घोडाघोडी, कात्तिक १२ गते । लागुऔषध दुर्व्यसन समाजमा बढ्दै गएपछि कैलालीको सुखडमा राष्ट्रिय कलाकारद्वारा जनचेतनामूलक नाटक प्रस्तुत गरिएको छ । कलाकार सौगात ओझाद्वारा परिकल्पनामा ‘सङ्गतको फल’ नामक नाटक सार्वजनिक स्थलमा प्रदर्शन गरिएको हो । सुखडबजारको हेलिप्याड चौरमा प्रदर्शन गरिएको नाटकको मुख्य भूमिकामा सुरवीर पण्डित (दारी बा), सौगात ओझा र अछामी रेखा रहनुभएको छ । लागुऔषध […]
भद्रपुर (झापा), कात्तिक १२ गते । दमक नगरपालिका–२ पाङ्गिनीचोक नजिक गए राति यात्रीवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छभने अन्य २१ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार दमकबाट मोरङको टाँडीतर्फ गइरहेको बा२ख १९८३ नम्बरको बस दुर्घटना हुँदा त्यसमा ३५ जना सवार थिए । घाइतेमध्ये एक […]
तनहुँ, कात्तिक १२ गते । तनहुँको आँबुखैरेनी गाउँपालिका–५ स्थित छिम्केश्वरी र बुढीमाई मन्दिर संरक्षण, भौतिक पूर्वाधार विस्तार र धार्मिक पर्यटन प्रवर्धनका उद्देश्यसहित सञ्चालन भइरहेको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ भक्तजनको असाधारण सहभागितासँगै अर्थपूर्ण बन्दै गएको छ । महायज्ञमार्फत अहिलेसम्म ६० लाख रुपियाँभन्दा बढि दान सङ्कलन भएको आयोजक समितिले जनाएको छ । महायज्ञमा तीन परिवारले पाँच लाखभन्दा […]
काठमाडौँ, कात्तिक १२ गते । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३२, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ६०, आलु रातो प्रतिकिलो रु ६६, आलु रातो (भारतीय) प्रतिकिलो […]
स्याङ्जा, कात्तिक १२ गते । कालीगण्डकी गाउँपालिका –३ आलमदेवी देउरालीमा खुल्ला पुरुष भलिबल प्रतियोगिता बुधबारदेखि सुरु हुँदैछ । ३९ वर्षदेखि हरिबोधनी एकादशीको अवसरमा सञ्चालन हुँदै आएको प्रतियोगिता यस वर्ष पनि जनज्योति क्लबले आयोजना गरेको हो । क्लबका अध्यक्ष टोपबहादुर रानाले खेल हरिबोधनी एकादशीको दिनमा सकिने र लिग प्रणाली खेलाइने बताउनुभयो । प्रतियोगिताको विजेता टिमलाई एक […]
पश्चिम नवलपरासी, कात्तिक १२ गते । जनसमुदायको सक्रियतामा सञ्चालित पश्चिम नवलपरासीको एक मात्र सेवामुखी संस्था, सहिद स्मृति सामुदायिक अस्पताल, चौपत्ताले उपचार सेवाको स्तरमा फड्को मारेको छ । नाफामुखी उद्देश्यबाट पूर्ण रूपमा अलग रही स्थापित यस अस्पतालले विशेषज्ञ शल्यक्रिया सेवा (जनरल तथा ल्याप्रोस्कोपी सर्जरी) सञ्चालनमा ल्याएको हो । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर १४, चौपत्तामा […]
दैनिक कार्यमा सरकारको हस्तक्षेप नहुने संस्थानको कार्यमा निजी क्षेत्रको पनि प्रतिनिधित्व संस्थानका कर्मचारी माघदेखि सामाजिक सुरक्षामा काठमाडौँ, कात्तिक १२ गते । सरकारले सबै सार्वजनिक संस्थानलाई कम्पनीमा परिणत गर्ने भएको छ । विभिन्न ऐनमार्फत सञ्चालन हुँदै आएका ती संस्थानलाई कम्पनीसम्बन्धी एउटै ऐनमार्फत सीमित दायित्वका कम्पनीमा परिणत गर्ने नीति सरकारले अख्तियार गरेको हो । सार्वजनिक संस्थानको व्यवस्थापन […]
गण्डकी, कात्तिक ११ गते । गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा वर्षा र हिमपात भइरहेकाले पदयात्रामा जाँदा सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय कास्कीले आज सार्वजनिक सूचनामार्फत सबैमा आग्रह गरेको छ । प्रतिकुल मौसमका कारण उत्पन्न हुने जोखिम र लेक लाग्नसक्ने समस्यालाई दृष्टिगत गरी अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, खुमै डाँडा, कोरीलगायतका ठाउँमा मौसम सफा […]
पाटन (ललितपुर), कातिक ११ गते । गत भदौ २४ गतेको जेनजी आन्दोलनमा क्षति पु¥याइएको प्रहरी प्रभाग बुङ्गमती (भैँसेपाटी)को भवन पुनःनिर्माण गरी हस्तान्तरण गरिएको छ । स्थानीय र समुदायको सहकार्यमा भदौ २६ गते स्थानीय सुमन महतको संयोजकत्वमा गठन भएको पुनःनिर्माण समितिले निर्माण सम्पन्न गरी आज यहाँ औपचारिक कार्यक्रम गरेर प्रहरीलाई भवनका संरचना हस्तान्तरण गरेको हो । […]
ताप्लेजुङ, कात्तिक ११ गते । स्थानीय प्रशासनले हिमाली जिल्ला ताप्लेजुङमा मौसमी जोखिमबाट सुरक्षित रहन सबै नागरिकलाई आग्रह गरेको छ । वर्षा र हिमपातजन्य विपदमा परी ज्यानसमेत जान सक्ने भएकाले स्थानीय प्रशासनले उक्त जोखिमबाट सुरक्षित रहन सबैलाई आग्रह गरेको हो । प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँले मङ्गलबार बिहान सूचना प्रकाशित गर्नुहुँदै हिमपातजन्य मौसमी जोखिमबाट सुरक्षित रहन […]