कोपमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व राष्ट्रपति पौडेलले गर्ने

काठमाडौँ —जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धि (यूएनएफ सीसीसी) का पक्षराष्ट्रहरूको २९ औं सम्मेलन (कोप–२९) मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व राष्ट्रपति रामचन्द्र पौडेलले गर्ने भएका छन् । जलवायुसम्बन्धी शिखर सम्मेलन यस पटक अजरबैजानको राजधानी बाकुमा नोभेम्बर ११ देखि २२ (कात्तिक २६ देखि मंसिर ७) सम्म हुँदै छ । उक्त भ्रमणको विषयमा राष्ट्रपति कार्यालय, वन तथा वातावरण मन्त्रालय र परराष्ट्र […]

मधेस र कोशी प्रदेशबाट ८४ जनाको उद्धार

पर्सा, कात्तिक ६ गते : मेची–महाकाली राष्ट्रिय उद्धार यात्राको आठौँ दिनसम्म कोशी र मधेस प्रदेशबाट ८४ जना सडकमा आश्रित मानवको उद्धार गरिएको छ ।  मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेशनले अघि सारेको मेची–महाकाली राष्ट्रिय उद्धार यात्राको प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज २६ गते प्रधानमन्त्री निवास बालुवाटारबाट शुभारम्भ गर्नुभएको थियो । उद्धारकार्य भने […]

निर्माणका एक सय दिन

काठमाडौँ, कात्तिक  ६ गते  : सहरी विकास मन्त्रालयले वर्तमान सरकार गठन भएको एक सय दिनमा ४० वटा झोलुङ्गे पुल र २५ वटा स्थानीय तहको प्रशासकीय भवन निर्माण सम्पन्न गरेको छ । यस अवधिमा ५० वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य राखिएकोमा १० वटा निर्माणाधीन छन् । असोजमा आएको बाढीपहिरोका कारण लक्ष्य अनुसार बाँकी १० वटा […]

किसानलाई अगौटे धान काट्न चटारो

वराहक्षेत्र, कात्तिक ६ गते : तराईका जिल्लाहरूमध्ये अन्नको भण्डार मानिने सुनसरीमा यतिबेला किसानलाई धान काट्न भ्याइनभ्याइ छ । दसैँ सकिएसँगै धान काट्न सुरु गरेका किसानहरूले तिहारअघि नै अगौटे धान थन्क्याउन व्यस्त छन् । अगौटे जातका धान असोज अन्तिमबाटै काट्न सुरु गरेको प्रकाशपुरका कृषक श्याम कटुवालले बताउनुभयो । कृषि ज्ञान केन्द्र सुनसरीका सूचना अधिकृत प्रविणलाल श्रेष्ठका अनुसार किसानहरूले लगाएको […]

२० लाख भारतीय रकम सहित दुई जना पक्राउ

कपिलवस्तु, कात्तिक ६ गते : कपिलवस्तुको कृष्ण नगरबाट स्रोत नखुलेको भारतीय रकम सहित दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीका अनुसार लिङ्गेट स्थित खटिएको प्रहरी चेकिङ टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको यु पी ४५ ए एस ६६६३ र यु पी ४२ डी टी ५७२१ गडीहरूलाई चेकजाँच गर्दा […]

खुर्काेट पुल निर्माण सकेर काठमाडौं फर्कनुभयो : राज्यमन्त्री पूर्णबहादुर तामाङ ( कान्छाराम )

रामेछाप , कार्तिक ५ गते। असाेज १२ गतेकाे बाढीले बगाएकाे खुर्काेटकाे पुलमा बेलिब्रीज निर्माण सकेर उर्जा जलश्रोत तथा सिंचाई राज्य मन्त्री पूर्णवहादुर तामाङ ( कान्छाराम ) आईतबार काठमाण्डौं फर्कनुभएको छ। सुनकोशी नदीमा आएकाे बाढीले बगाएकाे खुर्कोटकाे मोटरेबल पुलको रामेछाप तर्फको भाग बगाएको थियो । पुल बगेपछि रामेछाप जिल्ला राजधानी र तराईका जिल्लाको सम्पर्क टुट्न पुगेकाे थियो […]

सरकारी सञ्चार माध्यममा मातृभाषाका सेवा थप भएकामा स्वागत

काठमाडौँ, कात्तिक ५ गते । सरकारको सय दिनको अवधिमा सरकारी स्वामित्वका सञ्चार माध्यममा नेपाल भाषासहित विभिन्न मातृभाषाका समाचार सेवा थप भएकामा स्वागत गरिएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज ‘नेपाल संवत् न्यूदयाँ ११४५ समारोह समिति’ को ध्यानाकर्षण बुझाउने क्रममा सहभागी नेवा: समुदायका अगुवा मल्ल के सुन्दरले राष्ट्रिय समाचार समिति (रासस) बाट नेपाल भाषा र मैथिली […]

राष्ट्रिय गौरवका आयोजनाको हकमा वन ऐन लागू हुनु हुँदैन : मन्त्री दाहाल

काठमाडौँ, कात्तिक ५ गते । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले राष्ट्रिय गौरवका आयोजनाहरूको हकमा वन ऐन लागू हुनु नहुने बताउनुभएको छ । सोमबार राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्नुहुँदै मन्त्री दाहालले राष्ट्रिय गौरवका आयोजना र राष्ट्रिय प्राथमिकताका आयोजनाहरूको हकमा वन ऐन लागु हुनु नहुने बताउनुभएको हो । उहाँले भन्नुभयो, […]

चित्लाङ फुटबल क्लब सेमिफाइनलमा

उर्लाबारी, कात्तिक ५ गते ।  काठमाडौंको चित्लाङ फुटबल क्लब, एक पक्षीय खेलमा राजारानी फुटबल क्लब धनकुटालाई ३–१ गोलले हराउँदै अन्तर्राष्ट्रिय आमन्त्रण सातौं बेलबारी आरजु राइस गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ  । चित्लाङ फुटबल क्लबको जितका लागि १६ओैँ  मिनेटमा बिदेशी खेलाडी हेनरीले गोल गर्नुभयो । रोवर्टले कर्नर प्रहार गरेको बल राजारानीका गोलरक्षक प्रदीप भण्डारीले पञ्च गरि बचाउनुभएको थियो […]

पर्यटन मन्त्रालयको सय दिन : आगामी यात्राको आधारशिला तयार

काठमाडौँ, कात्तिक ५ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले  बितेको एक सय दिनमा नेपाल नागरिक उड्डयन प्राधिकरण विभाजन विधेयक अगाडि बढाउनेदेखि पर्यटन र संस्कृतिसँग सम्बन्धित विभिन्न ऐन, कानुन तथा नीतिगत सुधारको सुरुवात गरेको छ । वर्तमान सरकार गठन भएको एक सय दिनमा पर्यटन मन्त्रालयले नीतिगत र संरचनागत सुधारको पहल थाल्दै आगामी यात्राको आधारशिला […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ