alliance khabar

बुधबार, साउन ०७, २०८२

लक्जेमबर्ग, साउन ७ गते ।

 युरोपियन युनियनको एक अदालतले बुधबार ब्रसेल्सले क्रेडिट सुइसलाई विदेशी मुद्रा व्यापार कार्टेलमा संलग्न भएको आरोपमा लगाएको ८ करोड ३२ लाख युरो (९ करोड ८० लाख अमेरिकी डलर) जरिवानालाई घटाएर दुई करोड ८० लाख ९० हजार युरो कायम गरिएको छ ।

लक्जेम्बर्गस्थित जनरल कोर्टले युरोपेली आयोगको उक्त निष्कर्षलाई सदर गरेको छ । बैँकले सुइस प्रतिस्पर्धाविरोधी अभ्यासमा संलग्न रहेको तर सम्बन्धित जरिवानालाई घटाएर दुई करोड ८० लाख ९० हजार युरोमा झारेको छ । अदालतले भनेको छ, “आयोगले ‘क्रेडिट सुइसको बिक्रीको मूल्यका लागि प्रोक्सी निर्धारण गर्न’ प्रयोग गरेको तथ्याङ्क स्विस ऋणदाताले प्रदान गरेको भन्दा कम विश्वसनीय थियो ।

“‘युरोपियन एन्टिट्रस्ट रेगुलेटर कमिसन’ले आफूले लगाएको जरिवाना आधारभूत रकममा गलत गणनाका कारण बढी देखिएकोले बढी नै जरिवाना लगाइएको तर गल्तीलाई सुधार गरिएको छ,” अदालतले भनेको छ । उक्त फैसलाविरुद्ध इयूको कोर्ट अफ जस्टिसमा अपिल गर्न सकिन्छ । क्रेडिट सुइस बैँकहरूको समूहमध्ये एक थियो जसलाई आयोगले लामो अनुसन्धानपछि सन् २०२१ मा कुल ३४ करोड ४० लाख युरो जरिवाना लगाएको थियो ।

बैँकहरूको तर्फबाट काम गर्ने प्रमुख मुद्राहरूमा स्पट विदेशी विनिमय लेनदेनको प्रभारी व्यापारीहरूले कहिलेकाहीं ‘स्टर्लिंग लाड्स’ नामक अनलाइन सन्देशमार्फत उनीहरूको व्यापार रणनीतिबारे समन्वय गरेका अनुसन्धानबाट जानकारी मिलेको छ ।

कथित कार्टेलमा बार्कलेज, आरबीएस र एचएसबिसीका साथै यूबीएस पनि सामेल थिए तर उनीहरू जरिवानाबाट जोगिए । उनीहरू स्वेच्छाले अधिकारीहरूलाई अनुसन्धानमा सहयोग गर्न तयार भएका थिए । सन् २०२३ मा धराशायी भएपछि आफ्नो पूर्व प्रतिद्वन्द्वीलाई अधिग्रहण गरेको क्रेडिट सुइसविरुद्ध यूबिएसले कमिसनको निर्णयविरुद्ध अपिल गरेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल