काठमाडौँ, चैत १८ गते । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २०, गोलभेँडा सानो (तराई) प्रतिकिलो […]
लेखनाथ, चैत १८ गते । गण्डकी विश्वविद्यालयमा अहिले करारमा कार्यरत ७८ शिक्षक तथा कर्मचारीलाई स्थायी नियुक्तिको प्रक्रिया अगाडि नबढाउन उच्च अदालत पोखराले आदेश दिएको छ । न्यायाधीश दीपेन्द्र अधिकारीको इजलासले नियुक्ति प्रक्रिया यथास्थितिमा राख्न आइतबार अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । उच्च अदालतका उपरजिस्ट्रार नीलप्रसाद पनेरूले अधिवक्ता मनोज घर्तीमगरले दायर गरेको रिटमा अहिले प्रक्रिया अल्पकालीन अन्तरिम […]
तम्घास, चैत १८ गते । गुल्मीमा नयाँभन्दा प्रतिलिपि नागरिकता बनाउने बढी रहेका छन् । गत आइतबारदेखि शुक्रबारसम्म प्रशासनको अभिलेख अनुसार एक सातामा १३० जनाले नयाँ नागरिकता लिएका छन् भने १८१ जनाले प्रतिलिपि नागरिकता लिएका छन् । जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेका अनुसार एक साताको अवधिमा नयाँ र प्रतिलिपि गरेर नागरिकता बनाउनेको सङ्ख्या […]
गण्डकी, चैत १८ गते । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसीले मन्त्रालयको परिपत्रअनुसार काम नगर्ने व्यवसायीलाई कारबाही गर्न निर्देशन दिनुभएको छ । मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक तथा चालु आर्थिक वर्षको दोस्रो चौमासिक प्रगति समीक्षा कार्यक्रममा उहाँले काम नगर्ने निर्माण व्यवसायीलाई सम्पर्क गरी निर्माण सुरु गराउन पहल गर्न निर्देशन दिनुभयो […]
काठमाडौँ, चैत १८ गते । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले इस्लाम धर्मावलम्बीको पवित्र पर्व ईद–उल–फित्रले नेपाली समाजमा धार्मिक सहिष्णुता र सद्भावना बढाउँदै लगेको बताउनुभएको छ । सभापति देउवाले आज ईद–उल–फित्रका अवसरमा शुभकामना सन्देश दिँदै ईद पर्वले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपाल बहुजातीय, बहुभाषिक, […]
काठमाडौँ, चैत १८ गते । नेपालको संविधान र सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाविरुद्ध प्रतिगामी समूहले अराजनीतिक र अराजक सडक प्रदर्शन गरिरहँदा गणतन्त्र पक्षधर सबै राजनीतिक दलले एकै ठाउँमा उभिएर यसलाई प्रतिवाद गर्नुपर्ने निष्कर्षमा पुगेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा आइतबार सम्पन्न गणतन्त्र पक्षधर राजनीतिक दलको बैठकले पछिल्लो समय जारी अराजक […]
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) पेटको खराबीले स्वास्थ्य कमजोर बन्नुका साथै काममा ढिलासुस्ती हुन सक्छ । नँया कामको थालनी आज नगर्नु होला । मन नपरी नपरी बाध्यताका काममा जुट्नुपर्ला, रोगले पनि सताउन सक्छ । खानामा सचेत रहनुपर्ने दिन छ । वृष ( इ, उ, ए, ओ, वा, वि, […]
काठमाडौँ, चैत १७ गते। प्रधानमन्त्री केपी शर्मा ओलीको मित्रराष्ट्र थाइल्याण्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को छैटौं शिखर सम्मेलनमा सहभागितबारे आज पूर्व प्रधानमन्त्री र पूर्व परराष्ट्रमन्त्रीहरुसँग परामर्श छलफल भएको छ। प्रधानमन्त्री ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा राख्नुभएको छलफलमा नेपालको आर्थिक विकास, कनेक्टिभिटी, ऊर्जा, पर्यटन र सांस्कृतिक […]
काठमाडौँ, चैत १७ गते। नेपाल सरकारले इस्लाम धर्मावलम्बीको पर्व ईद–उल फित्र (इद) को अवसरमा सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयका सहसचिव प्रवक्ता रामचन्द्र तिवारीले आज एक विज्ञप्ति सार्वजनिक गर्नुहुँदै नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको बताउनुभएको छ। उहाँद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “चैत १८ गते सोमबार सार्वजनिक बिदा […]
काठमाडौँ, चैत १७ गते । चारबर्से कार्यकालका लागि नियुक्त हुनुभएका त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजङ्ग बरालले १३ महिनामै राजीनामा दिनुभएको छ । उपकुलपति छनोट तथा सिफारिस समितिले बुझाएको तीन जनाको नाममध्येबाट दोस्रो नम्बरमा रहनुभएका बराललाई तत्कालीन प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहालले २०८० फागुन १० गते उपकुलपतिमा नियुक्त गर्नुभएको थियो । त्रिवि स्रोतका अनुसार बरालले प्रधानमन्त्री तथा […]