सप्तरी, असार ३२ गते । सप्तरीको बोदेबर्साइन नगरपालिका ४ मा बुधबार भूमिहीन परिवारलाई लालपुर्जा वितरण गरिएको छ । वडानम्बर ४ का गाउँब्लकमा रहेका घरपरिवारलाई लालपुर्जा वितरण गरिएको हो । बोदे बर्साइन नगरपालिका ४ सिल्हट प्रसाहीको वडा कार्यालयको सभा हलमा नगर प्रमुख आतेशकुमार सिंह यादवले भुमिहीन परिवारलाई लालपुर्जा वितरण गर्नुभयो । लालपुर्जा वितरण गर्दै नगरप्रमुख यादवले […]
काठमाडौँ, साउन १ गते । अत्यन्त जोखिम र बाध्यात्मक प्रयोगका रूपमा रहेको तुइनलाई विस्थापन गरी झोलुङ्गे पुल निर्माण गर्दै देशलाई तुइनमुक्त बनाउने प्रधानमन्त्री केपी शर्मा ओलीको अठोट पूरा हुने अवस्थामा पुगेको छ । १० वर्षअघि मुलुकभर १४६ वटा तुइन रहेकामा अहिले १४ वटा मात्र बाँकी छन् । १३२ स्थानका तुइन विस्थापन गरी झोलुङ्गे पुल निर्माण गरिएको छ । […]
काठमाडौँ, साउन १ गते । मकवानपुरका गोपाल शर्मा निरन्तर मधुमेह (सुगर) को औषधी सेवन गर्नुहुन्छ । यसबाहेक उहाँले कोलेस्ट्रोलको औषधी सेवन गरिरहनुभएको छ । सुगर मात्र होइन, उहाँलाई प्रोस्टेट रोग पनि छ । यी औषधी सेवन गर्नका लागि तीन हजार रुपियाँ मासिक लाग्ने गर्दथ्यो । शर्माले स्वास्थ्य बिमा गराउँदा उहाँले सेवन गर्ने औषधी निःशुल्क रूपमा पाइरहनुभएको छ । शर्माले यसअघि […]
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पार्टनरको भावनालाई बेवास्ता नगर्नुहोस्, नत्र रमाइलो र आनन्दको वातावरणमा अचानक निराश हुनुपर्ने परिस्थिति आउन सक्छ । स्वनिर्णयमा गरिएको काममा सफलता मिल्नेछ, तर महत्वाकांक्षी काममा जानकारको सुझाव लिनु उत्तम हुनेछ । आम्दानीमा उतारचढाव देखिन सक्छ, सानो लापरवाहीले पनि जरिवाना वा दण्डको जोखिम रहन्छ । सकेसम्म आफ्नै […]
काठमाडौँ, असार ३२ गते । नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले पदभार ग्रहण गर्नुभएको छ । उहाँले साँझ राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभए लगतै मन्त्रालय पुगेर पदभार ग्रहण गर्नुभएको हो । राष्ट्रपति पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रियसभा सदस्य न्यौपानेलाई मङ्गलबार सङ्घीय मामिला मन्त्रीमा नियुक्त गर्नुभएको थियो । […]
काठमाडौँ, असार ३२ गते । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले सरकारले नेपाल शिक्षक महासंघसँग गरेका सहमतिलाई अक्षरशः कार्यान्वयन गर्दै यथाशीघ्र विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्नुभएको छ। उहाँले ऐनको अभावमा समग्र शैक्षिक क्षेत्र नै अनिर्णयको बन्दी बनेको र यसले लाखौँ विद्यार्थीको भविष्यमाथि खेलबाड भइरहेको बताउनुभयो। सामुदायिक विद्यालय कर्मचारी संघले […]
म्याग्दी, असार ३२ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ को धार्मिक पर्यटकीयस्थल खयरबाराही (खयरभारानी) ताल जोड्न पदमार्ग निर्माण भएको छ । रु एक करोड ७० लाख चन्दा सहयोग जुटाएर उक्त पदमार्ग निर्माण गरिएको हो । खयरभारानी थान तथा क्षेत्र संरक्षण साथै व्यवस्थापन समितिको अगुवाइमा १० वर्षमा पाउद्वार गाउँदेखि लरेनी–खोप्रा (खोपारा), खयरखोला हुँदै खयरबाराही ताल जोड्ने पदमार्गको […]
सुर्खेत, असार ३२ गते । कर्णाली प्रदेशकै चर्चित पर्यटकीय बुलबुले ताललाई जीर्णोद्धार गरी नयाँ स्वरूप दिन लागिएको छ । बुलबुलेको मुख्य ताल जीर्ण भएको, पानी चुहिने जस्ता समस्या बढ्न थालेपछि वीरेन्द्रनगर नगरपालिकाले पुरानै आकारमा नयाँ स्वरूप दिन लागेको हो । जमिनमुनिबाट पानी बुलबुल गर्ने मुख्य तालको पानी सुकाइएको छ । त्यहाँ पानी शुद्ध बनाउन बालुवा, तथा ढुङ्गा भर्न […]
धम्बोझी, असार ३२ गते । लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा कानुन मन्त्री आदेश कुमार अग्रवालले नेपालगन्ज रंगशाला परिसरको संचरना मर्मतमा लुम्बिनी प्रदेश सरकारले सहयोग गर्ने बताउनुभएको छ । साविक मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति, नेपालगन्ज रंगशाला निरिक्षण गर्ने क्रममा मन्त्री अग्रवालले खेलकुद संरचना मर्मत र संरक्षणमा प्रदेश सरकारले आवश्यक योजना बनाएर काम गर्ने बताउनुभयो । […]
चन्द्रपुर (रौतहट), असार ३२ गते । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट नतिजा हासिल गर्दै रौतहटको चन्द्रपुर नगरभित्रका सामुदायिक विद्यालयतर्फ प्रथम स्थान ल्याएको जनशक्ति माध्यमिक विद्यालय चन्द्रपुर–३, गैँडाटारलाई चन्द्रपुर नगरपालिका– ३ का वडा कार्यालयले सम्मान गरेको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष भिमबहादुर भोलन, प्रधानाध्यापक रेणुका कुमारी जिसी, व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक तथा […]