नेपाली श्रमिकका पीडा : गर्जो टार्न नसक्ने पारिश्रमिक

काठमाडौँ, साउन २० गते । काठमाडौँ टेकुको एक गार्मेन्ट उद्योगमा कार्यरत ललिता थापालाई महिनाभरको कमाइले दुई छोरासहित आफ्नो खर्च धान्न सकस हुन्छ । कीर्तिपुर नगाउँमा कोठा भाडामा लिएर बस्दै आएकी ललिताका श्रीमान्को २०७८ मा कोरोनाका कारण मृत्यु भएपछि छोरा हुर्काउने, बढाउने र पढाउने जिम्मेवारी उहाँकै काँधमा छ । उहाँले दैनिक बिहान ८ बजेदेखि साँझ ७ […]

कागतीले उचित बजार नपाउँदा मारमा किसान

झापा,  साउन २० गते । धानखेत मासेर छ वर्षअघि देखि कागतीखेती गरिरहनुभएका गौरादह नगरपालिका–४ का नवीन आचार्य बजारको समस्याले चिन्तित हुनुहुन्छ । आचार्यले १४ कट्ठा क्षेत्रफलमा सुन कागतीको बोट हुर्काउनु भएको छ । कागतीको बोटले मनग्य उत्पादन दिए तापनि बजारमा बिक्री गर्न मुस्किल हुन थालेपछि उहाँजस्तै जिल्लाका अधिकांश कागती किसान खेती बदल्ने कि निरन्तरता दिने […]

म्याग्दीको गुर्जाखानी केन्द्रबिन्दु बनाएर ४.५ रेक्टरको भूकम्प

काठमाडौं, साउन २० गते । म्याग्दी जिल्लाको गुर्जाखानी क्षेत्रलाई केन्द्रबिन्दु बनाएर आज दिउँसो १ बजेर २ मिनेटमा ४.५ रेक्टर स्केलको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र तथा खानी तथा भूगर्भ विभागका अनुसार यो भूकम्पको स्थानीय परिमाण (एमएल) ४.५ मापन गरिएको हो। हालसम्म यस भूकम्पबाट मानवीय वा भौतिक क्षतिको विस्तृत विवरण आइनसकेको केन्द्रले जनाएको […]

१० दिनसम्म १० महाविद्या हवन : शान्ति, एकता र समृद्धिका लागि महामण्डलेश्वर कालिदास बाबाको आह्वान

काठमाडौँ, साउन १९ गते। काठमाडौँको पशुपति क्षेत्रस्थित वनकाली हंशमण्डपमा , कालिका साधना आश्रमद्वारा आयोजित १० महाविद्या हवन धार्मिक वातावरणमा सम्पन्न हुँदै गएको छ। श्री श्री १००८ स्वामी महामण्डलेश्वर परमहंस कालिदास बाबाको नेतृत्वमा गत पाँच दिनदेखि चलिरहेको सो यज्ञ आगामी पाँच दिनसम्म निरन्तर चल्नेछ । शान्ति, समृद्धि, राष्ट्रिय एकता, अखण्डता र भाइचाराको प्रवर्द्धनका लागि यो हवन […]

कक्षा १२ को नतिजा सार्वजनिक, ६१ दशमलब १७ प्रतिशत उत्तीर्ण

काठमाडौँ, साउन १९ गते । राष्ट्रिय परीक्षा बोर्डले सोमबार कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माकाअनुसार परीक्षामा सहभागीमध्ये ६१ दशमलव १७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । उहाँकाअनुसार गत वर्ष कक्षा १२ को परीक्षामा नियमिततर्फ तीन लाख ९६ हजार ३४७ परीक्षार्थी सहभागी भएका थिए । यसैगरी, आंशिकतर्फ एक लाख १४ हजार […]

वडाअध्यक्षसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, साउन १९ गते । रुपन्देहीको मर्चवारी गाउँपालिका –३ का अध्यक्ष जनार्दन यादवसहित दुई जनाविरुद्ध तीन लाख रुपियाँको भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार आर्थिक वर्ष २०८१–८२ मा सिसु सेमरा दक्षिण धोबहिया छठघाट निर्माण, पूर्निकोट गाउँभित्र सडक पिसिसि ढलान र सुरहवाँ गाउँभित्र सडक पिसिसि ढलान कार्य योजनाहरुको […]

कानुन नबन्दा संघीयता कार्यान्वयनमा ढिलाइ

पोखरा, साउन १९ गते । कार्यवाहक प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानको मर्म र भावना अनुरुप कानुन बन्न नसक्दा संघीयता कार्यान्वयनमा ढिलाइ भएको बताउनु भएको छ । संघीय सहरी विकास तथा भवन निर्माण कार्यालय कास्कीको नवनिर्मित कार्यालय भवनको पोखरामा उद्घाटन गर्नुहुँदैन उहाँले मुलुक आर्थिक तथा भौतिक विकासको चरणमा अगाडि बढेको जिकिर गर्नुभयो । […]

दुग्धेश्वरनाथ महादेव मन्दिरमा दर्शनाथीको भीड

वीरगञ्ज (पर्सा), साउन १९  गते । पर्सा राष्ट्रिय निकुञ्जको संरक्षण क्षेत्रभित्र पर्ने श्री १०८ दुग्धेश्वनाथ महादेव मन्दिरमा दर्शन गर्ने श्रद्धालु भक्तजनको भीड लागेको छ ।  साउन महिनाभरि लाग्ने सो मेलामा खासगरी साउने सोमबार भने भक्तजनको अत्यधिक घुइँचो लाग्ने गरेको छ । दुग्धेश्वरनाथ महादेव मन्दिर भाथाधाम संरक्षण समितिका अध्यक्ष अलखदेवप्रसाद थारूले दुग्धेश्वरनाथ महादेवको दर्शन गर्न आइतबार […]

जसपा सप्तरीको मतदान आज

सप्तरी, साउन १९ गते । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सप्तरीको जिल्ला कार्य समिति चयनको लागि आज (सोमबार) मतदान हुने भएको छ । निर्वाचन समितिले आइतवार साँझ सूचना जारी गर्दै संशोधित निर्वाचन तालिका सार्वजनिक गरेको हो । संशोधित तालिका अनुसार, उम्मेदवारको अन्तिम नामावली साँझ ७ बजे प्रकाशित गरिएको छ भने १९ गते सोमबार बिहान ११ […]

मधेसमा स्वास्थ्य बिमा गराउने साढे सात लाख बढी

धनुषाधाम,  साउन १९ गते ।  मधेस प्रदेशमा स्वास्थ्य बिमा गराउनेको सङ्ख्या सात लाख ५० हजार नाघेको छ । सरकारले नागरिकलाई सहज र सुलभ रूपमा सरकारी स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गराउन ल्याएको यस कार्यक्रमअन्तर्गत यही साउन १६ गतेसम्म प्रदेशका आठै जिल्लाबाट सात लाख ७९ हजार दुई सय ६५ जनाले स्वास्थ्य बिमामा आबद्ध भएको स्वास्थ्य बिमा बोर्डका […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल