लेखनाथ, असोज १४ गते : सहकारीको दुई अर्ब ठगी अभियोगमा पक्राउ पर्नुभएका बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीलाई आइतबार राति बागलुङ लगिएको छ । शुक्रवार भारतको नयाँ दिल्लीमा पक्राउ पर्नुभएका उहाँलाई शनिवार काठमाडौँ ल्याइएकोमा आइतबार साँझ पोखरासम्म विमानमा ल्याइएको थियो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बागलुङ प्रहरीको टोलीले नेपालीलाई बागलुङ गाडीमा लगेको हो । सोही अभियोगमा देवकुमारसँगै […]
टीकापुर, असोज १४ गते : कैलालीको भजनीका १०१ जनाको आँखाको शल्यक्रिया भएको छ । असोज ११ गतेदेखि १३ गतेसम्म भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको शिविरमा ८२६ जनाको आँखाको जाँच भएको छ । जमध्ये १०१ जनाको आँखामा भएको मोतियाबिन्दुको शल्यक्रिया भएको हो । भजनीस्थित आँखा उपचार केन्द्रमा आँखा जचाउन आउने मानिसलाई आँखाको शल्यक्रिया गर्नुपर्ने सुझाव दिए पनि […]
काठमाडौँ, असोज १४ गते : विपद् व्यवस्थापन कार्यकारिणी समितिको बैठक सुरु भएको छ । सोमवार बिहान राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा समितिको बैठक सुरु भएको हो । अविरल वर्षाले भएको जनधनको क्षतिबारे छलफल गर्न बैठक बसेको हो । गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको बैठकमा असोज ११ र १२ गते बाढी, पहिरो र डुबानका कारण […]
लण्डन, असोज १४ गते : लगातारको भारी वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढीपहिरो र डुबानबाट प्रभावित नेपालीलाई गैरआवासीय नेपाली सङ्घ [एनआरएनए]ले रु. एक करोड सहयोग गर्ने भएको छ । गैरआवासीय नेपाली सङ्घका अध्यक्ष डा. बद्री केसीका अनुसार आइतबार भएको भर्चुअल बैठकमा सङ्घका पदाधिकारीहरूले पहिलो चरणमा तत्काल बाढीपीडितका लागि रु. एक करोड सहयोग गर्ने निर्णय गरेका […]
काठमाडौँ,असोज पीएसआई र एफइएसको संयुक्त आयोजनामा असोज ७ र ८ गते काठमाडौँमा सञ्चालन भएको (Natoinal Economic Justice Meeting – Nepal)नेशनल इकोनोमी जस्टिक मिटिङमा नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष तथा संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (JTUCC )का अध्यक्ष योगेन्द्र कुमार कुँवरले समतामूलक समाज निर्माणका लागि सामाजिक सुरक्षा र प्रगतिशील कर प्रणाली आजको आवश्यकता रहेको बताउनुभयो। उहाँले […]
कञ्चनपुर, असोज १३ गते : हात्तीको आक्रमणमा परी लालझाडी गाउँपालिका–४ डाँडाजाइका ५० वर्षीय किसान रामदल रानाको मृत्यु भएको छ । गाउँपालिका अध्यक्ष निर्मल रानाका अनुसार खेतमा आएका हात्तीले रानालाई आक्रमण गरेका हुन् । किसान रानाको घटनास्थलमा नै मृत्यु भएको अध्यक्ष रानाले बताउनुभयो । उहाँ हात्ती धपाउन जानुभएको थियो । घटनास्थलतर्फ प्रहरी गइसकेका जानकारी उहाँले दिनुभयो […]
बागमती प्रदेशका १३ जिल्लामध्ये आठ जिल्लामा छरिएर बसेका पहरी पिछडिएको, उपेक्षित, उत्पीडनमा परेको अल्पसङ्ख्यक जातिमा पर्दछ । पहरी जातिले बाँसका सामग्री बनाउने, माछा मार्ने र शिकार खेल्ने कार्यमा सिप र ज्ञान लिएरै बसेको पाइन्छ । ललितपुर र काभ्रे जिल्लामा मुख्य थातथलो भएका पहरी जाति सीमान्तकृत जातिका रूपमा सूचीकृत छ । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ अनुसार […]
काठमाडौँ, असोज १३ गते: मौसम अनुकूल भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका साथै अन्य आठ वट विमानस्थलबाट हवाई सेवा सञ्चालन भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार आज राति १० बजेसम्म ‘इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स’ (आइएफआर) प्रणालीमा उडान अनुमति दिइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सबै आन्तरिक र अन्तर्राष्ट्रिय उडान भइरहेका छन् । प्रतिकूल मौसमका […]
धादिङ, असोज १३ गते : पूर्व पश्चिमका जिल्लाहरूबाट राजधानी काठमाडौँ प्रवेश गर्ने नौबिसे नागढुङ्गा सडक बिहीबार साँझदेखि अवरुद्ध छ । निरन्तरको वर्षा, पहिरो र लेदो माटोले पृथ्वी राजमार्गको नौबिसे मुग्लिङ खण्ड पनि अवरुद्ध छ । जताततै आएको पहिरोका कारण राजमार्ग सुचारु हुने सम्भावना न्यून रहेको छ । त्रिभुवन राजपथको नौबिसे नागढुङ्गा खण्ड अन्तर्गत झ्याप्लेखोलामा खसेको पहिरो […]
काठमाडौँ, असोज १३ गते : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आह्वान गरेको सर्वदलीय बैठक स्थगित गरिएको छ । अध्यक्ष प्रचण्डले अविरल वर्षा, बाढी पहिरो र त्यसबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न आज बिहान १० बजे बस्ने गरी हिजो राति नै सर्वदलीय बैठकको आह्वान गर्नुभएको थियो । नेपाल सरकारले […]