काठमाडौँ, भदौ १० गते । नेपालले अष्ट्रेलियामा जारी टी–२० अभ्यास खेलमा स्थानीय क्यापिटल टेरिटोरी (एसिटी)विरुद्ध लगातार दोस्रो जित निकालेको छ । मङ्गलबार भएको खेलमा नेपालले एसिटीलाई ६ विकेटले हरायो । यसअघि मङ्गलबार नै भएको पहिलो खेलमा नेपालले एसिटीलाई ४१ रनने हराएको थियो । दोस्रो खेलमा जितका लागि ९७ रनको लक्ष्य पछ्याएको नेपालले १३.२ ओभरमा चार […]
पाटन (ललितपुर), भदौ ९ गते । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई वित्तीय र प्रशासनिक रुपमा प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको छ । नेपाली कांग्रेसको सङ्घीय मामिला समन्वय विभागद्वारा पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘संविधान संशोधन र सङ्घीयताको सबलीकरण, सङ्घ प्रदेश स्थानीय सरकारको समन्वय, प्रशासन र सुरक्षा निकायको भूमिका’ विषयक अन्तरक्रियामा उहाँले सङ्घीयतालाई जनभावना अनुरुप प्रभावकारी […]
काठमाडौं, भदौ ९ गते । ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र सामाजिक सेवा प्रभागबाट आयोजना गरिएको बृहत रक्तदान कार्यक्रमअन्तर्गत करिब १२ हजार पिन्ट रगत संकलन भएको छ । भदौ ६ देखि ९ गतेसम्म आयोजना गरिएको रक्तदान कार्यक्रममा ११ हजार नौंसय १६ पिन्ट रगत संकलन गरिएको हो । दादी प्रकाशमणीजीको १८औं पुण्यतिथि तथा विश्व बन्धुत्व दिवसको अवसरमा काठमाडौं […]
बेलायत, भदौ ९ गते । बेलायतमा आयोजित १६औँ नेपाली मेला १० हजारभन्दा बढीले अवलोकन गरेका छन् । नेपाली दूतावास लण्डनसँँगको सहकार्यमा तमु धिं युकेले, बेलायतको सन्बरीस्थित किम्टन पार्कमा आयोजना गरेको थियो । आइतबार सम्पन्न मेलामा नेपाली मौलिकता झल्कने विभिन्न जातजातिका ४० झाँकी सहभागी थिए । झाँकी प्रतियोगितातर्फ मगर सङ्घ युकेले पहिलो स्थान प्राप्त गरेको छ […]
काठमाडौँ, भदौ ९ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले तिजको दर खाने दिनको शुभकामना व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत आज उहाँले शुभकामना व्यक्त गर्नुभएको हो । “आजको दिनले हामी सबै माइती र चेलीलाई प्रगाढ पारिवारिक ममताले जोडोस्, संस्कृतिको सुगन्धले जीवन भरियोस्” प्रधानमन्त्री ओली लेख्नुभएको छ, “तीजको दर खाने दिन । पूर्वीय समाजको संयुक्त परिवार संस्कृतिमा […]
कल्याणपुर (सप्तरी), भदौ ९ गते । नेपाली कांग्रेसको भातृ सङ्गठन महिला संघ सप्तरीकी पहिलो अध्यक्ष पुष्पादेवी श्रेष्ठको निधन भएको छ । उहाँको ८१ वर्षको उमेरमा राजविराज नगरपालिका–५ स्थित आफ्नै निवासमा आइतबार निधन भएको हो । विगत केही समयदेखि अस्वस्थ रहँदै आउनुभएको श्रेष्ठ २०३६ सालको जनमत संग्रहमा बहुदलीय व्यवस्थाको पक्षमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो । […]
ढोरपाटन (बागलुङ), भदौ ९ गते । वरिपरि घना जङ्गल । छेउमै सुसाउने उत्तरगङ्गा नदी । नदी किनारमा छ दिज गाउँ । काठै काठले सजाइएका घर र गाउँले जनजीवन । यही दृश्यले आकर्षित गरिरहेको छ आगन्तुकलाई । जोडिएर बनेका काठका मौलिक घर र स्थानीयको रहनसहन अझ चाखलाग्दो छ । ढोरपाटन उपत्यकाभन्दा केही पर रहेको दिज गाउँ […]
बबई (बर्दिया), भदौ ९ गते । सरकारले आगामी असोज १ गतेदेखि सवारी साधनमा अनिवार्य ईम्बोस्ट नम्बर जडान गर्ने निर्णय गरेसँगै बर्दियाका युवाहरूले सरकारसँग उक्त निर्णय फिर्ता लिन माग गरेका छन् । ईम्बोस्ट नम्बरका कारण नेपाली कला संस्कृति र नेपाली देव नागरिक अक्षरहरू विस्थापित हुन थालेको, नागरिकमा अनावश्यक भार थपेको र ईम्बोस्ट नम्बर पिलेट जडान गर्न […]
नवलपुर, भदौ ९ गते । नवलपुरको गैँडाकोटमा आइतबार राति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार नवलपुरको गैँडाकोट नगरपालिका–२ नारायणी नदी पुलको बिचमा गैँडाकोटबाट नारायणघाटतर्फ जाँदै गरेको ना १ क ५१९९ नम्बरको कुखुराको चल्ला बोकेको ट्रकले सोही दिशातर्फ जाँदै गरेको ना ४३ […]
बागलुङ, भदौ ९ गते । दक्षिण बागलुङको जैमिनी नगरपालिका–९ पैयुथन्थाप जन्मघर भए पनि बागलुङ नगरपालिका–३ गौडाकोटलाई कर्मभूमि बनाउँदै आउनुभएका अगुवा कृषक गंगाबहादुर थापाले फुलफुलका बिरुवा हुर्काउन जिल्लामै पहिलोपटक विद्युत र इन्टरनेटमार्फत चल्ने ‘अटोमेसन सिँचाइ’ भित्र्याउनुभएको छ । गौडाकोटमा व्यवसायिक तरकारी खेती गर्दै आउनुभएका थापाले पाँच रोपनी जमिन भाडामा लिएर बागलुङ नगरपालिका–६ पञ्चकोटमा विद्युत र इन्टरनेटको […]