प्रधानमन्त्रीको भारत भ्रमण तयारी

काठमाडौँ, असोज ३० गते । प्रधानमन्त्री वालेन्द्र शाहको निकट भविष्यमा हुने छिमेकी मुलुक भारतको औपचारिक भ्रमणको तयारी सुरु भएको छ । भ्रमणको औपचारिक मिति तोक्न बाँकी रहे पनि भ्रमणको प्रारम्भिक खाका तथा कार्यसूची निर्माण गर्न आवश्यक तयारी सुरु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार दुई देशको आपसी सहमतिमा औपचारिक मिति तय हुने छ । मङ्सिरको पहिलो […]

प्रहरीलाई प्रविधियुक्त र सक्षम बनाइनेछः प्रधानमन्त्री शाह

काठमाडौँ, असोज ३० गते । प्रधानमन्त्री बालेन्द्र शाहले बढ्दो साइबर तथा वित्तीय अपराध नियन्त्रण गर्न एकीकृत ठगी नियन्त्रण केन्द्र स्थापना गर्ने र नेपाल प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्ने सरकारको योजना रहेको बताउनुभएको छ । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवसका अवसरमा व्यक्त शुभकामना सन्देशमा प्रधानमन्त्री शाहले प्रहरी संगठनलाई प्रविधियुक्त, दक्ष र विपद् व्यवस्थापनमा सक्षम […]

प्रहरीको सेवा–सुविधा बढछ, गलत कामको संरक्षण हुँदैन: गृहमन्त्री गुरुङ

काठमाडौं, असोज ३० गते  । गृहमन्त्री सुदन गुरुङले नेपाल प्रहरीको सेवा–सुविधा वृद्धि, जनशक्ति थप तथा आधुनिक प्रविधि र पूर्वाधार विकास सरकारको प्राथमिकतामा रहेको बताउँदै भ्रष्टाचार, शक्तिको दुरुपयोग र पक्षपातमा संलग्न हुने प्रहरीलाई संरक्षण नगरिने स्पष्ट पार्नुभएको छ । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवसका अवसरमा प्रहरी प्रधान कार्यालय नक्शालमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उहाँले नागरिकको […]

बडादसैँको पाँचौँ दिन : स्कन्दमाताको पूजा गरिँदै

काठमाडौँ, असोज २९ गते  । बडादसैँको पाँचौँ दिन बिहीबार नवदुर्गाभवानी स्कन्दमाताको पूजाआराधना गरिँदै छ । भगवान् शिव र माता पार्वतीका ज्येष्ठ पुत्र कार्तिकेय (स्कन्द) की माता भएकाले उहाँको नाम ‘स्कन्दमाता’ रहन गएको हो । देवी स्कन्दमाताको स्वरूप अत्यन्तै ममतामयी र शान्त छ । उहाँको वाहन सिंह हो । उहाँका चार वटा हात छन् । दायाँतर्फको […]

तमानखोलाका पहिरोपीडित १५ परिवारलाई सशस्त्र प्रहरीको राहत

बागलुङ, असोज २९ गते । सशस्त्र प्रहरी बलले पश्चिम बागलुङको तमानखोला गाउँपालिकाका पहिरोपीडित परिवारलाई राहत वितरण गरेको छ। सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाट विपद् प्रभावितका लागि प्राप्त १८ प्रकारका खाद्य सामग्री समावेश गरिएका १५ कार्टुन राहत सामग्री बुधबार गाउँपालिकाका १५ पीडित परिवारलाई वितरण गरिएको हो। सशस्त्र प्रहरी बल, नेपाल गुल्म हेडक्वार्टर बागलुङका गुल्मपति सशस्त्र […]

बाढीले बन्द भएको सिंगा तातोपानी कुण्ड १८ दिनपछि पुनः सञ्चालनमा

बेनी (म्याग्दी), असोज २९ गते । म्याग्दीको बेनी नगरपालिका–४ मा रहेको प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्ड १८ दिनपछि पुनः सञ्चालनमा आएको छ । असोजको दोस्रो साता परेको अविरल वर्षापछि म्याग्दी नदीमा आएको बाढीले कुण्डमा हिलो, बालुवा र गेग्रान थुपारेपछि बन्द भएको स्नान सेवा स्थानीयवासी, युवा क्लब, आमा समूह तथा सुरक्षाकर्मीको श्रमदानबाट सरसफाइ गरी बुधबारदेखि पुनः […]

माथिल्लो हुम्लामा स्याउ टिप्न सुरु, बजारमा पठाउने तयारी

हुम्ला, असोज २९ गते । हुम्लाको सदरमुकाम सिमकोट आसपासका क्षेत्रमा स्याउ टिप्न सुरु गरिएको छ । बोटमा फलेको स्याउको रसिलोपन र परिपक्वता मेसिनबाट परीक्षण गर्दा टिप्न योग्य देखिएपछि किसानले बगैँचाबाट स्याउ टिप्न थालेका हुन् । सिमकोट गाउँपालिका–५ का मानविर रोकायाले कृषि प्राविधिकको सल्लाहअनुसार बोटबाट स्याउ टिप्न सुरु गरेको बताउनुभयो । उहाँले ५३ बोटको स्याउ बगैँचा […]

प्रोत्साहन अनुदानले बढ्यो दुध सङ्कलन

हेटौँडा, असोज २९ गते । मकवानपुरको मनहरी गाउँपालिकामा उत्पादनमा आधारित दुधमा प्रोत्साहन अनुदान कार्यक्रम सञ्चालन भएपछि दुध सङ्कलनमा वृद्ध भएको छ । गाउँपालिकाको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८१/८२ मा ३१ लाख ९२ हजार लिटर दुध सङ्कलन भएको थियो भने आव २०८२/८३ मा बढेर ४९ लाख १२ हजार ६१६ लिटर पुगेको हो । गाउँपालिकाले आव २०८२/८३ मा सात […]

चार हजार २०० मिटर उचाइसम्म पुगेर पशुको उपचार

फुङलिङ, असोज २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले भौगोलिक रूपमा विकट हिमाली बस्तीमा पुगेर पशुको स्वास्थ्य परीक्षण, उपचार तथा परामर्श सेवा प्रदान गरेको छ । पशुपालकलाई गाउँमै सेवा उपलब्ध गराउने उद्देश्यले गाउँपालिकाले समुद्र सतहबाट चार हजार २०० मिटर उचाइसम्म पुगेर पशु स्वास्थ्य शिविर सञ्चालन गरेको हो । गाउँपालिकाका पशु स्वास्थ्य प्राविधिकले समुद्र सतहबाट चार हजार […]

‘रत्नपार्क–भक्तपुर मेट्रो रेल’ परियोजनाको अध्ययन सुरु

काठमाडौँ, असोज २९ गते । तीव्र रूपमा बढ्दै गएको जनसङ्ख्याको चापलाई सडक यातायातले मात्र धान्न नसक्ने अहिलेको अवस्थामा काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज बनाउने उद्देश्यसहित ‘रत्नपार्क–भक्तपुर मेट्रो रेल’ परियोजना अगाडि बढाइएको छ । सरकारले यस परियोजनालाई अगाडि बढाउन ‘काठमाडौँ उपत्यका सहरी यातायात प्रणाली गुरुयोजना २०५०’ तयार गरी सार्वजनिकसमेत गरिसकेको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न: ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न :
थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटी
समाचार शाखाः 9851246691
बिज्ञापन शाखाः 9851246691
वेबसाइट: www.alliancekhabar.com
[email protected]

हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ