alliance khabar

बुधबार, साउन ०७, २०८२

काठमाडौँ, साउन ७ गते ।

 लोक सेवा आयोगले पदपूर्तिका लागि वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले बुधबार गोरखापत्रमा आर्थिक वर्ष २०८२/८३ को पदपूर्तिका लागि वार्षिक कार्यतालिका सार्वजनिक गरेको हो ।

आयोगका सूचना अधिकारी एकनारायण शर्माले सङ्घीय निजामती सेवा, नेपाल स्वास्थ्य सेवा, सङ्घीय संसद सेवा तथा राष्ट्रिय मानव अधिकार सेवा, सुरक्षा निकाय, अन्य सङ्घीय सरकारी सेवा र सङ्गठित संस्थाका पदका लागि लक्षित गर्दै वार्षिक कार्यतालिका सार्वजनिक गरेको जानकारी दिनुभयो ।

आयोगका अनुसार कार्यतालिका २०८२ साउन १ गतेबाट लागु हुने छ । अदालतमा मुद्दा  विचाराधीन रही रोकिएका निकायको हकमा आदेश प्राप्त भएमा प्राथमिकता दिई सञ्चालन गरिने छ ।

अदालतको आदेश/फैसला कार्यान्वयनको क्रममा उल्लिखित कार्यतालिका फेरबदल हुन सक्ने आयोगले जनाएको छ । शर्माका अनुसार पदपूर्ति सम्बन्धी विज्ञापन सम्बन्धित संस्थाबाट हुने छ ।

लोक सेवा अयोग  नियमावली, २०७९ (संशोधन सहित) नियम २३ क को उपनियम (१) मा भएको व्यवस्था बमोजिम आयोगबाट पदपूर्तिका लागि सहमति प्राप्त गरी विज्ञापन  प्रकाशन गर्ने सङ्गठित संस्थाका लागि अप्राविधिकतर्फका सहायकस्तर द्वितीय, खरिदार वा सो सरहको पदको खुला प्रतियोगितात्मक लिखित परीक्षाका लागि योग्यता पुगेका इच्छुक नेपाली नागरिकले दरखास्त आह्वान गरिएको हो ।

तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारले आयोगको अनलाइन मार्फत आवेदन दिनुपर्ने छ । असोजको अन्तिम बुधबार पहिलो पटक अप्राविधिकतर्फ सहसचिव र उपसचिवको विज्ञापन सार्वजनिक गरिने तालिका रहेको उहाँ बताउनुहुन्छ ।

सङ्गठित पदका लागि सूचना प्रकाशन साउन देखि सूरु हुन छ । यसैगरी, लिखित परीक्षा असोज कातिकमा हुने छ भने मङ्सिर पुसमा नतिजा प्रकाशन हुने छ ।

यससम्बन्धी विस्तृत विवरण २०८२ साउन ७ गते बुधबारको गोरखापत्र दैनिकमा प्रकाशित भएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल