राजविराज नगरपालिकाको अत्यावश्यक बाहेकका सेवा स्थगित

कल्याणपुर (सप्तरी), आसोज ३ गते । राजविराज नगरपालिकाले अत्यावश्यक बाहेकका सबै सेवाहरु स्थगित गरेको छ । स्वास्थ्य सिफारिस, सरसफाई लगायत अति आवश्यक सेवा बाहेक नगर कार्यपालिका कार्यालय सम्पूर्ण शाखाहरुबाट प्रवाह हुने अन्य सबै सेवाहरु स्थगित गरेको हो । राजविराज नगरपालिकाले एक सूचना जारी गर्दै जेनजीको आन्दोलनको क्रममा भदौ २४ गते भएको आगजनीबाट राजविराज नगरपालिकाको प्रमुख […]

सिदिङ्वा गाउँपालिकाले दसैँअघि भुक्तानी गर्न नसक्ने

फुङलिङ, असो २ गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले दसैँअघि कुनैपनि प्रकारको भुक्तानी गर्न नसक्ने जनाएको छ । जेनजी आन्दोलनका नाममा केही समूहले कार्यालय तोडफोड र अत्यावश्यक कागजात समेत लिएर गएको भन्दै कारण दसैँअघि कुनै पनि प्रकारको भुक्तानी गर्न नसक्ने जनाएको हो । गाउँपालिका र गाउँपालिकाका कर्मचारीहरूले बिहीबार एक विज्ञप्ति जारी गर्दै दसैँअघि कुनैपनि भुक्तानी गर्न […]

महिलालाई ढकिया बनाउन भ्याइ नभ्याई

धनगढी, भदौ २० गते । कैलालीको कैलारी गाउँपालिकास्थित सप्तरङ्गी लघुउद्यमी समूहका महिलालाई ढकिया लगायतको हस्तकलाका सामग्री बनाउन भ्याइ नभ्याई भएको छ । परम्परागत सीपबाट बनाइएको ढकिया, डेलुवा, डोकोलगायतको सामग्रीका व्यापार चम्केपछि उनीहरुलाई त्यस्ता सामग्री बनाउन भ्याइ नभ्याइ भएको हो । उद्यमी महिलाले हस्तकलाका सामग्री उत्पादन गरेर काठमाडौंं पठाउने गरेका छन् । फुटकरभन्दा पनि थोक व्यापार […]

बत्तीस लाखमा आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण

दमौली (तनहुँ),  भदौ २० गते ।  भिमाद नगरपालिका–१ डुम्रीबेँसीमा रु ३२ लाख ४५ हजारको लागतमा चारकोठे आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण भएको छ । सङ्घीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रदान गरेको रकमबाट भवन निर्माण गरिएको वडासदस्य दयाराम श्रेष्ठले जानकारी दिनुभयो । केन्द्रबाट भिमाद नगरपालिका–१ डुम्रीबेँसी, घिरिङ गाउँपालिका–२, स्याङ्जाको हरिनास, चापाकोटका सर्वसाधारण प्रत्यक्ष लाभान्वित हुनेछन् । […]

बरहथवा नगरपालिकामा आज शोक बिदा

सर्लाही, भदौ १९ गते ।  सर्लाहीको बरहथवा नगरपालिकामा बिहीबार शोक बिदा दिइएको छ । नगरसभा सदस्य तथा वडा नं. ९ का वडा सदस्य राधेश्याम महतो कोइरीको निधनमा बिहीबार नगरपालिकाभर शोक बिदा दिइएको हो । वडा सदस्य महतोको ७२ वर्षको उमेरमा बिहीबार निधन भएको पारिवारिकले जनाएको छ । बरहथवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋद्धिप्रकाश सिटौलाले सूचना […]

संघ र प्रदेशसँग आक्रोशित स्थानीय सरकार

रेसुङ्गा(गुल्मी), भदौ १७ गते । जिल्ला समन्वय समिति गुल्मीले बर्सेनी वार्षिक प्रगती समीक्षा गर्ने गर्दछ । समीक्षामा जिल्लाका १२ स्थानीय तह, विकासे अड्डा, संस्थान र भूमि आयोगले समेत आफ्नो कार्यसम्पादनको अवस्था प्रस्तुत गरे । यो कार्यक्रम जिल्लाको सवैभन्दा महत्त्वपूर्ण भएपनि संघ र प्रदेशका सांसदहरुको प्राथमिकतामा कहिल्यै पर्दैन् । जिल्लाको समग्र विकास निर्माणको समीक्षा गरेर चालु […]

चन्द्रागिरि–१ लाई ‘बाल श्रममुक्त वडा’ घोषणा

काठमाडौँ, भदौ १६  गते । चन्द्रागिरि नगरपालिकाले चालु आर्थिक वर्षभित्र आफ्ना सबै वडालाई ‘बाल श्रममुक्त वडा’ घोषणा गर्ने भएको छ । यसका लागि नगरपालिकाले ‘बाल श्रममुक्त वडा’ घोषणा कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको छ । यस क्रममा आइतबार चन्द्रागिरि–१ लाई बाल श्रममुक्त घोषणा गरियो । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले चन्द्रागिरि–१ का वडाध्यक्ष हरिश्याम रानामगरलाई ‘बाल […]

मुसिकोटे पोषिलो आटो बजारमा

रेसुङ्गा(गुल्मी), भदौ १६ गते । गुल्मीको मुसिकोट नगरपालिका–३ कोे साना किसान कृषि सहकारी संस्थाले पहाडी भेगमा उत्पादन हुने पोषिलो मकैको आटो औपचारिक रुपमा बजारिकरण गरेको छ । आटो बजारिकरणको शुभारम्भ मुसिकोट नगरपालिकाका प्रमुख जिवलाल खरेल ‘जीवन’ ले गर्नुभयो । सोही अवसरमा बोल्दै खरेलले स्थानीय उपजमा आधारित उद्योग र उद्यम व्यावसाय नगरको प्राथमिकतामा रहेको बताउँदै मकैपछि […]

बजेट अभावमा विद्यालय भवन अधुरो

पञ्चकोशी (दैलेख), भदौ १४ गते । दैलेखको आठबीस नगरपालिका– ६ खड्केगडेनस्थित शिव आधारभूत विद्यालयको निर्माणाधिन भवन पर्याप्त बजेट नहुँदा अधुरो छाडिएको छ । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८१-०८२ मा सशर्त अनुदानमा दुई कोठे भवन निर्माण गर्ने भनेर १५ लाखको लागतमा निर्माण थालिएकोमा रकम नहुँदा भवन अधुरै रहेको हो । प्रदेश सरकारले सशर्त अनुदानमा दुई […]

सुरक्षित बासको खोजीमा बादी समुदाय

पञ्चकोशी (दैलेख), साउन २३ गते । दैलेखको नारायण नगरपालिका–१ स्थित गणेशचोकनजिकै बसोबास गर्दै आएका नमुना बस्तीका बादी समुदाय सुरक्षित बासको खोजी गर्न थालेका छन् । बादी समुदायले आफ्नो बस्ती जोखिममा रहेको भन्दै सुरक्षित स्थानमा आफ्नो बस्ती सार्नका लागि सबै पक्षसँग माग गरेका छन् । पछिल्ला दिनमा भइरहेको लगातार बर्सातका कारण भिरालो जमिनमा निर्माण गरिएका कच्ची घरटहरा भत्किने […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल