लेखनाथ, असार ३१ गते। वि. सं. २०७२ मा खुला प्रतिस्पर्धाबाट त्रिवि सेवा आयोग पास गर्दा विद्या भट्टराईको सपना थियोः कुनै दिन प्राध्यापक बन्छु। विद्यार्थीलाई समाज र यसका अवयव सिकाउँछु। २०७५ साल फागुन १५ गतेको अनपेक्षित दुर्घटनाले उहाँको जीवनको बाटो मोडिदियो। घटनापछि फेरि सक्रिय राजनीतिमा लाग्नुभएकी भट्टराई दुई पटक कास्की क्षेत्र नम्बर २ बाट सङ्घीय सांसद चुनिनुभयो। […]
काठमाडौं, असार ३१ गते : राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री खड्गप्रसाद ओली (केपी ओली) ले सोमबार प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा ओलीले चौथो पटक प्रधानमन्त्री पदको शपथ लिनुभएको हो । ओली संसद्को सबैभन्दा ठुलो दल नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्री बन्नुभएको हो । यसैगरी, नवनियुक्त उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह […]
काठमाडौँ, असार ३१ गते : राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा (एमाले) का अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीलाई आइतबार प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको छ । अध्यक्ष ओलीलाई संविधानको धारा ७६ (२) अनुसार राष्ट्रपति पौडेलले प्रधानमन्त्री नियुक्त गर्नुभएको हो । राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले आइतबार विज्ञप्ति सार्वजनिक गर्नुहुँदै राष्ट्रपतिले प्रतिनिधि सभाका सदस्य केपी शर्मा ओलीलाई […]
करिब डेढ वर्षअघि अर्थात् विसं २०७९ को निर्वाचन परिणामपश्चात् संसद्ले नेपाली कांग्रेस र नेकपा एमालेबिचको समझदारी खोजेको थियो । लगभग एक वर्षदेखि कांग्रेसका नेता डा. शेखर कोइराला पनि यी दुई दल मिलेर देशलाई निकास दिनु पर्छ भन्दै आउनुभएको थियो । कांग्रेस र एमालेबिचमा सहमति कायम भएको छ तर यो सहमति देश र जनताका लागि गरिएको […]
काठमाडौं, असार २९ गते । नेपाली कांग्रेसले योगदान, योग्यता, समावेशिता र प्रादेशिक सन्तुलनको आधारमा मन्त्री चयन गर्ने काँग्रेसको निर्णय गरेको छ । शनिबार पार्टी मुख्यालय सानेपामा बसेको पार्टी केन्द्रीय कार्य सम्पादन समितिको बैठकले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गर्दै मन्त्री चयनका लागि योगदान र योग्यतामा आधारित मापदण्ड तय गरेको […]
काठमाडौं, असार २९ गते । आइतबार नयाँ प्रधानमन्त्रीको नियुक्ति हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले निर्धारण गर्नुभएको आइतबारको समयसीमा पछि प्रधानमन्त्रीको नियुक्ति हुने छ । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले भन्नुभयो, ‘‘भोलि दिइएको समय सीमापछि मात्र नियुक्ति प्रक्रिया र शपथको प्रक्रिया अगाडि बढ्छ ।’’ राष्ट्रपति पौडेलले आइतबार साँझ ५ बजेसम्मका लागि प्रधानमन्त्रीमा दावी पेश […]
मेष– अचानक कमाई हुनेछ । पैसो कमाउने योग छ ।लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । साथी घरपरिवारबाट सुख शान्ती पाहिने छ । वृष– नसोचेको ठाउमा खर्च हुन सक्छ । व्यर्थको खर्चले मन पिरोल्ला । व्यर्थको खर्चले मन पिरोल्ला । सोच्दै नसोचेको ठाउमा पैसा खर्च होला । मिथुन– आफन्त मिलनले सुख दिनेछ । प्रिय जन संग […]
काठमाडौं, असार २८ गते । संसदका प्रमुख दुई दल नेपाली काँग्रेस र नेकपा (एमाले) विचको पछिल्लो राजनीतिक सहकार्यको प्रतिफल एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली मुलुकको प्रधानमन्त्री बन्न लाग्नुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठनका लागि शुक्रबार आव्हान गर्नु भएपछि अध्यक्ष ओली काँग्रेसको समर्थनमा तेस्रो […]
काठमाडौं, असार २८ गते । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आह्वान भए लगत्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष के.पी. शर्मा ओली महाराजगन्जस्थित राष्ट्रपति कार्यालय पुग्नु भएको छ । कांग्रेस र एमालेबीच भएको सहमति अनुसार एमाले अध्यक्ष ओली प्रधानमन्त्री बन्नु हुने छ । यसअघि राष्ट्रपतिले दुई […]
बिरुवा गाउँपालिका सदरमुकाम स्याङ्जा बजारबाट दक्षिणपूर्वमा पर्दछ । साबिकका बिरुवाअर्चले, मनकामना, ओरस्टे गाविसका सबै वडा तथा पेल्काचौर, राङभाङ, चिन्नेबास तथा किचनास गाविसका केही वडा गाभेर यो गाउँपालिका बनाइएको हो । सिद्धार्थ राजमार्गको पुतलीबजार–राङखोलाबाट करिब १७ किलोमिटरको दुरी पार गरेपछि यहाँ सहजै पुग्न सकिन्छ । पालिकाको पूर्वमा हरिनास गाउँपालिका र तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिका, पश्चिममा भिरकोट नगरपालिका र वालिङ […]