alliance khabar

बिहिबार, मंसिर २५, २०८२

काठमाडौँ, मङ्सिर २५ गते।

 अस्ट्रेलियाको नर्थन टेरिटोरीमा (उत्तरी प्रदेश, एनटी)मा पहिलो पटक नेपाली मूलका अञ्जन पौडेल वकिलका रूपमा दर्ता हुनुभएको छ। ३० वर्षीय पौडेल आधिकारिक रुपमा अस्ट्रेलियाको नर्थन टेरिटोरी बारमा दर्ता हुनुभएको हो।

पौडेलले करियरको सुरुवात प्रशासनिक सहायकका रूपमा गर्नुभएको हो। उहाँ कानुनी संस्थामा कानुन सहायकका रूपमा काम गर्दै अहिले औपचारिक रूपमा वकिल बन्न सफल बन्नुभएको हो।

पौडेल भन्नुहुन्छ, “यो केवल मेरो उपलब्धि होइन, यहाँका नेपाली समुदायको गौरव हो। अस्ट्रेलियाले अवसर दिन्छ, केवल आत्मविश्वास छाड्नु हुँदैन रहेछ।”

पौडेल सन् २०१५ मा अस्ट्रेलिया जानुभएको हो। सुरुमा अकाउन्ट पढ्न जानुभएका उहाँले पछि कानुन विषय अध्ययन गर्नुभएको हो। उहाँको उपलब्धिलाई एनटीस्थित नेपाली समुदायले प्रेरणादायी भन्दै प्रशंसा गरेका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न: ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न :
थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटी
समाचार शाखाः 9851246691
बिज्ञापन शाखाः 9851246691
वेबसाइट: www.alliancekhabar.com
[email protected]

हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ