१०८ प्रतिवादीविरुद्ध तीन अर्ब २० करोड बिगो माग

काठमाडौँ, साउन १३ गते । कर्णाली विकास बैङ्कको रकम हिनामिनाबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान पूरा गरेको छ । सिआइबीले अनुसन्धान पूरा गरी जिल्ला सरकारी वकिलको कार्यालयमा पठाएको अनुसन्धान प्रतिवेदनमा १११ जना प्रतिवादीविरुद्ध तीन अर्ब २० करोड ११ लाख ५४ हजार १५७ रुपियाँ बिगो मागदाबी गरिएको छ । सिआइबीका आर्थिक तथा वित्तीय अपराध अनुसन्धान […]

अन्तर्राष्ट्रिय बाघ दिवस : व्यवस्थापन चुनौतीपूर्ण

काठमाडौँ, साउन १३ गते । गत असार २७ गते चितवनको कुमरोज सामुदायिक वनमा घाँस काट्न गएका पदमबहादुर रानाको बाघको आक्रमणबाट मृत्यु भयो । अघिल्लो वर्ष घना बस्तीस्थित नारायणी नदी किनारमा घुमफिर गर्न गएका एक जनालाई बाघले आक्रमण गरेर घाइते तुल्याएको थियो । यी दुई घटनाले पाटेबाघ संरक्षित वनमा मात्र सीमित नभएर सामुदायिक वन र घना […]

सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा पौडेल सिफारिस

काठमाडौँ, साउन १३ गते । सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा विमल पौडेल सिफारिस हुनुभएको छ । मुख्य रजिस्ट्रार देवेन्द्रराज ढकालले अवकाश पाएसँगै न्याय सेवा आयोगले पौडेललाई सिफारिस गरेको हो । आयोगको सिफारिस अनुसार अब मन्त्रीपरिषद्ले पौडेललाई नियुक्ति र पदस्थापन गर्ने छ । पौडेल सर्वोच्चकै रजिस्ट्रार हुनुहुन्थ्यो । न्याय सेवाको कर्मचारीतर्फको विशिष्ट पद मुख्य रजिस्ट्रारबाट ढकालले आइतबारदेखि […]

नेपालमा एमसिसी निरन्तर

काठमाडौँ, साउन १३ गते । अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अन्तर्गत नेपालमा सञ्चालनमा रहेको विकास परियोजनाले अब कुनै अवरोधबिना निरन्तरता पाउने भएको छ । नेपाल सरकार र एमसिसीबिच भएको नेपाल कम्प्याक्टलाई निरन्तरताका लागि अमेरिकी सरकारले औपचारिक अनुमति दिएसँगै अब कुनै अवरोधबिना परियोजना सञ्चालन हुने भएको हो । अमेरिकी सरकारले गरेको वैदेशिक सहायता समीक्षाले मिलेनियम च्यालेन्ज […]

सिन्धुलीको हायू परिवार पोखरामा फेला

लेखनाथ, साउन १२ गते । सिन्धुलीबाट सम्पर्कविहीन भएको हायू परिवारका १६ जना सदस्यहरु कास्कीको पोखरा महानगरको गगनगौंडामा भेटिएका छन् । हायू परिवारका सदस्यहरु गगनगौडाका स्थानीय सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिनुभयो । “उहाँहरु गगनगौडाका दुई जना स्थानीयको घरमा भेटिनुभएको छ” ओलियाले भन्नुभयो, “उहाँहरुलाई […]

मुख्यमन्त्री शाहले साउन १५ गते विश्वासको मत लिनु हुने

धनगढी, साउन १२ गते ।  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले साउन १५ गते विश्वासको मत लिनु हुने भएको छ । साउन १५ गते (बिहीबार) दिनको ५ बजे बस्ने प्रदेश सभा बैठकमा उहाँले विश्वासको मत लिनु हुने मुख्यमन्त्रीका प्रेस तथा जनसम्पर्क सल्लाहकार डम्मर बमले जानकारी दिनुभयो । सरकारलाई दिएको समर्थन नागरिक उन्मुक्ति पार्टीले असार तेस्रो साता फिर्ता […]

दोर्दीका नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा

लमजुङ, साउन १२ गते ।  लमजुङको दोर्दी गाउँपालिकाले आफ्ना सबै नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्न सुरु गरेको छ । गाउँपालिकाले विभिन्न चार ठाउँबाट आइतबारदेखि निःशुल्क स्वास्थ्य बीमा अभियान सुरु गरेको हो । दोर्दीको वडा १ को भारते, वडा २ को अर्चलबोट, वडा ३ को लामाबगर र वडा ४ को नौथर शेराबाट निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम […]

एसियाली पारा तेक्वान्दो टोली मलेसिया जाँदै

काठमाडौँ, साउन १२ गते ।  १०औँ एसियाली जुनियर, क्याडेट तथा पारा तेक्वान्दो च्याम्पियनसिप (जि-४) मा सहभागी हुन पाँच खेलाडीसहित सात सदस्यीय नेपाली टोली मङ्गलबार मलेसियाको सरावक जाने भएको छ । जुलाइ २४ देखि सुरु भएको प्रतियोगिता अगस्ट १ तारिखसम्म सञ्चालन हुनेछ । पाराको ग्योरोगीतर्फको खेल अगस्ट १ तारिखमा हुनेछ । पाँचै खेलाडीले के–४४ क्याटगोरीअन्तर्गत विभिन्न […]

विश्वकप टेबल टेनिसको दक्षिण एसियाली छनोट नेपालमा

काठमाडौँ, साउन १२ गते । विश्वकप टेबल टेनिसको दक्षिण एसियाली छनोट च्याम्पियनसिप नेपालमा हुने भएको छ । अखिल नेपाल टेबल टेनिस सङ्घको आयोजनामा बुधबार र बिहीबार छनोट खेल हुन लागेको हो । एसियन टेबल टेनिस युनियनको वार्षिक कार्यक्रमअनुसार लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुने प्रतियोगितामा  नेपालसहित, भारत, श्रीलङ्का, बङ्गलादेश र माल्दिभ्सको सहभागिता रहनेछ । […]

माइतीघरमा नगर प्रमुख भट्टराईको सत्याग्रह सुरु

खोटाङ, साउन ११ गते । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले माइतीघर मण्डलामा सत्याग्रह सुरु गर्नुभएको छ । विभिन्न सात बुँदे माग राख्दै प्रमुख भट्टराईले साउन ११ गते (आइतबार) बिहानबाट सत्याग्रह सुरु गर्नुभएको हो । खेर गइरहेको बाँसबाट आर्थिक समृद्धि हुने निर्णय गर्न प्रमुख भट्टराईको विशेष माग रहेको छ ।  बाँस तथा बाँसजन्य […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल