मलेखु (धादिङ), २८ असोज : धादिङ गङ्गाजमुना गाउँपालिका–४ गुम्दीमा जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । धादिङबेँसीबाट रिगाउँको तावल जाँदै गरेको मे १ ज २६६९ नं जिप अनियन्त्रित भई दुर्घटना हुँदा गङ्गाजमुना–२ का १४ वर्षीय अनुरोध तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी […]
काठमाडौँ, २८ असोज : गत जेठ ३१ गते नेपाल प्रवेश गरेको यसवर्षको मनसुन आज रातिबाट पूर्णरुपमा बाहिरिने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा मनसुन बहिर्गमनको औसत मिति अक्टोबर २ तारिख (यस वर्षको असोज १५ गते) भए पनि मनसुन औसत मितिभन्दा दुईसाता ढिलो बाहिरिएको हो । महाशाखाका अनुसार नेपालमा मनसुन […]
काठमाडौँ, २८ असोज : नेपाल सरकारले युद्धकै अवस्थामा रहेको इजरायलबाट दुई सय ५४ जना नेपाली नागरिकलाई उद्धार गरी बिहीबार स्वदेश फर्काएको छ । मन्त्रिपरिषद्को निर्णयानुसार परराष्ट्र मन्त्री नारायणप्रकाश साउद नेपाली नागरिकलाई उद्धार गर्न नेपाल एयरलाइन्सको चार्टर्ड उडानमार्फत् स्यवम् इजरायल जानुभएको थियो । यही असोज २० गते इजरायलमाथि प्यालेस्टाइनको हमास समूहले गरेको आक्रमणमा परी १० नेपाली […]
ताप्लेजुङ, २८ असोज : तीन जना अमेरिकी नागरिकले यहाँस्थित जन्नु (कुम्भकर्ण) हिमाल आरोहण गरेका छन् । सात हजार सात सय १० मिटरको उचाइमा रहेको कुम्भकर्ण हिमाल आरोहणका लागि गएका पाँचमध्ये तीन जनाले सफल आरोहण गरेका हुन् । ग्राण्ड हिमालय ट्रेक्स एण्ड एक्सपिडिसनबाट आरोहणका लागि गएका अमेरिकी आरोही एलन प्याट्रिक रुसो, माइकल ओरियन गार्डनर र ज्याक्सन […]
दोलखा, २८ असोज : सभामुख देवराज घिमिरेले दोलखाको पर्यटकीय क्षेत्रको विकास गरी अहिलेको अर्थतन्त्रमा जोड्न आवश्यक रहेको बताउनुभएको छ । सदरमुकामस्थित गौरीशङ्कर बहुमुखी क्याम्पसले तयार गरेको भीमेश्वर व्यवसाय सम्बर्द्धन केन्द्रको उद्घाटन गर्दै उहाँले राजधानी नजिकै रहेको हिमाली जिल्ला दोलखाले पर्यटनको प्रचुर सम्भावना बोकेकाले यसको विकास गरी अर्थतन्त्रमा जोड्नुपर्ने बताउनुभयो । सभामुख घिमिरेले पर्यटनका माध्यमबाट देशको […]
गुल्मी, २८ असोज : लिफ्टिङ प्रविधिबाट घरघरमा खानेपानी पुगेपछि गुल्मी धुर्कोटका स्थानीयवासीमा खुसी थपिएको छ । यसअघि अधिकांश समय पानीको खोजीमा रित्तो गाग्री बोकेर टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यता अब हटेको छ । गाउँमा खानेपानीको मुहान नहुँदा समस्यामा परेका यस क्षेत्रका बासिन्दाका लागि धुर्कोट गाउँपालिकाले ‘एक घर एक धारा’ कार्यक्रमअन्तर्गत लिफ्टिङको माध्यमबाट वडा नं ५ अन्तर्गत वस्तुको […]
काठमाडौँ, २८ असोज : संसदको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले दसैँमा आफ्नो घर तथा दसैँको तयारीका लागि विभिन्न ठाउँमा जानुपर्ने यात्रुहरुका लागि यातायातको सहज व्यवस्था गर्न सम्बद्ध निकायलाई निर्देशन दिनुभएको छ । सभापति खतिवडाले आज भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, प्रहरी महानिरीक्षक, यातायात व्यवस्था विभागका महानिर्देशक, उपत्यका ट्राफिक प्रहरी प्रमुखलगायतलाई […]
फुङ्लिङ (ताप्लेजुङ), २८ असोज : ताप्लेजुङको धार्मिक तथा पर्यटकीय क्षेत्रको प्राकृतिक सुन्दरता लोपोन्मुख अवस्थामा पुग्दा मिक्वाखोला गाउँपालिका-५ तोक्पेगोला क्षेत्रमा भने अझसम्म प्राकृतिक सुन्दरता कायम छ । यही सुन्दरताको अवलोकन गर्न पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या पनि बढ्दै गएको छ । जाति र ठाउँको नाम हो, तोक्पेगोला । मिक्वाखोला–५ पापुङमा पर्छ यो ठाउँ । समुद्र […]
काठमाडौँ, २८ असोज : नेपालीको महान् पर्व बडादसैँ सुरु भएसँगै गोँगबुस्थित नयाँबसपार्कमा घर जाने यात्रुको भीड लागेको छ । सरकारले दसैँँका लागि अग्रिम टिकट बुकिङ खुला गरे पनि घटस्थापनादेखि नै अधिकांश विद्यालय, कलेज र सङ्घसंस्था बन्द भएपछि शनिबारदेखि नै घर जाने यात्रुको भुइँचो लागेको हो । नयाँबसपार्क व्यवस्थापनको जिम्मा लिएको लोत्से बहुद्देश्यीय प्रालिका प्रवक्ता पङ्कज […]
मनाङ, २८ असोज ः विश्वकै उच्च स्थानमा रहेको तिलिचो ताल क्षेत्रमा ‘इन्टरनेट’को पहुँच पुगेको छ । हिमाली जिल्ला मनाङमा अवस्थित सो तालको अवलोकनमा आउने पर्यटकको सुविधालाई ध्यानदिँदै क्षेत्रमा इन्टरनेट जडान गरिएको हो । पर्यटक आगमनका क्रममा उच्च स्थानमा लेक लागेर बिरामी पर्नसक्ने भएकाले सहज बनाउन इन्टरनेट जडान गरिएको मनाङ ङिस्याङ गाउँपालिका–९ का वडाध्यक्ष चोल्पा गुरुङले […]