आइसिसी विश्वकप लिग–२ : अमेरिकाको चारवटै जित

काठमाडौँ, कात्तिक १७ गते । युएईमा जारी आइसिसी विश्वकप लिग–२ शृङ्खलामा अमेरिकाले चारवटै खेल जितेको छ । यस सिरिजको अन्तिम खेलमा अमेरिकाले सोमबार संयुक्त अरव इमिरेट्स (युएई)लाई दुई सय ४३ रनले हरायो । जितका लागि दुई सय ९३ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको घरेलु टोली युएई २१.१ ओभरका सबै विकेटको क्षतिमा ४९ रनमा समेटिएको थियो । […]

फागुन २१ को निर्वाचन युवा पुस्ताको आन्दोलनको उपलब्धि : राष्ट्रपति पौडेल

कतार (दोहा), कात्तिक १७ गते ।  राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा हुने फागुन २१ गतेको निर्वाचन युवा पुस्ताको आन्दोलनको उपलब्धि भएको बताउँदै यसलाई सफल पार्न सबैलाई आग्रह गर्नुभएको  छ । उहाँले यो निर्वाचन नेपालको विकास र भाग्यका लागि महत्वपूर्ण हुने पनि बताउनुभयो । यहाँस्थित नेपाली राजदूतावासमा सोमबार आयोजित स्वागत कार्यक्रममा सरिक हुने क्रममा नेपाली समुदायलाई सम्वोधन […]

नगरप्रमुख उपेन्द्र कार्की UCLG ASPAC परिषद् सदस्यमा निर्वाचित

काठमाडौं, कात्तिक १७ गते । कागेश्वरी मनोहरा नगरपालिकाका नगरप्रमुख उपेन्द्र कार्की संयुक्त शहर तथा स्थानीय सरकार एशिया–प्रशान्त (UCLG ASPAC) को २०२५–२०२७ कार्यकालका लागि परिषद् सदस्यमा निर्वाचित हुनुभएको छ। दक्षिण कोरियाको गोयाङ सहरमा सम्पन्न १०औँ UCLG  ASPAC कांग्रेसमा सम्पन्न निर्वाचनमार्फत कार्कीले दक्षिण र दक्षिण–पश्चिम एसियाका सदस्यहरूको उच्च समर्थन प्राप्त गर्नुभएको हो। यस सफलताले कागेश्वरी मनोहराको नेतृत्वमाथि […]

मलेसियाका श्रम सर्तबारे पहल गर्न प्रमको निर्देशन

काठमाडौँ, कात्तिक १४ गते । प्रधानमन्त्री सुशीला कार्कीले मलेसिया सरकारले वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीका लागि तोकेका नयाँ मापदण्डका कारण पर्न सक्ने सम्भावित असर अध्ययन गरी आवश्यक पहल गर्न श्रम सचिवलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री कार्कीले बिहीबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा सचिव कृष्णहरि पुष्करलाई बोलाएर उक्त विषयको समाधानका लागि पहल गर्न निर्देशन दिनुभएको […]

मलेसियामा श्रमिक पठाउन दस सर्त

काठमाडौँ, कात्तिक १३ गते ।  मलेसिया सरकारले आप्रवासी श्रमिक पठाउने देशका वैदेशिक रोजगार व्यवसायी कम्पनीका लागि नयाँ १० सर्त अगाडि सारेको छ । मलेसियाले नेपालसहित श्रमिक स्रोत देश बङ्गलादेश, भारत, पाकिस्तान र म्यान्मारका कम्पनीका लागि त्यस्तो सर्त ल्याएको हो । मलेसियामा श्रमिक पठाउने स्रोत देशका कम्पनीले कम्तीमा पाँच वर्षको सञ्चालन अनुमति पाएको हुनुपर्ने, पछिल्लो पाँच […]

मैत्रीपूर्ण खेलमा नेपालले भारतलाई हरायो

काठमाडौँ, कात्तिक १२ गते । नेपाल र भारतबिचको मैत्रीपूर्ण खेलमा नेपाल विजयी भएको छ । सिक्किमको पाल्जोर रङ्गशालामा बुधबार भएको खेलमा नेपालले भारतलाई टाइब्रेकरमा ३–० गोलले हरायो । टाइब्रेकरमा नेपालका लागि गोलरक्षक अन्जना रानामगरले भारतको दुई प्रहार रोक्नुभएको थियो । भारतको अर्को प्रहार पोस्टमाथि हुईकिएको थियो । यसअघि निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएको हो । […]

गृहमन्त्रीसँग र अमेरिकी राजदूतको शिष्टाचार भेट

काठमाडौँ, कात्तिक १२ गते । गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सनले शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटमा उहाँहरुबीच द्विपक्षीय सम्बन्धका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ। भेटमा मन्त्री अर्यालले पछिल्लो समय मुलुकको अवस्थामा दिनप्रतिदिन सुधार हुँदै आएको उल्लेख गर्नुभएको थियो । यसका लागि सबै पक्षसँग सहकार्य भएको […]

ट्रम्प–ताकाइचीबिच ‘भेटवार्ता : नयाँ स्वर्ण युग’को घोषणा

 जापान–अमेरिका गठबन्धनलाई  ‘बलियो र समृद्ध स्वर्ण युग’ मा रूपान्तरण गर्ने दृढता  टोकियो,  कात्तिक ११ गते । अमेरिकासँग महत्त्वपूर्ण खनिज सुरक्षा सम्झौता गर्नुअघि जापानकी नयाँ प्रधानमन्त्री साने ताकाइचीले मङ्गलबार टोकियोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ताका क्रममा दुवै देशबीचको सम्बन्धलाई ‘नयाँ स्वर्ण युग’ मा प्रवेश गराउने वाचा गर्नुभएको छ । जापानकी पहिलो महिला प्रधानमन्त्री ताकाइचीले ट्रम्पको द्वन्द्व मध्यस्थतामा […]

दुई हजार नौ सय घट्यो सुनको मूल्य

काठमाडौँ, कात्तिक ११ गते ।  नेपाली बजारमा मङ्गलबार पनि सुनको मूल्यमा गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा आज प्रतितोला दुई हजार नौ सय रुपियाँले सुनको मूल्य घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुन प्रतितोला दुई लाख ३७ हजार रुपियाँमा कारोबार भइरहेको जनाएको छ । सोमबार दुई लाख ३९ हजार नौ सय रुपियाँमा सुनको […]

विश्वकप लिग–२ : नेपाल अमेरिकासँग १०६ रनले पराजित

काठमाडौँ, कात्तिक ९ गते । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत युएई शृङ्खलाको पहिलो खेलमा नेपाल अमेरिकासँग एक सय ६ रनले पराजित भएको छ । दुबई इन्टरनेशनल क्रिकेट मैदानमा आइतबार जितका लागि दुई सय ६३ रनको लक्ष्य पछ्याएको नेपाल ३९.१ ओभरमा सबै विकेटको क्षतिमा एक सय ५६ रनमा समेटियो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४० रन […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल