लेखनाथ, वैशाख ८ गते । गण्डकी प्रदेश नीति तथा योजना आयोगले आयोजना बैंक सञ्चालनमा ल्याएको छ । प्रदेशमा योजना छनोट र कार्यान्वयनलाई थप प्रभावकारी बनाउन सुरु गरिएको आयोजना बैंक गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार सुरुआत गर्नुभयो । आयोगको वेबसाइट gandaki.ppbmis.gov.np मा प्रदेश सरकारका आयोजनाहरु प्रविष्ट गरिनेछ । आयोजना बैंकमा प्रदेश सरकार मातहतका मन्त्रालय र […]
सोलुखुम्बु, वैशाख ८ गते । सोलुखुम्बुको थामेमा भोलि (वैशाख ९ गते) हुन लागेको आरोही सम्मेलन समिटर्स समिटमा सहभागी हुन एक टोली आज थामे प्रस्थान गरेको छ। ‘जलवायु न्यायका क्षेत्रमा काम गर्दै आएको साथसाथै’ संस्थाले आयोजना गर्न लागेको यो सम्मेलन नेपाल सरकारद्वारा जेठ २ देखि ४ गतेसम्म आयोजना हुने ‘सगरमाथा संवाद’ कार्यक्रमको पूर्व कार्यक्रमका रूपमा लिइएको […]
काठमाडौँ, वैशाख ८ गते । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशैभरि सुरक्षित पर्यटन तथा सार्वजनिक स्थानको उचित संरक्षणका लागि राज्यका तर्फबाट आवश्यक पहल हुन जरूरी रहेको बताउनुभएको छ । ताप्लेजुङमा अवस्थित पाथीभरा देवी (मुक्कुमलुङ) जाँदै गरेको सवारीसाधनमा करेन्ट लाग्दा तीर्थालुहरूको निधन भएको घटनाले यस्तै पाठ सिकाएको उहाँको भनाइ छ […]
काठमाडौँ, वैशाख ८ गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राजीनामा दिनुभएको छ । शिक्षा मन्त्रालयका अनुसार मन्त्री भट्टराईले सोमबार प्रधानमन्त्री समक्ष राजीनामा दिनुभएको हो । नेपाल शिक्षक महासङ्घले विभिन्न माग राख्दै गत चैत १५ गतेदेखि निरन्तर काठमाडौँ केन्द्रित शैक्षिक आन्दोलन गर्दै आएको छ । उहाँ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पदमा गत २०८१ असार […]
स्वच्छ वातावरण मानवीय आवश्यकता र चाहना मात्रै होइन, नेपालको संविधानको दिएको संवैधानिक हक र स्वास्थ्यसँग जोडिएको विषय पनि हो । पछिल्ला हप्तामा देशभर कहिले विश्वमै पहिलो त कहिले दोस्रो प्रदूषित सहरका रूपमा काठमाडाैँ दर्ज भइरहे । चैत २२ र २३ गते लगातार विश्वकै प्रदूषित सहरमा शीर्षस्थानमा रहेका काठमाडौँ र पोखरा न त औद्योगिक सहर हुन […]
काठमाडौँ, वैशाख ८ गते । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ३० पैसा र बिक्रीदर १३६ रूपैयाँ ९० पैसा कायम भएको छ । केन्द्रीय बैंकले युरोपियन युरो एकको खरिददर १५५ रूपैयाँ २८ पैसा र बिक्रीदर १५५ रूपैयाँ ९६ पैसा, युके पाउन्ड स्टर्लिङ एकको […]
कञ्चनपुर (बेलौरी), वैशाख ८ गते । गुणस्तरीय शिक्षा सुनिश्चितताका लागि कञ्चनपुरको कृष्णपुर नगरपालिकाले सरकारी सेवामा रहेका शिक्षक, कर्मचारी र जनप्रतिनिधिले अनिवार्य आफ्ना सन्तान सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय गरेको छ । नगरपालिकाको चैत ३१ गते बसेको ३८ औँ कार्यपालिका बैठकले सरकारी सेवामा रहेका शिक्षक, कर्मचारी र जनप्रतिनिधिले आफ्ना सन्तान अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय गरेको हो । शैक्षिक […]
काठमाडौँ, वैशाख ८ गते । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २५, गोलभेँडा सानो (तराई) प्रतिकिलो […]
दाङ, वैशाख ८ गते । घोराही उपमहानगरपालिकाले आजदेखि नियमित रुपमा सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई सञ्चालन गर्न निर्देशन दिएको छ । आइतबार उपमहानगरको नगरप्रमुख नरुलाल चौधरीको अध्यक्षतामा बसेको बैठकले शैक्षिक क्यालेन्डर अनुसार वैशाख ८ गतेदेखि नियमित रूपमा विद्यालय सञ्चालन गर्न निर्देशन दिएको शिक्षा महाशाखाका प्रमुख नारायण पौडेलले जानकारी दिनुभयो । उहाँले एक सूचना जारी गरेर वैशाख […]
काठमाडौँ, वैशाख ७ गते। राष्ट्रिय योजना आयोगले आर्थिक वर्ष २०८२/८३ को बजेट तर्जुमा सम्बन्धमा नीतिगत तथा कार्यक्रमगत छलफलसम्बन्धी प्रतिवेदन अर्थ मन्त्रालयमा पेस गरेको छ। अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा आयोगका उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारीले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई उक्त प्रतिवेदन बुझाउनुभएको हो। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनअनुसार योजना आयोगले आगामी आर्थिक वर्षको […]