मकवानपुर, असार १४ गते । मकवानपुरको भीमफेदीमा अनौपचारिक क्षेत्रका श्रमिकहरुको सामाजिक सुरक्षा योजना कार्यक्रमबाट ५२ जना श्रमिक प्रत्यक्ष रुपमा लाभान्वित बनेका छन् । २०८० माघ १३ गते नेपालमा नै पहिलो पटक योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सुरु गरेको भीमफेदी गाउँपालिकामा चालु आर्थिक वर्ष २०८२/०८३ मा सामाजिक सुरक्षा कोषमा पालिकाभित्रका अनौपचारिक श्रेत्रका श्रमिक तथा महिला स्वास्थ्य […]
काठमाडौँ, असार १२ गते । नेपाल सरकार, श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले प्रचलित श्रम ऐन तथा नियमावली पालना नगर्ने निजी अस्पताल, बैङ्क तथा वित्तीय संस्था/प्रतिष्ठानलाई कडा कानुनी कारबाही गर्ने चेतावनी दिएको छ । विभागले विभिन्न निजी अस्पताल, बैङ्क तथा वित्तीय संस्थामा गरिएको अनुगमनका क्रममा श्रम कानुनको गम्भीर उल्लङ्घन पाइएको भन्दै बिहीबार उक्त चेतावनी दिएको हो […]
कावासोती, जेठ २७ गते । पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिका–२ का स्थानीयले श्रमदानमार्फत बर्सौंदेखि भत्किएर सञ्चालनमा नआएको पुरानो सडक मर्मत र सम्भार गरी सञ्चालनमा ल्याउने प्रयास गरिरहेका छन् । गाउँमा रहेका १२ वटा कच्ची सडक पुरानो र जीर्ण अवस्थामा छन् । यतिबेला स्थानीय श्रमदानबाटै छरछरे, गोडडाँडा, राम्कोट बोझा र भागबारी टाँडी मोटरबाटाको मर्मतसम्भार हुन लागेको बुलिङटार–२ का स्थानीय […]
काठमाडौँ, जेठ १ गते । योगदानमा आधारित सामाजिक सुरक्षा कोष र काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थबिच स्वास्थ्य सेवा प्रवाह गर्ने सम्बन्धी सम्झौता भएको छ । सामाजिक सुरक्षा कोषमा आबद्ध योगदानकर्ता तथा उनीहरूका परिवारलाई सहज र गुणस्तरीय स्वास्थ्यसेवा उपलब्ध गराउने उद्देश्यले बिहीबार कोष र उक्त स्वास्थ्य संस्थाबिच सम्झौता भएको हो । सम्झौतापत्रमा सामाजिक सुरक्षा कोषका तर्फबाट […]
काठमाडौँ, वैशाख ८ गते । वैदेशिक रोजगार विभागले पश्चिम एसियाका देशमा जाने श्रमिकका लागि नयाँ र पुनः श्रम स्वीकृति दिने निर्णय गरेको छ । यसअघि पश्चिम एसियाका देशमा कार्यरत रहेकै बेला बिदामा घर आएका नेपाली श्रमिकका लागि पुनः श्रम स्वीकृति सुचारु गरेको विभागले सोमबारदेखि भने नयाँ जानेको हकमा पनि श्रम स्वीकृति दिने निर्णय गरेको हो […]
काठमाडौँ, चैत २३ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमिकलाई न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षा सुनिश्चित गर्न सबै रोजगारदातालाई आग्रह गरेको छ । मन्त्रालयले आज एक प्रेस विज्ञप्ति जारी गर्दै विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी, नर्सिङ स्टाफ, निजी तथा संस्थागत विद्यालयका शिक्षक तथा कर्मचारीलगायत विभिन्न प्रतिष्ठानमा कार्यरत श्रमिकले न्यूनतम पारिश्रमिक तथा […]
रेसुङ्गा (गुल्मी), चैत १८ गते। सामाजिक सुरक्षा कोष र धुर्कोट गाउँपालिकाबीच कोषबाट सञ्चालित योगदानमा आधारित सामाजिक सुरक्षा योजना सञ्चालनका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ। नेपालको संविधानको धारा ३४ ले प्रत्येक श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षाको हक सुनिश्चित गरेको छ। धुर्कोट गाउँपालिकाले प्रारम्भिक चरणमा करारका कर्मचारी, नगर प्रहरी, विद्यालय कर्मचारी तथा बालविकास सहयोगीलाई कोषमा आबद्ध गर्ने […]
काठमाडौँ, चैत १६ गते । सरकारले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृतिमा रहेको टोकन प्रणालीको अन्त्य गरी आवेदन दिएको दिनमै स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । यसअघि टोकन लिएर तोकिएको दिनमा मात्रै स्वीकृति दिने व्यवस्था थियो । आइतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहको उपस्थितिमा बसेको बैठकले सहज रुपमा श्रम स्वीकृति दिने निर्णय […]
काठमाडौं, फागुन २४ गते। ११६औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय महिला समितिको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। ट्रेड युनियन कांग्रेस राष्ट्रिय महिला समिति अध्यक्ष प्रमिला ढुङ्गानाको अध्यक्षतामा “सबै महिला र बालबालिकाको लागि अधिकार, न्याय र कार्यसहितको अवसर” भन्ने नाराका साथ काठमाडौँमा आयोजित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो। उक्त कार्यक्रमकाे प्रमुख […]
काठमाडौँ, फागुन १८गते । नेपाल टेलिकम वर्कर्स युनियन (NTCWU) केन्द्रीय समितिको आयोजनामा आज होली मिलन कार्यक्रम सम्पन्न भएको छ। नेपाल टेलिकम वर्कर्स युनियन केन्द्रीय समितिको आयोजनामा नेपालीहरूको महान् चाड होली पर्वको अवसरमा होली मिलन तथा शुभकामना आदान–प्रदान कार्यक्रम उल्लासपूर्ण तवरले काठमाडौँको बबरमहलमा सम्पन्न भएको हो। कार्यक्रममा , नेपाल टेलिकम वर्कर्स युनियनका केन्द्रीय अध्यक्ष लगायत पदाधिकारी […]