पनौती पर्खंदै पर्यटक

महाभारत पर्वत शृङ्खलाको फेदीमा फैलिएको छ, पनौती । नाला, बनेपा हुँदै बग्ने पुण्यमती र फुलचोकी डाँडातर्फबाट आएको रोशीखोलाको सङ्गममा रहेको पनौती इतिहास, पुरातत्व, सम्पदा, संस्कृति र प्रकृतिले धनी छ । काठमाडौँबाट करिब ३० किलोमिटरको दुरीमा रहेको पनौती पर्यटकीय हिसाबले महत्त्वपूर्ण गन्तव्य हो । हाँडीगाउँको मानेश्वरी, ललितपुरको हरसिद्धि, भक्तपुरको नवदुर्गा गण जस्ता सांस्कृतिक पर्व, परम्परा पनौतीसँग […]

गोकर्णेश्वर-५ मा ट्राफिक व्यवस्थापन सुधारबारे छलफल, नव नियुक्त ट्राफिक प्रमुखलाई स्वागत

काठमाडौँ – जेठ ६ गते । गोकर्णेश्वर नगरपालिकाका नगर प्रवक्ता तथा वडा नं. ५ का वडा अध्यक्ष नारायण बहादुर सुबेदीले आज एक विशेष कार्यक्रमको आयोजना गर्दै प्रहरी वृत्त बौद्धका नव नियुक्त ट्राफिक प्रहरी प्रमुख, प्रहरी निरीक्षक शेखर जंग थापालाई स्वागत गर्नुभएको छ। कार्यक्रममा वडा सदस्यहरू, वडा कार्यालयका कर्मचारी, र सामाजिक क्षेत्रमा सक्रिय विभिन्न सम्माननीय व्यक्तिहरूको […]

भूमिहीनले पाए सुरक्षित आवास

कल्याणपुर (सप्तरी), जेठ ५ गते  । सप्तकोशी नगरपालिका–४ की ममतादेवी सदाको परिवारमा सात सदस्य छन् । श्रीमान्, ससुरासँगै तीन छोरी र एक छोरासहितको उहाँको परिवार अर्काको जग्गामा फुसको घर बनाएर जेनतेन बस्दै आएको थियो । दैनिक मजदुरी गरेर पेट पाल्ने उहाँको परिवारलाई एकातिर हावाहुरी र घामपानीबाट घरलाई कसरी जोगाइराख्ने भन्ने चिन्ता हुने गथ्र्याे भने अर्कातिर जग्गावालाले बेला […]

एक करोड ४८ लाखको लागतमा निर्मित वडा कार्यालय भवन

म्याग्दी, वैशाख २३ गते । रघुगङ्गा गाउँपालिका–५ झिँमा रु एक करोड ४८ लाखको लागतमा वडा कार्यालय भवन निर्माण भएको छ । आर्थिक वर्ष २०७९÷८० मा सुरु भएको दुईतले सभाहलसहितको भवन निर्माण चालु आवमा सम्पन्न भएको हो । आव २०७९र ८० मा रु ५० लाख लागतमा उपभोक्ता समितिमार्फत पाँचकोठे भवनको पहिलो तला ढलान भएको थियो । […]

शाक्यद्वारा लिखित ‘करुणा’ माथि विमर्श

बनेपा, वैशाख २१ गते । साहित्यकार राधिका शाक्यद्वारा लिखित आत्मकथा ‘करुणा’ पुस्तकको विमर्श कार्यक्रम शनिबार सम्पन्न भएको छ । पाणिनि बुक्स प्रालिद्वारा शनिबार धुलिखेलमा आयोजित करुणाको आत्मकथाको विमर्शमा धुलिखेल नगरपालिकाका प्रमुख अशोककुमार ब्याञ्जूले पुस्तकमा सबै विषयमा करुणा झल्किएको बताउनुभयो । शाक्यको आत्मकथामाथि कविताको माध्यमबाट प्रतिक्रिया दिनुभयो । कार्यक्रममा मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले करुणाले तिम्रो छातीमा दया, […]

दिवारगाउँ ‘पूर्ण सरसफाइउन्मुख’ घोषणा

सिँजा (जुम्ला), वैशाख ९ गते । जुम्लाको हिमा गाउँपालिका–१, दिवारगाउँको तल्लो बस्तीलाई जुम्लाकै पहिलो ‘पूर्ण सरसफाइउन्मुख’ घोषणा गरिएको छ । आइतबार हिमा, सिँजा र कनकासुन्दरी गाउँपालिकाको संयुक्त आयोजनामा बृहत् खानेपानी सरसफाइ तथा स्वच्छता (वास) सम्मेलनका अवसरमा दिवारगाउँको तल्लो बस्तीलाई खानेपानीमन्त्री प्रदीप यादवले पूर्ण सरसफाइउन्मुख गाउँ घोषणा गर्नुभएको हो । ‘एक घर एक धारा’ र ‘एक घर एक […]

गोकर्णेश्वरमा नयाँ वर्ष २०८२ को अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

काठमाडौं, वैशाख ६ गते । नयाँ वर्ष २०८२ को उपलक्ष्यमा सामुदायिक विकास नेपालको आयोजनामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गोकर्णेश्वर नगरपालिका वडा नं ५ मा सम्पन्न भएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष नारायण बहादुर सुवेदीले भन्नुभयो, “स्थानीय तहबाटै विकास सुरु हुन्छ, समुदायको सशक्त र समावेशी विकासले मात्र राष्ट्र समृद्धितर्फ उन्मुख हुन्छ।” उहाँले समुदायमै विकासको […]

गाउँ फर्कनेलाई एक लाख रुपियाँ

खोटाङ, वैशाख ६ गते  । खोटाङको वराहपोखरी गाउँपालिकाले गाउँ फर्किने परिवारलाई एक लाख रुपियाँ प्रदान गरेको छ । गाउँबाट बसाइँ सरेर गएको १८ वर्षपछि पुनः गाउँमै फर्किएका परिवारलाई गाउँपालिकाले एक लाख रुपियाँ दिएको हो । वराहपोखरी गाउँपालिका–६, मौवाबोटेका बोदबहादुर खड्काको परिवार २०६३ सालमा सप्तरी बसाइँसराइ गरेर गएका थिए । गाउँबाट गएको १८ वर्षपछि उनीहरू पुनः गाउँ फर्किएका हुन् । पछिल्लो […]

कास्कीको रुपागाउँपालिकामा स्वास्थ्य बिमा कार्यक्रम सुरु

माछापुच्छ्रे (कास्की, वैशाख १ गते ।  कास्कीको रुपा गाउँपालिकाले स्थापना गरेको रुपा अस्पतालमा सोमबारदेखि स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको छ । बिमा बोर्डसँगको सहकार्यमा रुपा अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको हो । गाउँपालिका अध्यक्ष नवराज ओझाले सेवाग्राही जानकी गुरुङलाई बिरामी पुर्जा दिएर स्वास्थ्य बिमा कार्यक्रम सोमबार सुरुवात गर्नुभएको हो । स्वास्थ्य सेवामा जनताको पहुँच […]

फोहोर व्यवस्थापनमा नमुना नगर बन्दै तिलोत्तमा

तिनाउ (रुपन्देही), चैत १२ ।  रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सहज रुपमा फोहोर व्यवस्थापन गर्दै आएको छ ।जिल्लाका अन्य पालिकामा फोहोर व्यवस्थापन टाउको दुखाइको विषय बनिरहेका बेला तिलोत्तमा नगरपालिकाले भने विभिन्न तरिकाले व्यवस्थापन गर्दै आएको छ । घर तथा उद्योग प्रतिष्ठानबाटै कुहिने र नकुहिने फोहोर छुट्टाएर सङ्कलन गर्दै आएको नगरपालिकाले सङ्कलित फोहोरबाट मोहर कमाउदै आएको छ । […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल