७ गते । युक्रेनी र रुसी अधिकारीहरू बुधबार इस्तानबुलमा शान्तिवार्ताको तेस्रो चरणका लागि भेट्न सक्छन् । यो सात हप्ताभन्दा बढी समयपछिको तिनीहरूको पहिलो भेटघाट हुनेछ र यो युद्धविराम गर्न अमेरिकी दबाबको बिचमा आएको छ । सफलताको अपेक्षा कम छ । यसअघि दुवै पक्षले मे र जुनमा भेट गरेका थिए तर साढे तीन वर्षको […]
टोकियो, साउन ७ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग व्यापारिक सम्झौता गरेपछि जापानका प्रधानमन्त्रीले चाँडै आफ्नो राजीनामाको घोषणा गर्नुहुने बुधबार रिपोर्टहरूले जनाएका छन् । प्रधानमन्त्री शिगेरु इशिबाको पछिल्लो चुनावी पराजयले उहाँको गठबन्धनले संसद्का दुवै सदनमा बहुमत गुमाएको छ । रिपोर्टहरूका अनुसार प्रधानमन्त्री इशिबाले बुधबार अमेरिका-जापान व्यापारिक सम्झौताको घोषणापछि आफ्ना नजिकका व्यक्तिहरूलाई पद छाड्ने आफ्नो मनसाय […]